Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

स्पञ्ज आइरन आयातमा छुट: बढ्यो राजस्व, थपियो नयाँ उद्योग

खबरडबली संवाददाता

काठमाडौं । सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिँदा राजस्वमा सङ्कलनमा समेत वृद्धि भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्ष २०७८/७९ का लागि  प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने जनाउँदै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार तथा अन्तशुल्क छुटको व्यवस्था गर्नुभएको थियो । सो व्यवस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको पाइएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार सरकारले स्पञ्ज आइरन आयातमा छुट दिएपछि राजस्व सङ्कलनमा वृद्धि भएको पाइएको हो । तथ्याङ्कअनुसार अघिल्लो आव २०७७/७८ को एक वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट १९ करोड १५ लाख ९५ हजार १७० किलो स्पञ्ज आइरनको आयात भएको थियो । उक्त स्पञ्ज आइरन आयात हुँदा रु सात अर्ब ८७ करोड ९६ लाख ६८ हजार नेपाली रुपैयाँ बाहिरिएको थियो भने सरकारले रु एक अर्ब ४४ करोड ७३ लाख बराबर राजस्व सङ्कलन गरेको थियो ।

अघिल्लो आव रु सात अर्ब बराबरको स्पञ्ज आइरनको आयात भएकामा सरकारले छुट दिएसँगै गत आव झन्डै रु २४ अर्ब बराबरको आयात भएको छ । गत आव ९२०७८÷७९० को एक वर्षको अवधिमा रु २३ अर्ब ९८ करोड १६ लाख ८० हजार बराबरको ४१ करोड ५७ लाख ३३ हजार किलो स्पञ्ज आइरनको आयात भएको हो । उक्त आयातबाट सरकारले रु तीन अर्ब २५ करोड ६२ लाख १३ हजार बराबर राजस्व सङ्कलन गरेको छ ।

बिलेट आयातमा कमी

सरकारले स्पञ्ज आइरनको आयातमा छुट दिएसँगै एमएस बिलेट आयातमा कमी आएको छ । गत आवको तुलनामा चालु आव रु बीस अर्ब बढीले बिलेट आयातमा कमी आएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आव २०७७र७८ वर्ष रु ७१ अर्ब ५२ करोड ९३ लाख ८९ हजार बराबरको बिलेट आयात भएको थियो । सरकारले भन्सार तथा अन्तशुल्कमा वृद्धि गरेसँगै गत आव २०७८र७९ मा रु ५१ अर्ब ३३ करोड तीन लाख बराबरको मात्रै बिलेट आयात भएको हो ।

बिलेट आयातमा कमी भएसँगै राजस्व सङ्कलनमा समेत कमी आएको छ । अघिल्लो आव बिलेट आयात हुँदा रु १३ अर्ब १३ करोड ६८ लाख ४७ हजार बराबर राजस्व सङ्कलन भएको थियो भने गत आव रु १० अर्ब ९४ करोड ९४ लाख ५२ हजार मात्र राजस्व सङ्कलन भएकोे छ ।

प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा आयातित बिलेट ९एमएस बिलेट० को अन्तःशुल्क बढाएर प्रतिकिलो दुई रुपैयाँ ५० पैसा बनाइएको थियो । यस्तै फलामे डण्डी बनाउन प्रयोग हुने बिलेट आयात गर्दा त्यसमा लाग्ने अन्तःशुल्क प्रतिटन र एक हजार ६५० बाट बढाएर रु दुई हजार ५०० बनाइएको थियो ।

यसअघि स्वदेशमा उत्पादित र आयात गरिएका दुवैमा प्रतिकिलो एक रुपैयाँ ६५ पैसा अन्तःशुल्क लाग्ने गरेको थियो । विदेशबाट स्पञ्ज आइरन तथा स्टिल बिलेट आयातमा भन्सारदर ५–५ प्रतिशत थियो ।

बजेटमा छुट दिएपछि थपिए उद्योग

सरकारले गत आर्थिक वर्षको बजेटमार्फत स्वदेशमा नै स्पञ्ज आइरन उत्पादन गर्ने उद्योगलाई छुट दिएपछि पुराना उद्योगले लगानी बढाउन थालेका छन् भने नयाँ उद्योग दर्ता भएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार बजेटमा नै छुटको व्यवस्था भएपछि पुराना चार उद्योगले लगानी थप र नयाँ दुई उद्योग दर्ता भएको उद्योग विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्पञ्ज आइरन उद्योगलाई सरकारले छुटको घोषणा गरेपछि गोल्छा समूहले प्राइम स्टिल र सौरभ गुप्रले सर्वोत्तम स्टिल उद्योग दर्ता गरेका हुन् । गोल्छा समूहले पर्साको वीरगन्ज पोखरियामा रु साढे पाँच अर्ब र सौरभ गुप्रले वीरगञ्ज महानगरपालिकाको मनयारीमा उद्योग रहने गरी दर्ता गरेका छन् ।

उद्योग विभागमा दर्ता भएअनुसार प्राइभ स्टिलले १८ बिघा क्षेत्रफलमा फैलिने उद्योगबाट ४०० मानिसलाई प्रत्यक्ष रोजगारी दिने र उक्त उद्योगका लागि एक लाख केभिएको प्रसारण लाइन आवश्यक पर्ने उल्लेख गरेको छ ।

यस्तै उक्त उद्योग सञ्चालनमा आउँदा एचआर स्ट्रप्स वार्षिक तीन लाख ९६ हजार टन उत्पादन गर्नेछ । जसमध्ये टीमएमटी छड ७९ हजार २०० टन, वायर रड एक लाख १८ हजार ८०० टन र ७९ हजार २०० टन एमएस बिलेट उत्पादन गर्नेछ ।

सर्वोत्तम स्टिलले १५ बिघा क्षेत्रफलमा रहने सो उद्योगमा रु तीन अर्ब ३५ करोड लगानी रहेको उल्लेख गरेको छ । उक्त उद्योगले वार्षिकरूपमा चार लाख ४१ हजार मेट्रिक टन स्पञ्ज आइरन उत्पादन हुनेछ । यस्तै उद्योगमा फलामजन्य वस्तु उत्पादनका लागि ३० मेट्रिक टनका दुईवटा इन्डक्सन फर्नेस ९भट्टी० राखिनेछ । उक्त उद्योगलाई फलामजन्य वस्तु तथा स्टिल उत्पादनका लागि दुई दशमलव पाँच मेगावाट बिजुली आवश्यक हुने कम्पनीले जानकारी दिएको छ ।

विभागको तथ्याङ्कअनुसार काठमाडौँ स्टिल्स, स्वस्तिक रोलिङ, प्रिमियर स्टिल र हुलास वायरले लगानी थपका लागि स्वीकृति लिएका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending