Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

समुद्रबाट अन्न निर्यात गर्न पाउने सम्झौता विपरित युक्रेनी बन्दरगाहमा हमला

रूसको आक्रमणका कारण ७० लाखभन्दा बढी युक्रेनी विस्थापित

खबरडबली संवाददाता

काठमाडौं । अन्न निर्यात गर्न पाउनेबारे रूस र युक्रेनबीच भएको महत्त्वपूर्ण सम्झौताको २४ घन्टा नबित्दै मुख्य युक्रेनी बन्दरगाहमा विस्फोट भएका छन्। 

युक्रेनी सेनाले ओडेसामा चार वटा क्षेप्यास्त्र प्रहार भएको र दुई वटा क्यालिबर क्रुज मिसाइल बन्दरगाहमा खसेको बताएको छ। 

युक्रेनी सेनाको दक्षिणी कमान्डका प्रवक्ताले रुसी आक्रमणले न्यून क्षति पुगेको बताएका बीबीसीले उल्लेख गरेको छ।

‘बन्दरगाहको संरचनामा खासै क्षति पुगेको छैन,’ नतालिया हुमेनियुकले भने, ‘प्रहार गरिएका रकेटहरू निकै महँगा हुन् । त्यसैले ती धेरै प्रयोग भएका छैनन् । ती क्षेप्यास्त्रहरूले अचुक निसाना लगाउन सकिने भएकाले यो नियतवश गरिएको आक्रमण हो।’ 

युक्रेनी विदेश मन्त्रालयले अन्न निर्यात सम्झौता असफल भए त्यसको जिम्मेवार रूस हुने बताएको छ।

बिबिसीका अनुसार यसअघि शुक्रबार रूसले टर्कीको इस्तानबुलमा एक सम्झौता गर्दै आफ्नो देशका सेनाले युक्रेनी अन्न भण्डारणस्थल र अन्न ढुवानीलाई लक्षित गरी आक्रमण नगर्ने जनाएको थियो। 

त्यस्तै अवरूद्ध भएको दसौं लाख टन युक्रेनी निर्यात खोल्न सहमति पनि गरिएको थियो। 

चार महिनासम्मका लागि गरिएको सम्झौता कार्यान्वयका लागि इस्तानबुलमा राष्ट्रसंघ, टर्की, रुस र युक्रेनी अधिकारी संलग्न समन्वय र अनुगमन केन्द्रसमेत स्थापना गरिएको छ। तर उक्त सम्झौताविपरीत आक्रमण भएको युक्रेनको दाबी छ।

युक्रेनले बन्दरगाहका अन्न भण्डारलाई रूसले जानीजानी निसाना बनाएको आरोप लगाएको छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहमा मिसाइल हमला गरेपछि रुसले बर्बरता गरेको आरोप लगाएका छन्।

उनले रूस सम्झौतामा अडिन रहनसक्नेमा विश्वास गर्न नसकिने भन्दै प्रतिरक्षाका लागि सक्दो प्रयास गर्ने बताए।

यद्यपी रूसी आक्रमणको बाबजुत पनि अन्न निर्यात पुन: सुरू गर्ने तयारी भइरहेको उनले बताएका छन्।

सम्झौताको केही घन्टा नबित्दै भएको आक्रमणको चौतर्फी निन्दा भएको छ। 

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले रूसलाई विश्वव्यापी खाद्य संकट बिग्रिएको आरोप लगाए र यस आक्रमणले सन्धिप्रति रूसको प्रतिबद्धताको विश्वसनीयतामा गम्भीर शंका भएको बताएका छन्।

त्यस्तै, राष्ट्रसंघीय महासचिव एन्टेनियो गुटेरेसले रुसी आक्रमणको निन्दा गर्दै सम्झौताको कार्यान्वयन पक्ष निकै महत्त्वपूर्ण रहेको बताएका छन् । दुई देशबीचको महिनौं लामो युद्धपछि गरिएको उक्त सम्झौतालाई राष्ट्रसंघले ‘आशाको किरण’ बताएको थियो ।

यस्तै युरोपेली संघ ईयूका विदेश नीति प्रमुख जुजेप बोरेलले हमलाले रूसले अन्तर्राष्ट्रिय कानुनलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

युक्रेन एक प्रमुख अन्न निर्यातक हो, तर युद्धको कारण कारण २० मिलियन टन अन्न बन्दरगाहहरूमा फसेको छ। जसको कारण गहुँका लागि रूस र युक्रेनमा भर पर्ने अफ्रिकामा खाद्यान्न अभाव र मूल्य बढेको छ। 

रूस र युक्रेनबीच युद्ध सुरु भएको करिब ५ महिना पुगिसकेको छ । तर युद्ध रोकिने सम्भावना अझै देखिएको छैन। 

रूसले फेब्रुअरी २४ मा छिमेकी मुलुक युक्रेनमाथि आक्रमण सुरु गरेको हो। रुसी आक्रमण सुरू भएयता हजारौं युक्रेनी सर्वसाधारणको ज्यान गएको छ। ७० लाखभन्दा बढी युक्रेनी विस्थापित भइसकेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending