Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

खोटाङ भूकम्प : एक घर भत्कियो, ४७ घर चर्कियो

खबरडबली संवाददाता

खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आज बिहान गएको ६ मेग्नेच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ भने, ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रविन्दु बनेको मात्तिमविर्ताका ४४ घरमा क्षति पुगेको जनाइएको छ । 

मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको र अन्य वडामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए। 

“भूकम्पको केन्द्र मात्तिमविर्ता मात्रै अहिलेसम्म ४४ घरमा क्षति भएको विवरण सङ्कलन भएको छ”, उनले भने, “अन्य वडामा पनि क्षति भएको भन्ने वडाध्यक्षहरूबाट खबर आइरहेको छ । अहिले पानी परिरहेकाले अन्य वडाको विवरण सङ्कलन हुन सकेको छैन ।”

सोही भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ । सो नगरपालिका–७ महादेवस्थानका गङ्गा राईको घर बस्नै नमिल्नेगरी चर्किएको तथा वडा नं ९ सल्लेका ध्रुव पौडेलको पुरानो घरमा सामान्य क्षति भएको वडा नं ७ महादेविस्थानका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए। 

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गएलगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिए। 

भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जानेक्रम जारी रहेकाले सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए।  

 “जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जानेक्रम जारी छ”, उनले भने, “कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुनेगरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ ।”

विसं २०७२ वैशाख १२ गते गएको भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिका–५ मात्तिमविर्तामा भूकम्पको केन्द्र भएपछि जिल्लावासी त्रसित बनेका छन् । 

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म भूकम्पको दर्जनभन्दा बढी पराकम्प गएको महसुस गरिएको छ । पटक–पटक पराकम्प जानेक्रम जारी रहेपछि जिल्लाका केही स्थानीय बासिन्दा आफ्नो घर नजिकै पर्ने सुरक्षित ठाउँमा सर्न थालेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending