Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

रुसी आक्रमणमा युक्रेनका धनाढ्य व्यापारी मारिए

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनका धनाढ्य मध्येका एक अन्न निर्यात गर्ने व्यापारी, रुसको "भयानक" बमबारीमा श्रीमतीसहित मारिएका छन्।

दक्षिणी सहर मिकोलाइभस्थित उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार हुँदा ७४ वर्षीय ओलेक्सी भाडातुर्सकी र उनकी श्रीमती राइसा मारिएको अधिकारीहरूले बताएका छन्।

अन्न निर्यात सम्बन्धी कम्पनी निबुलोनका मालिक भाडातुर्सकीले "हिरो अफ युक्रेन" उपाधि समेत पाएका थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भाडातुर्सकीको निधनबाट ठूलो क्षति भएको बताएका छन्।

मिकोलाइभका मेयर ओलेक्सन्दर सेन्केभिचले उक्त सहरमा अहिलेसम्मकै सबैभन्दा धेरै बमबारी भएको बताएका छन्।

बमबारीका कारण होटेल, खेलकुद भवन, दुईवटा विद्यालय र सेवा केन्द्रसहित घरहरूमा क्षति पुगेको छ।

मिकोलाइभ ओडेसाको मुख्य बाटोमा अवस्थित छ। ब्ल्याक सीमा युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह रहेको ओडेसामा गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता बारम्बार बमबारी भएको छ।

उक्त क्षेत्रका नेताले भाडातुर्सकीको व्यापार र कृषिमा ठूलो योगदान रहेको बताएका छन्।

राष्ट्रपति जेलेन्सकीको कार्यालयका एक जना सल्लाहकारले उनलाई नियोजित रूपमा लक्षित गरिएको आफूलाई लागेको बताएका छन्।

मिखाइलो पोडोलियाकले एउटा क्षेप्यास्त्रले मारिएका व्यापारीको शयन कक्षमा प्रहार भएको र यसले उनीमाथिको आक्रमण नियोजित भएकोमा "कुनै शङ्का बाँकी नरहेको" बताएका छन्।

निबुलोनले भण्डारणका सुविधाहरू निर्माण गर्नुका साथै अन्न निर्यातका लागि आवश्यक अन्य पूर्वाधार बनाएको छ।

युक्रेन र रुस गहुँ बालीको मुख्य निर्यातकर्ता हुन् र युद्धका कारण यी देशबाट निर्यात अवरुद्ध हुँदा विश्वभरी खाद्यान्नको मूल्यवृद्धि भएको छ।

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा दुई देशले गत साता अन्न निर्यात गर्ने सम्झौता गरेको एक दिनपछि एक मुख्य युक्रेनी बन्दरगाह सहरमा ओडेसामा रुसी आक्रमण भएको थियो।

सुरक्षा जाँचका कारण पनि युक्रेनी निर्यात थप ढिलो भएको छ।

तर आइतवार टर्कीले अन्न बोकेको पहिलो पानीजहाज सोमवार बिहानै ओडेसाबाट बाहिरिने जनाएको छ।

युक्रेनले रुसी नियन्त्रणमा रहेका खेतहरूबाट अन्न चोरेर क्राइमियाको बाटो हुँदै निर्यात गरेको आरोप रुसमाथि लगाएको छ। तर रुसले यस्तो आरोप अस्वीकार गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending