Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

स्पञ्ज आइरन आयातमा छुट: बढ्यो राजस्व, थपियो नयाँ उद्योग

खबरडबली संवाददाता

काठमाडौं । सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिँदा राजस्वमा सङ्कलनमा समेत वृद्धि भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्ष २०७८/७९ का लागि  प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने जनाउँदै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार तथा अन्तशुल्क छुटको व्यवस्था गर्नुभएको थियो । सो व्यवस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको पाइएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार सरकारले स्पञ्ज आइरन आयातमा छुट दिएपछि राजस्व सङ्कलनमा वृद्धि भएको पाइएको हो । तथ्याङ्कअनुसार अघिल्लो आव २०७७/७८ को एक वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट १९ करोड १५ लाख ९५ हजार १७० किलो स्पञ्ज आइरनको आयात भएको थियो । उक्त स्पञ्ज आइरन आयात हुँदा रु सात अर्ब ८७ करोड ९६ लाख ६८ हजार नेपाली रुपैयाँ बाहिरिएको थियो भने सरकारले रु एक अर्ब ४४ करोड ७३ लाख बराबर राजस्व सङ्कलन गरेको थियो ।

अघिल्लो आव रु सात अर्ब बराबरको स्पञ्ज आइरनको आयात भएकामा सरकारले छुट दिएसँगै गत आव झन्डै रु २४ अर्ब बराबरको आयात भएको छ । गत आव ९२०७८÷७९० को एक वर्षको अवधिमा रु २३ अर्ब ९८ करोड १६ लाख ८० हजार बराबरको ४१ करोड ५७ लाख ३३ हजार किलो स्पञ्ज आइरनको आयात भएको हो । उक्त आयातबाट सरकारले रु तीन अर्ब २५ करोड ६२ लाख १३ हजार बराबर राजस्व सङ्कलन गरेको छ ।

बिलेट आयातमा कमी

सरकारले स्पञ्ज आइरनको आयातमा छुट दिएसँगै एमएस बिलेट आयातमा कमी आएको छ । गत आवको तुलनामा चालु आव रु बीस अर्ब बढीले बिलेट आयातमा कमी आएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आव २०७७र७८ वर्ष रु ७१ अर्ब ५२ करोड ९३ लाख ८९ हजार बराबरको बिलेट आयात भएको थियो । सरकारले भन्सार तथा अन्तशुल्कमा वृद्धि गरेसँगै गत आव २०७८र७९ मा रु ५१ अर्ब ३३ करोड तीन लाख बराबरको मात्रै बिलेट आयात भएको हो ।

बिलेट आयातमा कमी भएसँगै राजस्व सङ्कलनमा समेत कमी आएको छ । अघिल्लो आव बिलेट आयात हुँदा रु १३ अर्ब १३ करोड ६८ लाख ४७ हजार बराबर राजस्व सङ्कलन भएको थियो भने गत आव रु १० अर्ब ९४ करोड ९४ लाख ५२ हजार मात्र राजस्व सङ्कलन भएकोे छ ।

प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा आयातित बिलेट ९एमएस बिलेट० को अन्तःशुल्क बढाएर प्रतिकिलो दुई रुपैयाँ ५० पैसा बनाइएको थियो । यस्तै फलामे डण्डी बनाउन प्रयोग हुने बिलेट आयात गर्दा त्यसमा लाग्ने अन्तःशुल्क प्रतिटन र एक हजार ६५० बाट बढाएर रु दुई हजार ५०० बनाइएको थियो ।

यसअघि स्वदेशमा उत्पादित र आयात गरिएका दुवैमा प्रतिकिलो एक रुपैयाँ ६५ पैसा अन्तःशुल्क लाग्ने गरेको थियो । विदेशबाट स्पञ्ज आइरन तथा स्टिल बिलेट आयातमा भन्सारदर ५–५ प्रतिशत थियो ।

बजेटमा छुट दिएपछि थपिए उद्योग

सरकारले गत आर्थिक वर्षको बजेटमार्फत स्वदेशमा नै स्पञ्ज आइरन उत्पादन गर्ने उद्योगलाई छुट दिएपछि पुराना उद्योगले लगानी बढाउन थालेका छन् भने नयाँ उद्योग दर्ता भएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार बजेटमा नै छुटको व्यवस्था भएपछि पुराना चार उद्योगले लगानी थप र नयाँ दुई उद्योग दर्ता भएको उद्योग विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्पञ्ज आइरन उद्योगलाई सरकारले छुटको घोषणा गरेपछि गोल्छा समूहले प्राइम स्टिल र सौरभ गुप्रले सर्वोत्तम स्टिल उद्योग दर्ता गरेका हुन् । गोल्छा समूहले पर्साको वीरगन्ज पोखरियामा रु साढे पाँच अर्ब र सौरभ गुप्रले वीरगञ्ज महानगरपालिकाको मनयारीमा उद्योग रहने गरी दर्ता गरेका छन् ।

उद्योग विभागमा दर्ता भएअनुसार प्राइभ स्टिलले १८ बिघा क्षेत्रफलमा फैलिने उद्योगबाट ४०० मानिसलाई प्रत्यक्ष रोजगारी दिने र उक्त उद्योगका लागि एक लाख केभिएको प्रसारण लाइन आवश्यक पर्ने उल्लेख गरेको छ ।

यस्तै उक्त उद्योग सञ्चालनमा आउँदा एचआर स्ट्रप्स वार्षिक तीन लाख ९६ हजार टन उत्पादन गर्नेछ । जसमध्ये टीमएमटी छड ७९ हजार २०० टन, वायर रड एक लाख १८ हजार ८०० टन र ७९ हजार २०० टन एमएस बिलेट उत्पादन गर्नेछ ।

सर्वोत्तम स्टिलले १५ बिघा क्षेत्रफलमा रहने सो उद्योगमा रु तीन अर्ब ३५ करोड लगानी रहेको उल्लेख गरेको छ । उक्त उद्योगले वार्षिकरूपमा चार लाख ४१ हजार मेट्रिक टन स्पञ्ज आइरन उत्पादन हुनेछ । यस्तै उद्योगमा फलामजन्य वस्तु उत्पादनका लागि ३० मेट्रिक टनका दुईवटा इन्डक्सन फर्नेस ९भट्टी० राखिनेछ । उक्त उद्योगलाई फलामजन्य वस्तु तथा स्टिल उत्पादनका लागि दुई दशमलव पाँच मेगावाट बिजुली आवश्यक हुने कम्पनीले जानकारी दिएको छ ।

विभागको तथ्याङ्कअनुसार काठमाडौँ स्टिल्स, स्वस्तिक रोलिङ, प्रिमियर स्टिल र हुलास वायरले लगानी थपका लागि स्वीकृति लिएका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: