काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कारागारका कैदीबन्दीको अवस्था निकै जटिल रहेको बताएका छन् । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कारागारभित्रका कैदीबन्दीको अवस्थाबारे आयोगले जानकारी लिँदै आएको बताए।
“कारागारभित्रको कैदीबन्दी के कारणले बिरामी प¥यो, के कारणले म¥यो भन्ने जानकारी थाहा पाउन नै मुस्किल हुँदै आएको छ”, उनले भने। अध्यक्ष मगरले पहिलेको तुलनामा भन्दा अहिले कारागारभित्र भने सुधार आएको बताए। उनले कारागारभित्र रहेका कैदीबन्दीको अवस्थाबारे आयोगले बेलाबेलामा सरकारको ध्यानाकर्षण गराउँदै आएको स्मरण गरे।
राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले संविधान र कानुनमा महिला अधिकारका विषयमा धेरै लेखिए पनि कारागारभित्र रहेका महिला कैदीबन्दीको अवस्था दयनीय रहेको बताए। अधिवक्ता मनिषकुमार श्रेष्ठले देशका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदै आएको बताउँदै उक्त विषय मानवअधिकारको दृष्टिकाणले अत्यन्तै संवेदनशील भएको बताए। मञ्चकी अध्यक्ष कोकिला पुनले अन्यायमा परेका व्यक्तिलाई उद्धार गर्ने संस्थाको मुख्य उद्देश्य रहेको बताए।
विसं २०७० मा स्थापना भएको उक्त संस्थाले कारागारमा रहेका कैदीबन्दीको मानव अधिकारको लागि आवाज उठाउँदै आएको संस्थाका उपाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिए। सोही अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्व शङ्कर केसीकी धर्मपत्नी सुशीला केसी र संस्थापन कार्यसमिति र मञ्चका कानुन सल्लाकार एवं विभिन्न क्षेत्रमा सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...
पौष ७ गते, २०८२ - १४:१७
काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...
पौष ७ गते, २०८२ - १३:२७
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...
पौष ७ गते, २०८२ - १३:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...




प्रतिकृया लेख्नुहोस्: