Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

धनराजमाथि अनुसन्धान गरिरहेका सिआइबीका डिएसपीको अकस्मात् सरुवा

खबरडबली संवाददाता

काठमाडौं । प्रहरी अनुसन्धानमा सत्ताको छाया परेको भनेर आलोचना भइरहेका वेला कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गरिरहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपीको अकस्मात् सरुवा भएको छ । सिआइबीको आर्थिक अपराधसम्बन्धी अनुसन्धान गर्ने २ नम्बर पिलरका प्रमुख डिएसपी सुवास हमाललाई प्रहरी प्रधान कार्यालयले बिहीबार धादिङ जिल्ला प्रहरी कार्यालयमा सहायक कार्यालय प्रमुखका रूपमा काज सरुवा गरेको हो ।

डिएसपी हमालकै नेतृत्वमा गुरुङमाथि ललितपुरको मितेरी सहकारी ठगीको अनुसन्धान भइरहेको थियो । मितेरी सहकारीसहित अन्य केही मुद्दाको अनुसन्धानमा अनुकूल काम नगरेको भन्दै उनलाई सरुवा गरिएको हो । उनी सिआइबीमा पोस्टिङ भएको नौ महिना मात्र भएको थियो । सामान्यतया अवधि नपुगी सिआइबीका प्रहरीको सरुवा हुँदैन । अनुसन्धान प्रभावित पार्नकै लागि यसरी हटाइएको आशंका गरिएको छ । गुरुङसँग सिआइबीले सामान्य सोधपुछ गरेकामा थप विवरणहरू मागेर अनुसन्धान थालेको थियो ।

अन्य केही हाइप्रोफाइल अपराधको अनुसन्धान पनि डिएसपी हमाल नेतृत्वको पिलरले गरिरहेको थियो । यही क्रममा अचानक सरुवा भएपछि सिआइबीका प्रहरी अधिकारीले आश्चर्य मानेका छन् । अनुसन्धानमा रहेका केही हाइप्रोफाइल घटनाको आफूअनुकूल अनुसन्धान अघि बढाउन हमाललाई गृह मन्त्रालयकै निर्देशनमा हटाइएको स्रोत बताउँछ । 

सिआइबीकै अर्का डिएसपी पुरुषोत्तम कार्कीलाई बिहीबार नै पनि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा खटाइएको छ । ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्चले दोषी ठहर गरेपछि एक सातासम्म लुकेर बसेका गण्डकी प्रदेशका सांसद दीपक मनाङे(राजीव गुरुङ)लाई कार्कीकै नेतृत्वमा केही दिनअघि सिआइबीले पक्राउ गरेको थियो । 

राम्रो काम गर्दै गरेका डिएसपीलाई हटाए पनि सिआइबीले नयाँ डिएसपी कसैलाई पठाएको छैन । सत्तारूढ दलको स्वार्थअनुसार काम गर्ने डिएसपी खोजेर पठाउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । 

सिआइबी प्रमुख एआइजी दीपक थापाले डिएसपीहरूको सरुवाको कारणबारे आफूलाई जानकारी नभएको बताए । ‘प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो, किन सरुवा भयो मलाई जानकारी भएन,’ उनले भने । त्यस्तै, सिआइबीमै कार्यरत प्राविधिक एसपी पशुपति रायलाई पनि हटाइएको छ । 

पछिल्लो समय प्रहरी अनुसन्धान सत्ताको निर्देशनअनुसार चलेको भन्दै आलोचना भइरहेको छ । सत्तानिकटलाई जोगाउने र विपक्षीका गल्ती खोजी–खोजी प्रतिशोध लिन प्रहरीलाई प्रयोग गरेको आरोप लागिरहेको छ । 

नयाँ सरकार बनेलगत्तै केही प्रहरी अधिकारीलाई सरुवा गरेर सरकारले प्रहरीमाथि हस्तक्षेप थालेको थियो । नक्कली भुटानी शरणार्थीलगायत ठुला घटनाको अनुसन्धान गरेका सिआइबीका तत्कालीन प्रमुख एआइजी श्यामलाल ज्ञवाली तथा विशेष ब्युरोका डिआइजी मनोज केसीलाई हटाइएको विषयमा सरकारको आलोचना भएको थियो । 

सत्तारूढ दलका नेता तथा निकटस्थहरू मुछिएका घटनामा प्रहरीले अनुसन्धानमा ढिलाइ गर्ने तथा उन्मुक्ति दिइरहेको छ । उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रितासिंह बैद्य मुछिएको बालमन्दिर जग्गा हिनामिनाको अनुसन्धान हाल रोकिएको छ । दुई पक्ष मध्यस्थता प्रक्रियामा गएको कारण देखाएर मुद्दा नै डिसमिस गर्ने प्रयास भइरहेको छ ।

यसै हप्ता मानव तस्करीमा मुछिएका एमाले प्रदेश सांसद लीलाबल्लभ अधिकारीलाई सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको थियो । प्रहरीले पनि अधिकारीनिकट बिचौलियालाई पक्राउ नगरी अधिकारीविरुद्धका प्रमाण कमजोर बनाएको थियो ।

त्यस्तै, एमाले सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला मुछिएको सहकारीको अनुसन्धान पनि सुस्त छ । मोरङको उमागौरी कृषि सहकारीको सञ्चालक हुँदा सहकारीबाट हिनामिना भएको विषयमा प्रहरीमा उजुरी परे पनि अझै कोही पक्राउ परेका छैनन् ।

बालिकामाथि घरेलु हिंसा गरेको घटनामा लुम्बिनी एमालेकी सांसद रेखा शर्मामाथिको अनुसन्धान पनि रोकिएको आरोप लाग्दै आएको छ । काठमाडौं महनगरपालिकाले नै शर्मामाथि उजुरी दिएकोमा काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको छैन भने मुद्दासमेत रोकेर राखेको छ ।

झापाको दमक नगरपालिका– ९, आशिष टोलका यामु निरौलाको हत्या प्रकरणमा एमाले कोशी प्रदेश सभा सांसद होमबहादुर थापाका भाइ बुद्धिमान थापालाई पनि गत साता जोगाइएको थियो । जग्गाको विवादमा निरौलाको हत्या भएकोमा नौजनाविरुद्ध मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेकोमा बुद्धिमानसहितका व्यक्तिलाई पहुँचका आधारमा उन्मुक्ति दिइएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending