Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

जलवायु परिवर्तनको असर : भूमध्यसागरीय जंगलमा आगो लागेपछि हजारौँ विस्थापित

अत्यधिक गर्मीका कारण भौतिक पूर्वाधारहरूमा क्षति पुग्नसक्ने

लरेन्स पीटर

काठमाडौं । दक्षिण-पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीसमा पनि फैलिएपछि फ्रान्सले डढेलोको खतरामा रहेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तर गरेको छ।

फ्रान्सको चर्चित पर्यटन क्षेत्र गिरोन्डेका अधिकारीहरूले भ्रमणस्थलबाट सुरक्षाकर्मीहरूलाई पनि हटाएका छन्। पर्यटकहरूले यसअघि नै त्यस ठाउँ छोडिसकेका थिए। हाल टेस्टे-डे-बुच र ल्यान्डिरास क्षेत्रमा आगो फैलिएको छ।

आगलागीका कारण दक्षिणी स्पेनका मिजासका पहाडहरूबाट ३,२०० भन्दा बढी मानिसहरू सुरक्षित ठाउँतर्फ भागेका थिए। केही मानिस भने फर्किसकेका छन्।

पोर्चुगलको भूभागमा भएको आगलागी भने हाल नियन्त्रणमा आएको छ।

पोर्चुगल सरकारका अनुसार गत साता मात्रै गर्मीका कारण ६५९ जना मानिसको मृत्यु भएको छ र तीमध्ये अधिकांश वृद्धवृद्धा छन्।

जलवायु परिवर्तन 

स्पेनको मिजास क्षेत्रमा भएको आगलागी लोकप्रिय पर्यटकीय क्षेत्र मालगबाट टाढा छैन। स्पेनकै अन्य ठाउँहरूमा पनि आगो फैलिएको छ।

मालग क्षेत्रका स्थानीयवासी एलेन म्याककर्डीले रोएटर्सलाई भनेका छन्: "हामीले हतारमा केही अत्यावश्यक सामग्रीहरू बटुल्यौँ र लिएर दौडियौँ। त्यतिबेला हरेक मानिस भागिरहेका थिए। त्यहाँ थुप्रै एम्बुलेन्स र फायर इन्जिनहरू थिए।"

पश्चिममा मोरक्कोदेखि पूर्वमा क्रेटसम्म- भूमध्यसागर वरपर हजारौँ अग्नि नियन्त्रकहरू र धेरै जल विस्फोटक विमानहरू तैनाथ गरिएका छन्। मङ्गलवारदेखि सारा क्षेत्र अधिक गर्मीको मारमा परेको छ र त्यहाँका वनस्पतिहरू सुकेका छन्।

मानव-प्रेरित जलवायु परिवर्तनका कारण गर्मीको लहरहरू लगातार, अधिक तीव्र र लामो समयसम्म चल्ने भएका छन्। औद्योगिक युग सुरु भएदेखि नै पृथ्वी करिब १.१ डिग्री सेल्सियसले तातिसकेको छ र विश्वभरका सरकारहरूले कार्बन उत्सर्जनमा कडा कटौती नगरेसम्म तापक्रम बढ्ने क्रम जारी रहनेछ।

फ्रान्सेली मौसम सेवाले आइतवार देशको दक्षिणी भागमा ४१ डिग्री सेल्सियससम्मको तापक्रमको पूर्वानुमान गरेको छ र सोमवारका लागि नयाँ तापक्रम आकलन गरिएको छ। पोर्चुगलको तापक्रम हाल ४७ डिग्री सेल्सियस पुगेको छ।

यूकेमा चरम गर्मीको असरबारे पूर्व चेतावनी दिइएको छ। त्यहाँ सोमवार र मङ्गलवार तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।

ब्रिस्टल युनिभर्सिटीकी जलवायु वैज्ञानिक डा. युनिस लोले बीबीसीसँग भनिन्, "बढ्दो तापक्रम जलवायु परिवर्तनको सङ्केत हो।" उनका अनुसार बेलायतमा गर्मीको लहरका कारण वार्षिक थप २,००० मानिसको मृत्यु हुने गरेको छ।

सार्वजनिक विवरणहरूका अनुसार सन् १८८४ पछि यूकेमा सर्वाधिक गर्मी भएका वर्षहरू सबै सन् २००२ यताका वर्षहरू छन्। विश्वव्यापी रूपमा, "गर्मीको लहर सामान्य बन्दै गइरहेको छ र यो लामो समयसम्म रहन थालेको छ," डा. लोले थप भनिन्। "हामीले तत्काल र छिट्टै जीवाश्म इन्धनको प्रयोग बन्द गर्न आवश्यक छ।"

मोरक्कोले १,३०० भन्दा बढी मानिसहरूलाई आफ्नो घर छाड्न निर्देशन दिएको छ र देशको उत्तरी भेगस्थित जङ्गलमा लागेको आगो निभाउन थप अग्नि नियन्त्रकहरू खटाएको छ। त्यहाँको सबैभन्दा बढी प्रभावित क्षेत्र लाराचे प्रान्त हो।

क्रेटमा रेथिम्नो वरपरका पहाडहरूका आगलागी विरुद्ध ग्रीक अग्नि नियन्त्रकहरू उत्तरी तटमा खटिरहेका छन्। शनिवार उनीहरूले त्यहाँको आगो आंशिक रूपमा नियन्त्रणमा आएको बताएका थिए।

टर्कीको दक्षिण-पश्चिम भूभाग र क्रोएशियाको एड्रियाटिक तटका केही क्षेत्रहरूमा पनि आगलागी भएको छ। क्रोएशियाको रिसोर्ट सहर जादर र सिबेनिक नजिकका जङ्गलहरूमा पनि आगो फैलिएको छ तर त्यहाँको भूभाग हालसम्म खाली गरिएको छैन।

शनिवार साँझ फ्रान्सले एट्लान्टिक तटका थप २२ वटा क्षेत्रीय विभागहरूलाई उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ।

डढेलोका कारण दक्षिण-पश्चिम फ्रान्सको १०,५०० हेक्टर जमिन डढेको छ। त्यहाँको गृहमन्त्री गेराल्ड डार्मानिनले अग्नि नियन्त्रकहरूको "उल्लेखनीय साहस" को प्रशंसा गरे।

कसलाई कस्तो असर?

"सबै कुरा निकै छिटो भयो। आगो पनि निकै ठूलो थियो," २७ वर्षीय म्यानन ज्याक्वार्टले बीबीसीलाई भने। उनलाई बुधवार बिहानै उनी कार्यरत क्षेत्रबाट सुरक्षित ठाउँमा ल्याइएको थियो। उनी हाल टेस्टे-डे-बुच नजिकैको आश्रयस्थलमा छिन् जहाँ अन्य सयौँ मानिस आश्रित छन्।

"म चिन्तित छु र मलाई डर लागेको छ। म सकेसम्म बलियो बन्ने प्रयास गर्दै छु तर मलाई ठीक छैन। म यो सातालाई नै बिर्सन चाहन्छु," उनले भनिन्।

यसैबीच, आल्प्सका पर्वतारोहीहरूलाई "असाधारण मौसम अवस्था"का कारण चट्टान खस्न सक्ने जोखिम रहेकाले मोन्ट ब्लाङ्कको यात्रा स्थगित गर्न आह्वान गरिएको छ।

तापको यस लहरमा आम मानिस स्ट्रोक, गर्मी, थकान र असामयिक मृत्युको जोखिममा रहेको डा. लुको भनाइ छ। यस अवस्थामा घरपालुवा र कृषिका लागि प्रयोग हुने अन्य जनावरहरू पनि जोखिममा रहेको उनले बताइन्।

"तन्दुरुस्त र स्वस्थ मानिसहरू पनि जोखिममा छन्," उनले भनिन्। यद्यपि, सबैभन्दा कमजोर युवा, बालबालिका, वृद्ध र दीर्घकालीन स्वास्थ्य समस्या भएकाहरू हुन्।

अत्यधिक गर्मीका कारण भौतिक पूर्वाधारहरूमा पनि क्षति पुग्न सक्ने जनाइएको छ।

यस वर्ष आगलागीका कारण पोर्चुगलमा विशेषगरी उत्ती क्षेत्रमा ३०,००० हेक्टर जमिन नष्ट भएको छ। यो सन् २०१७ को गर्मी पछि भएको सबैभन्दा विनाशकारी आगलागी हो जसका कारण करिब एक सय जनाको ज्यान गयो।

दक्षिणी स्पेनमा, टोरेमोलिनोसको समुद्री तटमा बिदा मनाउन आएकाहरूले वरपरको पहाडहरूमा धुवाँको ठूलो मुस्लो देखेको बताएका छन्।

विमानहरूमार्फत आगो निभाउने पदार्थ खसाली राखिएको छ र हेलिकप्टरहरूले त्यसका निम्ति समुद्री पानी जम्मा गरिरहेका छन्।

"हाम्रो क्षेत्रमा करिब ४० घरहरू छन्। यहाँका सबै मानिस साँच्चै आत्तिएका थिए र बरन्डामा उभिएर उक्त दृश्य हेरिरहेका थिए," स्थानीय बासिन्दा एश्ले बेकरले भने।

"अहिले पनि पहाडको टुप्पोमा आगो लागिरहेको छ। तर, यहाँको आगो निभेकोले केही राहत महसुस गरेको छु।"

इटलीमा, सरकारले प्रभावित पो उपत्यकामा आपत्कालीन अवस्था घोषणा गरेको छ। त्यहाँको सबैभन्दा लामो नदीमा समेत हाल पर्याप्त पानी छैन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending