Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

प्रधानमन्त्रीको पर्खाइ, जनार्दन शर्माको पुनरागमन !

मन्त्री बनाएर महासचिवको दाबेदारीबाट रोक्ने बाटोतर्फ प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्रीले नयाँ अर्थमन्त्री नियुक्त गर्ने अपेक्षा विपरीत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारी आफैले राखेको तीन हप्ता भयो।

बजेट निर्माणसम्बन्धि विषयलाई लिएर विवादमा परेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए।

त्यससम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिको थपिएको म्याद सकिन लाग्दा समितिको निचोड र भावी अर्थमन्त्रीबारे चासो र चर्चा बढ्न थालेको हो।

प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारका अनुसार अर्थमन्त्रीले जुन कारणले राजीनामा दिएका हुन् त्यसबारे छानबिन भइरहेकाले त्यो टुङ्गिएपछि थप निर्णय हुनेछ।

जनार्दन शर्मा फर्किएलान्?

संसदीय समितिले सुरुमा पाएको १० दिने म्याद एक साता लम्बिएको छ। शर्मा दोषी देखिएमा उनको पुनरागमनको सम्भावना अन्त्य हुनेनै छ।

तर सफाइ पाएपछिको सम्भावनाबारे प्रेस संयोजक परियारले भने, 'त्यो त छानबिनको प्रतिवेदन आए पछिको कुरा हो, अहिले नै भन्न सकिन्न। उहाँको पार्टीसँग सल्लाह गरेर निर्णय हुन्छ।'

समितिको छानबिनबाट शर्माले सफाइ पाउने सम्भावनालाई ख्याल गरेर अर्को मन्त्री नियुक्त नगरिएको एकथरीको बुझाइ पाइन्छ।

तर नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने, 'त्यस्तो होइन। उहाँ हुन पनि सक्नुहुन्छ, नहुन पनि सक्नुहुन्छ, छानबिनको टुङ्गोपछि धारणा बनाउँछौँ।'

नेता शर्मा अहिले दाङ पुगेका छन्। उनी निकट मानिने दाङ तुल्सीपुर नगर समितिका उपाध्यक्ष यज्ञ केसीका अनुसार निजी कामको सिलसिलामा शर्मा त्यहाँ पुगेका हुन्।

महासचिवका दाबेदार र अर्थमन्त्रालयको सम्बन्ध

शर्माले केही टिप्पणी नगर्ने भन्दै सम्भावित परिदृष्यबारे बीबीसीसँग कुराकानी नगरी पन्छिए। तर 'पुनर्वहाली हुने' केसीको भनाइले माओवादीको एउटा खेमाको मनस्थिति र त्यहाँ चलिरहेको चर्चाको सङ्केत दिन्छ।

माओवादीका नेता हरिबोल गजरेलले पनि त्यो सम्भावना अस्वीकार गरेनन्। उनले भने, 'उहाँले अनुसन्धानलाई सहजीकरण गर्न राजीनामा दिनु भएको न हो, छानबिनबाट दोषी नदेखिएपछि त उहाँको पुन नियुक्त हुने सम्भावना छ।'

एकजना मन्त्रीका अनुसार छानबिनसम्मको निम्ति भनेर प्रचण्डको आग्रहमा प्रधानमन्त्रीले अर्थमन्त्रीको पद 'होल्ड'मा राखेका हुन्।

शर्मासँगै पार्टीभित्र वर्षमान पुनलाई महासचिवको बलियो दाबेदार मानिएको छ। त्यसैले त्यहाँभित्रको सन्तुलन मिलाउन प्रचण्डको निम्ति प्रधानमन्त्री सहयोगी बनेको कतिपयको बुझाइ पाइन्छ।

शर्माको राजनीति प्रतिष्ठाको विषय हुन पुगेकाले छानबिनपछि एकपटक मन्त्री बनेर उनले पुनर्गठनको बाटो खोलिदिन राजीनामा दिनसक्ने र महासचिवको निम्ति बलियो दाबेदार बन्न सक्ने एक पक्षको बुझाइ छ।

तर अर्काथरीले सफाइ पाएपनि उनलाई मन्त्री बनाएर महासचिवको दाबेदारीबाट रोक्ने पक्षमा रहेको पनि बताइन्छ।

महासचिव नबनाउने बाटोतर्फ प्रचण्ड

शर्माले महासचिवको टुङ्गो मतदानबाट लगाउन गरेको आग्रह प्रचण्डले अस्वीकार गरेपछि सबैले प्रचण्डले प्रस्ताव गर्ने नाम स्वीकार गर्ने सहमति बनेको नेताहरूले बताएका छन्।

एक नेताका अनुसार प्रचण्डले शर्मा र पुनको विकल्पको रूपमा हरिबोल गजुरेललाई महासचिव बनाउने प्रस्ताव गर्ने तयारीमा थिए।

सत्य हो? गजुरेलले हाँस्दै भने, 'मलाई जिम्मेवारी दिनुस् म राम्रो गरेर देखाउँछु भनेको थिएँ, मैले सकारात्मक सङ्केत पाएको थिएँ।'

उनका अनुसार अर्थमन्त्रीसम्बन्धि विवाद लगायतका विषयले गर्दा उसबेला महासचिव चयन रोकिएको हो।

अब समाजवादी केन्द्र बनाउने र वामपन्थी एकताको चर्चासँगै माओवादीमा महासचिव चुनिने सम्भावना टाढिँदै गएको अर्थ लगाउनेहरू पनि छन्।

तर एकीकरणपछिको पार्टी संरचनामा आफ्नो पक्षको बलियो उपस्थितिको आधार तयार गर्न पनि पदाधिकारी नियुक्तिको दबाव प्रचण्डमाथि पर्न सक्ने अर्काथरीको विश्लेषण छ।

प्रशासनविदहरूले अर्थतन्त्रको अवस्था खराब रहेका बेला पार्टीको आन्तरिक राजनीतिका निम्ति अर्थ मन्त्रालय 'रिक्त' राख्नुलाई सुशासनप्रति सरकार उदासिन रहेको उदाहरण ठान्छन्।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारले भने, 'प्रधानमन्त्रीले कतिपय अधिकार सचिवलाई प्रत्यायोजन गर्नु भएको छ। त्यहाँको कुनै पनि काम रोकिएको छैन।'

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार छानबिनको प्रतिवेनद आए लगत्तै अर्थमन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीको योजना छ।

समितिको म्याद बिहीवारसम्म छ र बुधवारबाट प्रतिवेदन लेख्न थाल्ने समाचारहरूमा जनाइएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy