काठमाडौँ । बन्चरेडाँडा ल्यान्डफिल प्रभावित क्षेत्रको सरोकारवाला समितिले भदौ १ गतेदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन गर्न नदिने भएको छ । बिहिबारसरोकारवाला समितिले पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्रीराम ढुंगानाले भने,'मेयर बालेन्द्र शाहले भदौदेखि काठमाडौंभित्र फोहोर व्यवस्थापन गर्छु भनेर भन्नुभएको छ । उहाँको त्यही योजनालाई साकार बनाउनका लागि हामी भदौ १ गतेदेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने निर्णय गर्दै उहाँको योजनालाई सघाउने घोषणा गरेका हौं । '
अध्यक्ष ढुंगानाले फोहोर मैला प्रशोधन प्लान्ट बन्चरेडाँडामा स्थापना गर्ने भनिएपनि मेयर शाहले काठमाडौंभित्रै खोल्ने र हरेक वडामा स्थापना गर्ने निर्णय गरेकाले बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नदिने बताए । 'फोहोर प्रशोधन प्लान्ट बन्चरेडाँडामा गर्ने भनिएको थियो । अहिले उपत्यकाभित्रै स्थापना गर्ने निर्णय गर्नुभएको छ । यसलाई हामी स्वागत र सहयोग पनि गर्छौं । काठमाडौंमै स्थापना हुने भएपनि बन्चरेडाँडामा अब फोहोर फाल्न हामी दिदैनौं,' उनले भने ।
उनले विगतमा भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने सवालमा कुनै चासो नदिइएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - १६:५३
काठमाडौं । विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत...
मंसिर १३ गते, २०८१ - १६:३६
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएको छन्। बिहीबार हिउँ चितुवाको संरक्षण तथा यसको...
मंसिर १३ गते, २०८१ - १६:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर कुनै पनि उम्मेदवारलाई समर्थन नजनाउने भएको छ । रास्वपाका एक जना नेताले भने 'यो...
मंसिर १३ गते, २०८१ - १६:१२
अत्तरिया। कैलालीको गोदावरी नगरपालिका चौकीडाँडामा ट्याक्टरको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ भैँसी हाटबजारस्थित सडकमा बुधब...
मंसिर १३ गते, २०८१ - १५:५५
काठमाडौं। नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएक...
मंसिर १३ गते, २०८१ - १५:३८
काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरुलाई ...
मंसिर १३ गते, २०८१ - १५:११
किएभ । धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउँदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ । युक्रेन...
मंसिर १३ गते, २०८१ - १४:५१
बेलायत। रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुगेका कार्की...
मंसिर १३ गते, २०८१ - १४:३४
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएको छन् । बिहीबार काठमाडौँमा आ...
मंसिर १३ गते, २०८१ - १४:१५
काठमाडौं। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताएको छन् ।...
प्रतिकृया लेख्नुहोस्: