काठमाडौं । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याएको हो ।
सांसद् नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर आगामी वर्ष राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिए । सांसद पार्वतीकुमारी विसुङ्खेले सरकारले इसिडिका सहजकर्ताले तोकिएको तलब नपाएकाले त्यसमा सरकारको ध्यानाकर्षण गराइन्।
सांसद डा डिला सङ्ग्रौलाले गुणस्तरिय नर्सिङ सेवामा सम्झौता नहुने गरी नर्सिङ अध्ययनको वातावरण बनाउन माग गरिन् । सांसद दुर्गाबहादुर राउतले शिक्षामा परिवर्तन नहुँदासम्म अरु परिवर्तन अवरोध हुने भन्दै शिक्षामा विभेदिकरण रोकिनुपर्नेमा जोड दिए। सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्गमा बजेट नै नपर्ने र परेको बजेट कार्यान्वयन नभएको भन्दै काम नगर्ने व्यवसायीलाई कारबाहीको माग गरे।
सांसद् दिलकुमारीले लोक सेवाले मधेसका लागि जनशक्ति माग नगर्दा स्थानीय तहमा करारमा कर्मचारी रहेकाले भर्ना प्रक्रिया अघि बढाउन माग गरे। सांसद दिव्यमणि राजभण्डारीले यो अधिवेशनमा महत्वपूर्ण विधेयक पास भए पनि राष्ट्रियसभामा उत्पत्ति भएका महत्वपूर्ण विधेयक रोकिनुको कारणबारे जिज्ञासा राखे।
सांसद नरबहादुर धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण घरबारविहीन स्थानीयवासीको समस्या समाधानका लागि धेरै कार्यदल बने पनि समाधान नभएकाले नागरिकलले दुःख पाइरहेको बताए। सांसद नरमाया ढकालले प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दा पनि निर्वाचित सांसद रेसमलाल चौधरी जेलमा रहेको भन्दै दोषीलाई कारबाही गरेर निर्दोषलाई न्यायको माग गरे।
सांसद निरुदेवी पालले निर्मला पन्तको बलत्कारपछि हत्या गर्ने अपराधीलाई सरकारले कठघरामा ल्याउनुपर्ने र महिला हिंसाका घटनामा गम्भीर हुनुपर्ने बताए। सांसद नवराज सिलवालले ललितपुरको माल्टामा ५० वर्षका लागि पुग्ने सिमेन्टको निर्माण सामग्री रहेकामा निजी कम्पनीले सस्तोमा जग्गामा लिएर काम नगरेकाले सरकारले त्यो स्वामित्व लिनुपर्ने औँल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...
पौष १२ गते, २०८२ - १२:२१
सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...
पौष १२ गते, २०८२ - १२:१७
बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...
पौष १२ गते, २०८२ - ११:१५
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...
पौष १२ गते, २०८२ - १०:५८
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...
पौष १२ गते, २०८२ - १०:४९
सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् । भीषण वर्ष...
पौष १२ गते, २०८२ - १०:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...
पौष १२ गते, २०८२ - १०:२६
रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...




प्रतिकृया लेख्नुहोस्: