Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

कालीगण्डकी करिडोरको काम धमाधम

खबरडबली संवाददाता

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ। पर्वत र स्याङजा खण्डमा अहिले स्तरोेन्नतिको काम भइरहेको छ। 

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मकोे ५४ किमी सडकखण्डको स्तरोन्नतिका साथै कालोपत्र गर्ने काम ६ निर्माण कम्पनीले गरिरहेका छन्। 

उक्त खण्डको मिर्मीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्रका लागि काम भइरहेको छ। सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्र पनि धमाधम भइरहेको छ।

करिडोरअन्तर्गत फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको ट्र्याकओपन हालै ब्रेक थ्रु भएको छ। मोदीवेणी नजिकैको भिरमा काम गर्ने क्रममा दुर्घटना भएपछि रोकिएको काम हालै ब्रेक थ्रु भएको सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए। 

अब उक्त खण्डमा वर्षायाम रोकिएलगत्तै थप स्तोरन्नतिको काम सुरु हुने छ। यसअघि सो खण्डको स्तरोन्नतिको जिम्मा लिएको सूर्य कन्सट्रक्सनको लापरबाहीका कारण कामले गति लिन सकेको थिएन।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको कामले बल्ल गति लिएको छ। रु नौ करोड १७ लाख ४९ हजारको लागतमा निर्माण हुनलागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्र्याक पहिल्यै खुलेको हो। मोदीवेणीबाट अर्मादीको खण्ड हालै सञ्चालनमा आएको छ। 

सेतीवेणीबाट पर्वतको रानीपानीसम्म सात किलोमिटर सडकमा प्यासिफक जलजला जेभीले कालोपत्रको काम गरेको छ। यो खण्डको काम  तीव्रगतिमा भएको छ। यो खण्ड अन्य काम सकेर कालोपत्रको चरणमा रहेको कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ। रानीपानीबाट फलेवास ढिकसम्मको २२ किमी सडकमा पनि कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम धमाधम गरिरहेका छन्।

उक्त खण्डको रानीपानीबाट खबरको भिरसम्म ६ किमी सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जेभीले गरेको छ। यो खण्ड कालोपत्र भइसकेको आयोजनाले जनाएको छ। 

त्यसैगरी खबरको भिरबाट फलेवास ढिकसम्मको सडकखण्डको १६ किमीमा स्वच्छन्द वर्ल्डवाइड ओमबुद्ध जेभीले स्तारोन्नति र कालोपत्र गर्ने काम गरिरहेको आयोजनाका सूचना अधिकारी आचार्यले जानकारी दिए। सेतीवेणीबाट फलेवास सडकखण्ड यसै आर्थिक वर्षममा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ।

सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा सन्तोषजनक काम भएको छ। मिर्मीबाट सेतीवेणीसम्मको सडक स्तरोन्नतिका साथै कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम थालेका छन्। उक्त खण्डको तीन किमि सडक काष्ठमण्डप कालीमनकामना जेभीले गरेको छ भने सात किमि सडकको काम महादेव खिम्ती अञ्जना पराजुली जेभीले गरेको छ।

उक्त सडकखण्डमा पनि कालोपत्रका लागि अहिले स्तरोन्नति तथा फाउण्डेशनको काम भइरहेको छ। मिर्मीबाट सेतीवेणीबीचको भिरमा कडा चट्टान परेका कारण कामले गति लिन नसकेको हो। उक्त स्थानमा चट्टान फोड्न विस्फोटनको तयारीसमेत गरिएको छ। कडा चट्टान हुँदा उक्त खण्डको काम सन्तोषजनक हिसाबले अगाडि बढ्न सकेको छैन।

लमाएखोलामा पुल बनाउने काम अघि बढेको आचार्यले जानकारी दिए। भौगोलिक कठिनाइ र प्राविधिक समस्याले पुलको काम ढिला भएको हो। तत्कालका लागि बेलीब्रिज निर्माण गरेर गाडी गुड्ने बनाइने छ। 

चौध किमी सडकखण्डका लागि कार्यालयले ट्र्याक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा पर्खाललगायतको काम गर्ने गरी २०७३ असारमा सूर्य कन्सट्रक्सनसँग सम्झौता भएको हो। अहिले सबै खण्डमा धमाधम काम भइरहेको छ।

कालीगण्डकी लोकमार्गलाई धार्मिक मार्गका रूपमा हेरिएको छ। लुम्बिनीबाट मुक्तिनाथ र यसबीचमा पर्ने स्याङ्जाको राम्दी, सेतीवेणी, पुर्तीघाट, मोदीवेनी दिव्यधामजस्ता धार्मिकस्थललाई यो राजमार्गले छोएको छ। 

त्यस्तै कृषिको विकासमा पनि कालीगण्डकी लोकमार्ग वरदान साबित हुने देखिन्छ। विकासको मेरुदण्ड मानिएको कालीगण्डकी करिडोर पर्वत, स्याङ्जा खण्डमा जनप्रतिनिधिले समयमै काम सम्पन्न गर्न नियमित खबरदारी गरिरहेका छन्।  रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE