मुस्ताङ । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल। पूर्वतर्फ उभिएको निलगिरि हिमाल। तालमा देखिने हिमालको छाया। शान्त र एकान्त वातावरण। चराहरूको चिरबिर चिरबिर आवाज। नजिकैको खर्कमा रहेका भेडाच्याङ्ग्रा, चौँरीगाई र घोडाका गोठ।
मुस्ताङको घरपझोङ गाउँपालिका-५ मा रहेको क्षमातालको मनमोहक र सुन्दर छ। समुद्री सतहदेखि तीन हजार चार सय ५० मिटर उचाइमा रहेको क्षमाताल पुग्न जोमसोमबाट ठिनी हुँदै ४५ मिनेट सवारीसाधन र एक घण्टा पैदलयात्रा गर्नुपर्छ।
निलगिरि हिमालको उत्तरपश्चिमी मोहोडाको फेदीमा रहेको क्षमाताल गोलो आकारको छ। ठूलो तालको नजिकै केही माथि अर्को सानो र गोलो आकारको ताल छ। करिब तीन सय मिटर लम्बाइ र एक सय ५० मिटर चौडाइमा फैलिएको नीलो रङको तालमा निलगिरि हिमालको छाया देखिने घरपझोङ गाउँपालिका-५ ठिनीका पूर्णलाल थकालीले बताए।
‘जानअन्जानमा गरेका गल्तीलाई सम्झिएर क्षमा माग्ने र कमजोरी नदोहोर्याउने प्रतिबद्धतासहित स्थानीयले पूजाआजा गर्ने भएकाले क्षमा नामकरण गरिएको यो ताल वरपर लसुन र प्याज प्रयोग गरिँदैन’, थकालीले भने, ‘पहिले स्थानीय युवायुवती बर्खामा वनभोज खान आउने क्षमातालमा पछिल्लो दुई वर्षयता विदेशी र स्वदेशी पर्यटक पनि आउन थालेका छन्।’
ताल परिसरमा बसेर घण्टौँसम्म टहलिन, निलगिरि हिमाल र हिमालबाट खस्ने हिउँपहिरो अवलोकन गर्न यहाँ सौखिन किसिमका पर्यटक आउने गरेका जोमसोमको सिन्तामणि होटलका कर्मचारी अनीष गौचनले बताए। दुई जना रसिया र एक जना नेपाली पर्यटक घुमाउन क्षमताल पुगेका गौचनले यो ठाउँलाई पर्यटकले रूचाएका बताए।
‘मुस्ताङको पाँच दिनको हाम्रो होटलको प्याकेजमा क्षमाताललाई पनि समावेश गरेका छौँ’, उनले भने, ‘हिमाल हेर्दै हाइकिङ गरेर क्षमाताल घुम्न आउने पर्यटकबाट राम्रो प्रतिक्रिया पाएका छौँ।’
मुस्ताङ घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन क्षमाताललाई जोमसोमको सहायक गन्तव्यका रूपमा विकास गर्न लागिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले बताए। क्षमातालको धार्मिक महत्त्व र प्राकृतिक सौन्दर्यको प्रचारप्रसारका साथै तालसम्म पुग्ने र त्यहाँदेखि तिलिचो ताल जाने पदमार्ग निर्माण गर्ने कामलाई निरन्तरता दिएको उनले बताए।
क्षमातालको नजिकै रहेको कैशाङमा नेपाली सेनाको उच्च स्थानको तालिम केन्द्र छ। तिब्बतबाट भागेर आएका खम्पा विद्रोहीहरूलाई भगाएर नेपाली सेनाले क्याम्प बनाएर बसेको हुँदा कैशाङ सामारिक महत्वको सुरक्षाका हिसाबले संवेदनशील ठाउँ पनि हो। कैशाङ क्याम्पसम्म सडक पुगे पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर वैकल्पिक पदमार्ग बनाइएको छ।
ठिनीखोलाको बगरैबगर यात्रा गर्नुपर्ने भएकाले बर्खायाममा बाढी आउँदा समस्या हुने गरेको छ। ताल परिसरमा सार्वजनिक शौचालय र खानेपानीको व्यवस्थापन गर्नुपर्ने त्यहाँ पुगेका पर्यटकले बताएका छन्। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - ०८:१८
भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...
चैत्र २३ गते, २०८२ - ०८:१५
काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...
चैत्र २३ गते, २०८२ - ०८:०६
काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...
चैत्र २३ गते, २०८२ - ०८:०१
काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...
चैत्र २३ गते, २०८२ - ०७:५८
काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...
चैत्र २३ गते, २०८२ - ०७:५१
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...
चैत्र २३ गते, २०८२ - ०७:४५
काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ। शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...
चैत्र २३ गते, २०८२ - ०७:३५
चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...
चैत्र २३ गते, २०८२ - ०७:२८
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...
चैत्र २३ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...


प्रतिकृया लेख्नुहोस्: