Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

गडरिया दम्पती हत्याले शोकमग्न छ ओढरपुरका बस्ती

खबरडबली संवाददाता

बाँके । बाँकेको कोहलपुर–१४ ओढरपुरका कृष्णकुमार गडरिया दम्पतीको घरमै सुतेको अवस्थामा सोमबार राति हत्या भएपछि बस्ती नै शोकमा छ । घरमै सुतिरहेका व्यक्तिको योजनाबद्ध तरिकाले हत्या भएको खबरले सबैमा डर र त्रास उत्पन्न भएको स्थानीयवासी रामसोहन खटिकले बताए। पच्चिस वर्षीय कृष्ण र उनकी २३ वर्षीया पत्नी अञ्जलीको मङ्गलबार बिहान आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । “आफ्नै घरमा सुतेको व्यक्तिमाथि भएको यो घटनापछि बस्ती पूरै त्रासमा छ”, उहाँले भन्नुभयो, “यस घटनापछि गाउँका धेरै व्यक्ति चिन्तित छन् ।” 

कृष्णका सहोदर दाजु विजयकुमार र पत्नी रेखाको योजनामा घटना भएको तथ्य प्रहरीले पत्ता लगाएपछि स्थानीयवासी आक्रोशित भएका छन् । मृतक दम्पतीको बिहीबार दाहसंस्कार भएको छ । आफ्नै दाजुबाट धन र अन्य सम्पत्तिको लोभमा यस्तो अपराध हुनाले समाजमा डर र त्रासमात्रै नभई एउटा नकारात्मक सन्देश फैलिएको अर्का स्थानीयवासी अनिता पौडेलले बताए।

ती दम्पतीको हत्यामा नेपालगञ्ज उपमहानगरपालिका–१९ सुर्जीगाउँका १९ वर्षीय राजन सोनकर र नेपालगञ्ज–१८ लग्दहवाका २६ वर्षीय सकिल अली शेषको संलग्नता पुष्टि भएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका आरोपीले प्रहरीसमक्ष घटना स्वीकारेका छन् । गडरिया दम्पतीको एक वर्ष पहिले मात्र विवाह भएको थियो । कृष्णका सहोदर दाजु विजयकुमार र पत्नी रेखाको योजनामा नेपालगञ्जका सोनकर र शेषलाई प्रयोग गरिएको तथ्य पनि प्रहरीले पत्ता लगाएको छ ।
गडरिया दम्पतीको हत्या घाँटीमा डोरीले कस्दा निस्सासिएको र हातको नशासमेत काटिएएर अत्यधिक रक्तश्रावबाट भएको शव परीक्षण रिपोर्टबाट देखिएको छ । रु पाँच लाखमा भाइबुहारीको हत्या गर्न ती अभियुक्तलाई दाजु विजयकुमारले ‘सुपारी’ दिएर योजना बनाएको तथ्य खुलेको प्रहरी नायब उपरीक्षक मल्लले बताए। “डेढ महिनाअघि नै रु दुई लाख उनीहरूले बुझिसकेका रहेछन्, घटना हुनुभन्दा अघिल्लो दिन रु ५० हजार दिइएको रहेछ”, प्रहरी नायब उपरीक्षक मल्लले भने, “बाँकी रु साढे दुई लाख केही समयपछि दिइने कुरा भएको अनुसन्धानबाट खुलेको छ ।” घटनाका बारेमा थप अनुसन्धान र कानुनी कारबाही अघि बढेको उहाँले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending