रसुवा । पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न निलाद्री पर्वत पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गर्न थालेका छन्।
यही साउन २७ गते जनैपूर्णिमा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने गोसाइँकुण्ड क्षेत्र विकास समितिले आकलन गरेलगत्तै धार्मिक मार्गका होटल व्यवसायीले खाद्यान्न जोहो गर्न थालेको लाैरी विनायकका व्यवसायी पासाङ ग्याल्पो तामाङले बताए।
धुञ्चेमा ४३, तिवारी बगरमा दुई, खन्तिमा दुई, देउरालीमा एक, डिम्सामा दुई, चन्दनबारीमा सात, चोलाङपाटीमा दुई, लौरी विनायकमा तीन र गोसाइँकुण्डमा चार गरी यी नौ स्थानको धार्मिक मार्गमा ६७ स्थायीरूपले बनेका होटल तथा लज रहेको होटल व्यवसायी सङ्घले जनाएको छ।
गोसाइँकुण्ड जाने धार्मिक यात्रुलाई खान तथा बस्न कुनै समस्या नपर्ने होटल सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले जानकारी दिए।
एकैसाथ स्थायी होटलले नथेग्ने समस्या आएमा अस्थायी छाप्रो थर्कुको व्यवस्था हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
खाद्य सामग्री भरिया तथा खच्चर, घोडाद्वारा ढुवानी भइरहेको र करिब ५० बोरा चामल गोसाइँकुण्ड पुगिसकेको बताइएको छ।
थप चामलसहित अन्य सामग्री ढुवानी भइरहेको जनाउँदै व्यवसायी तामाङले गोसाइँकुण्डमा मात्रै १५० बोरा चामल खपत हुने अनुमान गरे।
गोसाइँकुण्ड मेलाका लागि चाउचाउ, बिस्कुट, दालमोठ, चिउरा, पानी, काजु, बदामजस्ता सामग्रीसमेत होटलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको व्यवसायीले बताएका छन्।
कोभिड–१९ का कारण दुई वर्षसम्म यात्रुको भीड हेर्न नपाएका स्थानीय व्यवसायी यस वर्ष भक्तजनको स्वागत गर्न आतुर देखिएका छन्।
यही साउन २३ गते पुत्रदा एकादशीबाट स्नान सुरू भई २७ गते समापन हुने जनैपूर्णिमा मान्न २२ गते नै भक्तजन गोसाइँकुण्ड पुग्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए।
तीर्थ गर्न आएका भक्तजनले लौरीको नाममा वनस्पति नकाट्न र फोहर जथाभावी नफाल्न लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...




प्रतिकृया लेख्नुहोस्: