Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण

खबरडबली संवाददाता

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । १६ औं नगरसभामा नगरप्रमुख खिलध्वज पन्थीले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको प्रगति विवरणअनुसार कुल तीन हजार ७७३ जनालाई तीन करोड ५२ लाख ८० हजार ११६ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । 

नगरपालिकाको चालु आर्थिक वर्षको प्रगति विवरणअनुसार उक्त सामाजिक सुरक्षा भत्ता एक हजार ९८१ ज्येष्ठ नागरिक, २८९ ज्येष्ठ नागरिक दलित, २८७ ज्येष्ठ एकल महिला, ५७० विधवा, ८० पूर्ण अशक्त अपाङ्गता भएका, १६३ आंशिक अपाङ्गता भएका, ४०३ बालबालिका दलितलाई वितरण गरिएको छ ।

यस अवधिमा ज्येष्ठ नागरिक परिचयपत्र ३० र अपाङ्गता परिचयपत्र १३ जनालाई वितरण गरिएको छ । 

नगरपालिकामा २६९ जनाको जन्म दर्ता गरिएको छ । ९५ जनाको मृत्यु दर्ता गरिएको छ । १६ जनाको सम्बन्ध विच्छेद र १३५ जनाको विवाह दर्ता गरिएको छ । यस नगरपालिकामा २३ परिवार संख्या बसाइसराई गरी आएका र ३४ परिवारले बसाइँसराइ गरेको छन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५ जना बेरोजगार सुचिकृत व्यक्तिलाई वडा बाँडफाँड गरी काममा लगाउने चरणमा रहेको नगरप्रमुख पन्थीले बताए। त्यसमध्ये आठ जनाले केही वडाहरुमा काम गरिरहेका छन् । ७५ जना बेरोजगार सूचिकृत व्यक्तिहरुमध्येबाट ४० जनालाई सीपमूलक तालिम प्रदान गर्नेगरी सेवा प्रदायक संस्था छनौट प्रक्रिया अगाडि बढाइएको छ ।

यसबिचमा रेसुङ्गा नगरपालिकाले तयार गरेको स्थानीय पाठयक्रम  ‘हाम्रो रेसुंगा’ मा आधारित पाठ्यपुस्तक लेखन कार्य अघि बढेको जानकारी गराउनु हुँदै सोही बमोजिम पुस्तकको पाण्डुलिपि समेत तयार भइसकेको बताउनुभयो । आगामी शैक्षिकसत्रदेखि विद्यार्थीको हातमा पुस्तक पुगाउने गरी नगरपालिका लागेको बताए।

‘गुल्मी अस्पताल, मेरो अस्पताल’ भन्ने नारालाई मूर्तरुप दिन गुल्मी अस्पतालमा मिर्गौला रोग पीडितका लागि जिल्लामै पहिलो पटक डायलाइसिस सेवा प्रारम्भ गरिएसँगै हालसम्म १९ जना मिर्गौलापीडितहरुले डायलाइसिस सेवा लिएको नगरप्रमुख पन्थीले बताए। यो सेवा प्रवाह भएसँगै पाल्पा, बुटवल, काठमाडौं जाने सास्ती र उपचारका लागि बेड नपाउने समस्याबाट नागरिकहरु मुक्त भएको उनको भनाइ छ ।

गुल्मी अस्पतालको निर्माणाधीन भवनको निर्र्माण कार्य अन्तिम चरणमा पुगेको र पटक–पटकको ताकेतापछि बाँकी काम पूरा गरी समयमै अस्पतालको स्विकृत क्षमताअनुसार सबै विशेषज्ञ सेवा सञ्चालन गराउन निरन्तर पहल गरिएको उनले बताए । रेसुंगा नगरपालिकाको सहयोग, समन्वय तथा सहजीकरणमा गुल्मी अस्पतालमा सुरु भएको बिशेषज्ञसहितको हाडजोर्नी सेवाका कारण हालसम्म ५१३ जना बिरामीले शल्यक्रियासहितको बहिरंग सेवा अन्तर्गत २५ हजार ३९३ जना हाडजोर्नीका बिरामीले सेवा प्राप्त गरेको छन ।

नगरपालिकाको सहयोगमा जिल्ला आँखा उपचार केन्द्रमार्फत मोतियाविन्दुको निःशुल्क अपरेशन सेवालाई निरन्तता दिइएको र यसबाट चालु आर्थिक वर्षको हालसम्म २२ जनाले मोतियाविन्दुको निःशुल्क अप्रेशन सेवा लिएको छन । यस नगरपालिकाको १४ वटै वडामा सञ्चालन गरिएको अल्ट्रासाउण्ड सेवाबाट हालसम्म १२३ जना गर्भवती महिला लाभान्वित भएको नगरप्रमुख पन्थीले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संघीय संसद्का ८ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...

रास्वपाले बुधबार बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...

गुल्मीका पाँच छात्रासहित छ जनाले ल्याए ४ जीपीए

गुल्मी। शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार जिल्लामा छ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् । र...

एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...

नेपाललाई श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने

काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...

भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सरकारको नीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending