Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

समुद्रबाट अन्न निर्यात गर्न पाउने सम्झौता विपरित युक्रेनी बन्दरगाहमा हमला

रूसको आक्रमणका कारण ७० लाखभन्दा बढी युक्रेनी विस्थापित

खबरडबली संवाददाता

काठमाडौं । अन्न निर्यात गर्न पाउनेबारे रूस र युक्रेनबीच भएको महत्त्वपूर्ण सम्झौताको २४ घन्टा नबित्दै मुख्य युक्रेनी बन्दरगाहमा विस्फोट भएका छन्। 

युक्रेनी सेनाले ओडेसामा चार वटा क्षेप्यास्त्र प्रहार भएको र दुई वटा क्यालिबर क्रुज मिसाइल बन्दरगाहमा खसेको बताएको छ। 

युक्रेनी सेनाको दक्षिणी कमान्डका प्रवक्ताले रुसी आक्रमणले न्यून क्षति पुगेको बताएका बीबीसीले उल्लेख गरेको छ।

‘बन्दरगाहको संरचनामा खासै क्षति पुगेको छैन,’ नतालिया हुमेनियुकले भने, ‘प्रहार गरिएका रकेटहरू निकै महँगा हुन् । त्यसैले ती धेरै प्रयोग भएका छैनन् । ती क्षेप्यास्त्रहरूले अचुक निसाना लगाउन सकिने भएकाले यो नियतवश गरिएको आक्रमण हो।’ 

युक्रेनी विदेश मन्त्रालयले अन्न निर्यात सम्झौता असफल भए त्यसको जिम्मेवार रूस हुने बताएको छ।

बिबिसीका अनुसार यसअघि शुक्रबार रूसले टर्कीको इस्तानबुलमा एक सम्झौता गर्दै आफ्नो देशका सेनाले युक्रेनी अन्न भण्डारणस्थल र अन्न ढुवानीलाई लक्षित गरी आक्रमण नगर्ने जनाएको थियो। 

त्यस्तै अवरूद्ध भएको दसौं लाख टन युक्रेनी निर्यात खोल्न सहमति पनि गरिएको थियो। 

चार महिनासम्मका लागि गरिएको सम्झौता कार्यान्वयका लागि इस्तानबुलमा राष्ट्रसंघ, टर्की, रुस र युक्रेनी अधिकारी संलग्न समन्वय र अनुगमन केन्द्रसमेत स्थापना गरिएको छ। तर उक्त सम्झौताविपरीत आक्रमण भएको युक्रेनको दाबी छ।

युक्रेनले बन्दरगाहका अन्न भण्डारलाई रूसले जानीजानी निसाना बनाएको आरोप लगाएको छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहमा मिसाइल हमला गरेपछि रुसले बर्बरता गरेको आरोप लगाएका छन्।

उनले रूस सम्झौतामा अडिन रहनसक्नेमा विश्वास गर्न नसकिने भन्दै प्रतिरक्षाका लागि सक्दो प्रयास गर्ने बताए।

यद्यपी रूसी आक्रमणको बाबजुत पनि अन्न निर्यात पुन: सुरू गर्ने तयारी भइरहेको उनले बताएका छन्।

सम्झौताको केही घन्टा नबित्दै भएको आक्रमणको चौतर्फी निन्दा भएको छ। 

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले रूसलाई विश्वव्यापी खाद्य संकट बिग्रिएको आरोप लगाए र यस आक्रमणले सन्धिप्रति रूसको प्रतिबद्धताको विश्वसनीयतामा गम्भीर शंका भएको बताएका छन्।

त्यस्तै, राष्ट्रसंघीय महासचिव एन्टेनियो गुटेरेसले रुसी आक्रमणको निन्दा गर्दै सम्झौताको कार्यान्वयन पक्ष निकै महत्त्वपूर्ण रहेको बताएका छन् । दुई देशबीचको महिनौं लामो युद्धपछि गरिएको उक्त सम्झौतालाई राष्ट्रसंघले ‘आशाको किरण’ बताएको थियो ।

यस्तै युरोपेली संघ ईयूका विदेश नीति प्रमुख जुजेप बोरेलले हमलाले रूसले अन्तर्राष्ट्रिय कानुनलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

युक्रेन एक प्रमुख अन्न निर्यातक हो, तर युद्धको कारण कारण २० मिलियन टन अन्न बन्दरगाहहरूमा फसेको छ। जसको कारण गहुँका लागि रूस र युक्रेनमा भर पर्ने अफ्रिकामा खाद्यान्न अभाव र मूल्य बढेको छ। 

रूस र युक्रेनबीच युद्ध सुरु भएको करिब ५ महिना पुगिसकेको छ । तर युद्ध रोकिने सम्भावना अझै देखिएको छैन। 

रूसले फेब्रुअरी २४ मा छिमेकी मुलुक युक्रेनमाथि आक्रमण सुरु गरेको हो। रुसी आक्रमण सुरू भएयता हजारौं युक्रेनी सर्वसाधारणको ज्यान गएको छ। ७० लाखभन्दा बढी युक्रेनी विस्थापित भइसकेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईश्वर पोखरेल भन्छन्- मिसन ८४ पूरा गर्न सत्ता गठबन्धन गरिएको हो

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको बता...

सुहाङको विजय र्‍यालीमा सहभागी हुन ओली इलाम जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्।  इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभाग...

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक  वैशाख २० मा आह्वान गरिएको छ ।  प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० ग...

‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’

वासिङ्टन डीसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउ...

इलाममा राप्रपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।  आज बिहान निर्वाचन आयोगले सार्वजनिक ग...

लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल त...

सुहाङलाई बधाई दिँदै ओलीले भने- युवालाई अझ अगाडि बढाउँदै जानेछौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । उनले अध्यक्ष ...

झलनाथ चुनावी ‘कमान्डर’ बनेको इलाममा नेकपा एसको जमानत जफत, कसले कति मत ल्याए ?

काठमाडौं । इलाम २ मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवारको जमानत जफत भएको छ। राईले ४०८ मत मात्रै ल्याए।  इलाम नेकपा ए...

यी हुन् लगानी सम्मेलनमा भएका महत्वपूर्ण सम्झौता

काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर...

इलाममा घण्टीको जमानत जफत

इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत भएको छ।  उम्मेदवार लिम्बूले ५ हजार ५० भोटमात्र ल्याए । प...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies