Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छ : राष्ट्रपति भण्डारी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताइन्। 

आइतबार काठमाडौंमा आयोजित चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई जनताको आकांक्षाअनुसार व्यवस्था गर्न स्वदेशमा मेडिकल शिक्षाको प्रवद्र्धन गर्न अत्यावश्यक रहेको पनि बताइन् ।

नेपालको संविधानले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने कुरालाई मौलिक हकको रुपमै व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सोही अनुसारको सेवा दिनका लागि राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गरी भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गर्न ढिलाई गर्न नहुने स्पष्ट पारिन् ।

उनले चिकित्सा शास्त्र अध्ययन संस्थानले स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति निर्माणमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरिन् । ‘नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि स्वास्थ्य सेवामा पहुँचलाई मौलिक हकको रुपमा सुनिश्चित गर्दै स्तरीय स्वास्थ्य सेवा सहज रुपमा सबैले प्राप्त गर्ने अधिकारको प्रत्याभूति गरेको छ ।

यस संवैधानिक प्रावधानलाई मूर्तरूप प्रदान गर्न स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आवधिक प्रक्षेपणको आधारमा विशेषज्ञ डाक्टर, नर्सलगायतका स्वास्थ्य प्राविधिकहरुको उत्पादनका लागि राज्यद्वारा आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्दै भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गरिनु पर्दछ’, राष्ट्रपति भण्डारीको भनाइ छ ।
उनले जनताको आकांक्षा बमोजिम स्वास्थ्य शिक्षा तथा सेवामा सबैको पहुँच स्थापित गर्न स्वदेशमै भएका मेडिकल शिक्षाको प्रवद्र्धन गरी स्वावलम्बी तथा आत्मनिर्भर स्वास्थ्य प्रणालीको विकास गर्नु अति आवश्यक रहेको पनि बताइन् ।

‘स्वास्थ्य शिक्षा तथा सेवाको क्षेत्रमा राज्यको एक अग्रणी संस्थाको रुपमा यस संस्थानले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति विकासका लागि निरन्तर नेतृत्वदायी भूमिका निभाउने मैले अपेक्षा गरेको छु । विशिष्टिकृत स्वास्थ्य सेवाका लागि संस्थानको प्रयास, तयारी र योजनाको म प्रशंशा गर्न चाहन्छु । रोगहरुको उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई पायक पर्ने स्थानमै आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउन हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ’, राष्ट्रपति भण्डारीको भनाइ छ ।

राष्ट्रपति भण्डारीले विशिष्टिकृत स्वास्थ्य सेवाका लागि चिकित्सा शिक्षा अध्ययन संस्थानको प्रयास, तयारी र योजनाको खुलेर प्रशंसा समेत गरिन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending