Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिताको आवश्यकता छ : सञ्चारमन्त्री कार्की

खबरडबली संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित ‘ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन’ कार्यक्रममा उहाँले पत्रकारिता आवाजविहीनहरुको आवाज बन्न सक्नुपर्ने धारणा राख्नुभयो ।

“सबैभन्दा ठूलो कुरो विश्वास आर्जित गर्ने पत्रकारको अहिले आवश्यक छ । हिजोका दिनमा एक किसिमको भूमिका नेपाली पत्रकारहरुको थियो । लोकतन्त्रको स्थापना भइसकेपछि अब हामीलाई मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिताको आवश्यकता छ, त्यतातर्फ आजको दिनले हामी सबैलाई अग्रसर हुन प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।”

सञ्चारमन्त्री कार्कीले मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई अक्षुण्ण राख्नका निमित्त संविधानको परिकल्पनाको साकार एवम् परिस्कृत बनाउन वर्तमान सरकार पत्रकार र प्रेस जगत्को पक्षमा रहेको स्पष्ट पार्नुभयो । विगतमा मुलुक दमन र उत्पीडनमा रहेका बेला पत्रकारहरुले लोकतन्त्रको माध्यमद्वारा देश समृद्धिको दिशातर्फ अगाडि बढ्नुपर्छ भन्ने मूल ध्येयका साथ अघि बढेको स्मरण गर्नुहुँदै उहाँले अहिलेको सन्दर्भमा मर्यादित र जिम्मेवार पत्रकारिताको माध्यमबाट विश्वास आर्जन गर्नुपर्ने दायित्व बढेको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री कार्कीले भन्नुभयो, “यो सम्मान केवल सम्मान मात्रै हैन तर, भोलिका दिनमा यसलाई अभिवृद्धि गर्र्दै कमसेकम जीवनको उत्तराद्र्धमा सरकार मेरो साथमा छ भन्ने सन्देश दिन सकियो भने अझ पत्रकारिता निर्भिकताका साथ अगाडि बढ्छ र यस दिशामा अग्रसर हुनुपर्छ ।”

दक्षिण एसियाका धेरै मुलुकमा पनि यो सुविधा दिइने गरेको र नेपालका निम्ति नयाँ र प्रेरणादायी काम भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले पत्रकार वृत्ति वितरणमा सबै एक भएर अगाडि बढेको खण्डमा अहिले सम्मानको रुपमा प्राप्त भएको वृत्तिकोषलाई भोलिका दिनमा जीविकोपार्जनका निमित्त पनि सहयोगसिद्ध हुनसक्ने दिशातर्फ अग्रसर हुन अनुरोध पनि गरे ।

वृत्ति कोषले पत्रकारिता पेसाको सम्मान 

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीले ज्येष्ठ पत्रकारलाई वृत्ति वितरणको नयाँ कामको प्रारम्भ भएबाट पत्रकारिता पेसाप्रति राज्यको सम्मान बढेको बताए । उनले नयाँ काम प्रारम्भ भएको र यसमा सन्तोष गर्नुपर्ने ठाउँ रहेको चर्चा गरे । “कसले विषय उठान ग¥यो, कसले सोच्यो त्यसको महत्व छ, तर, त्यो काम आजबाट प्रारम्भ भएको छ । यसबाट प्राप्त रकमले उहाँहरुको जीविका हुन सक्दैन, तर यो रकमले सरकारले पत्रकारिताको मर्यादालाई सम्मान र आत्मसात् गरेर पत्रकारिताको साथमा सरकार छ भन्ने सन्देश दिन खोजेको छ ।”

सञ्चारमन्त्री कार्कीले मुलुकका लागि यतिखेर सम्भावना र चुनौती दुवै रहेको भन्दै सबै मिलेर अहिलेका चुनौतीहरुसँग सामना गर्नसके आगामी १० वर्षभित्र नेपाललाई एसियाको धनी देशको रुपमा विकसित गर्न सकिने धारणा राखे। सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विगत लामो समयदेखि थाती रहेको ज्येष्ठ पत्रकार वृत्ति वितरण वर्तमान सञ्चारमन्त्रीको नेतृत्वमा मापदण्ड, कार्यविधि तयार गरेर सोही आधारमा दिने कार्य प्रारम्भ भएको भन्दै यसले पत्रकारिता क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले ३० वर्ष निरन्तर पत्रकारिता गरेका ६५ वर्ष उमेर पूरा भएका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति वितरण गरिने जानकारी दिए । उनले पत्रकार वृत्ति कोषलाई समयसापेक्ष बनाएर लैजाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता र पत्रकारको सम्मानमा राज्यको तर्फबाट राम्रो कामको सुरुआत भएको भन्दै नयाँ अभ्यासको नेतृत्व गर्नुहुने सञ्चारमन्त्री नेतृत्वको टिमलाई विशेष धन्यवाद व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले ज्येष्ठ पत्रकारलाई वृत्ति वितरणको प्रारम्भले पत्रकारिता क्षेत्रलाई राज्यले चिन्ने अवसर मिलेको भन्दै महासङ्घले लामो समयदेखि उठाउँदै आएको मुद्दा सम्बोधन भएकोमा सरकार र उक्त कार्यको नेतृत्व गर्नुहुने सञ्चारमन्त्रीसहितको टिमलाई धन्यवाद ज्ञापन गरे ।

वृत्ति कोषका सदस्य एवं पत्रकार गोपाल बुढाथोकीले लोकतन्त्रको सुन्दर पक्ष श्रमजीवी पत्रकारलाई राज्यको तर्फबाट वृत्ति कोषको सुरुआत गरिनु सिङ्गो पत्रकारिता जगत्का लागि ऐतिहासिक अवसर भएको बताए । पत्रकार मनऋषि धितालले सरकारको तर्फबाट पत्रकारका लागि गरिएको नयाँ कार्यको प्रारम्भले पत्रकारिता क्षेत्रलाई उत्साहित बनाएको बताए ।

तीन पत्रकारलाई वृत्ति वितरण

सरकारले पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका तीन पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति वितरण गरेको छ ।

पत्रकारहरु चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पद्मभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको हो । सञ्चारमन्त्री कार्कीले उक्त वृत्ति रकमबापतको चेक प्रदान गरेर ज्येष्ठ पत्रकार वृत्ति वितरण प्रारम्भ गरेको हो । पहिलो वृत्ति पाउने ७६ वर्षीया पत्रकार अर्यालले रु पाँच हजार, पाण्डेलाई रु सात हजार र ७७ वर्षीय खरेललाई रु १० हजार प्रदान गरिएको हो । उहाँहरुलाई साउन महिनादेखि हरेक महिना बैंक खातामा जम्मा हुनेगरी वृत्ति रकम उपलब्ध गराइने सूचना तथा प्रसारण विभागले जनाएको छ । सो अवसरमा सञ्चारमन्त्री कार्कीले विभागद्धारा प्रकाशित नेपाल द्धैमासिक पत्रकारिता विशेषङक, नेपाल परिचय र नेपालको सार्वजनिक प्रशासन र व्यवस्थापन पुस्तक विमोचन गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

केरालामा बर्ड फ्लूको प्रकोप: हजारौँ चरा नष्ट गर्ने निर्णय

नयाँ दिल्ली। भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा)फैलिएको पुष्टि भएपछि अधिकारीहरुले बीस हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दि...

भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृत्यु

काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: