Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छ : राष्ट्रपति भण्डारी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताइन्। 

आइतबार काठमाडौंमा आयोजित चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई जनताको आकांक्षाअनुसार व्यवस्था गर्न स्वदेशमा मेडिकल शिक्षाको प्रवद्र्धन गर्न अत्यावश्यक रहेको पनि बताइन् ।

नेपालको संविधानले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने कुरालाई मौलिक हकको रुपमै व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सोही अनुसारको सेवा दिनका लागि राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गरी भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गर्न ढिलाई गर्न नहुने स्पष्ट पारिन् ।

उनले चिकित्सा शास्त्र अध्ययन संस्थानले स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति निर्माणमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरिन् । ‘नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि स्वास्थ्य सेवामा पहुँचलाई मौलिक हकको रुपमा सुनिश्चित गर्दै स्तरीय स्वास्थ्य सेवा सहज रुपमा सबैले प्राप्त गर्ने अधिकारको प्रत्याभूति गरेको छ ।

यस संवैधानिक प्रावधानलाई मूर्तरूप प्रदान गर्न स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आवधिक प्रक्षेपणको आधारमा विशेषज्ञ डाक्टर, नर्सलगायतका स्वास्थ्य प्राविधिकहरुको उत्पादनका लागि राज्यद्वारा आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्दै भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गरिनु पर्दछ’, राष्ट्रपति भण्डारीको भनाइ छ ।
उनले जनताको आकांक्षा बमोजिम स्वास्थ्य शिक्षा तथा सेवामा सबैको पहुँच स्थापित गर्न स्वदेशमै भएका मेडिकल शिक्षाको प्रवद्र्धन गरी स्वावलम्बी तथा आत्मनिर्भर स्वास्थ्य प्रणालीको विकास गर्नु अति आवश्यक रहेको पनि बताइन् ।

‘स्वास्थ्य शिक्षा तथा सेवाको क्षेत्रमा राज्यको एक अग्रणी संस्थाको रुपमा यस संस्थानले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति विकासका लागि निरन्तर नेतृत्वदायी भूमिका निभाउने मैले अपेक्षा गरेको छु । विशिष्टिकृत स्वास्थ्य सेवाका लागि संस्थानको प्रयास, तयारी र योजनाको म प्रशंशा गर्न चाहन्छु । रोगहरुको उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई पायक पर्ने स्थानमै आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउन हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ’, राष्ट्रपति भण्डारीको भनाइ छ ।

राष्ट्रपति भण्डारीले विशिष्टिकृत स्वास्थ्य सेवाका लागि चिकित्सा शिक्षा अध्ययन संस्थानको प्रयास, तयारी र योजनाको खुलेर प्रशंसा समेत गरिन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending