Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रवि लामिछाने भन्छन्: 'खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्'

खबरडबली संवाददाता

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । 

रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि लामिछानेले फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघ संज्ञा दिएका छन् । उनले प्रतिक्रिया दिँदै भने- ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन् ।'

लामिछानेलाई आजै पोखराबाट रुपन्देही लागिएको थियो । पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । 

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ । 

यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । 

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सम...

जुम्लामा १८ हजार मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको...

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को सेयर

रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीय बासिन्दाको माग बमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । सेयर पाउनुपर्ने माग दाबी गर्दै व...

पाँचथरमा किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending