Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

अमेरिकी सभामुख पेलोसी ताइवानमा, चीनद्वारा दर्जनौं ताइवानी कम्पनीमाथि प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीच भएको लामो टेलिफोन वार्तामा भएको सहमति उल्लंघन गर्दै अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेर ताइवानको संसदमा सम्बोधन गरेकी छिन्।

बुधबार संसदमा सम्बोधनको क्रममा उनले आफूले अमेरिका र ताइवानबीच संसदीय आदानप्रदान बढाउन चाहेको उल्लेख गरेकी छिन्। पेलोसीले ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमध्येको एक रहेको उल्लेख गरेकी छिन्। 

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेको घटनाले विश्वभरी नै ठूलो चिन्ता समेत थपेको छ ।

ताइवान पुगेकी पेलोसी अहिले त्यहाँको सदनमा सम्बोधन गर्न पुगेकी छिन् । उनले ताइवान विश्वका स्वतन्त्र समाजमध्ये एक भएको बताउँदै आपसी सहयोगका लागि अमेरिका तयार रहेको बताएकी छिन् ।

चीनले भने पेलोसीको भ्रमणमाथि कडा प्रतिक्रिया दिएको छ । चीनले अमेरिकी राजदूतलाई बोलाउँदै अमेरिकाले गम्भीर गल्ती गरेको प्रतिक्रिया दिएको छ । अमेरिकाले यो गल्तीबारे तत्काल प्रतिक्रिया नदिए यसले ठूलो मूल्य चुकाउनुपर्ने चीनले चेतावनी दिएको छ ।

यसैबीच चीनले तीन दर्जन भन्दा बढी ताइवानी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

मंगलबार राति सभामुख पेलोसी अमेरिकी वायु सेनाको जहाजमा ताइपेई पुगेको समाचार संस्था एपीले जनाएको थियो।
यसअघि दुबै देशका राष्ट्रपतिबीच भएको वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पेलोसीले भ्रमण नगर्ने प्रतिक्रिया दिएको थियो । मंगलबारका दिन पेलोसीले भ्रमण रद्द गर्ने समाचार समेत सार्वजनिक भएका थिए ।

पेलोसी चढेको अमेरिकी एयरफोर्सको जहाज मंगलबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेको थियो। उक्त जहाज कता जान्छ भनेर संसारभरिका मानिसलाई चासो थियो। जहाज ट्रयाक गर्ने फ्लाइटराडारमा तीन लाख बढी मानिसले उक्त जहाजको अवस्थालाई पछ्याएका थिए। एउटै जहाज पछ्याउन यति धेरै मानिसले एकैपटक साइट खोल्दा यसअघि कहिल्यै नदेखिको समस्या देखिएर केही ठाउँमा साइट खुल्न समस्या भएको फ्लाइटराडार २४ ले जनाएको थियो।

अंग्रेजी भाषाको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले चिनियाँ सेनाले खसालिदिन सक्ने डरले पेलोसी चढेको जहाज क्वालालम्पुरबाट साउथ चाइना सी माथिबाट नभएर फिलिपिन्सभन्दा परबाट घुमेर आएको दाबी गरेको छ।

रूसले पेलोसीको भ्रमणबारे चीनलाई साथ दिएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ताले पेलोसीको भ्रमणलाई चीनलाई उत्तेजित पार्ने कदम भएको बताएका छन्।

पेलोसी पछिल्ला २५ वर्ष ताइवान जाने पहिलो अमेरिकी सभामुख हुन्। सन् १९९७ को मार्चमा तत्कालिन अमेरिकी सभामुख न्युट गिन्ग्रिजले ताइवान भ्रमण गरेका थिए।

बेइजिङको कडा चेतावनीबीच चीनकी कटू आलोचक पेलोसी ताइवान पुगेपछि पहिलादेखि नै तनावपूर्ण सम्बन्ध रहेका चीन र अमेरिकाले अब के गर्छन् भन्ने संसारभरि चासो छ।

ताइपेईमा उत्रिएको केहीबेरमै ट्विट गर्दै पेलोसीले आफ्नो प्रतिनिधि मण्डलको ताइवान भ्रमणले ताइवानको गतिशील प्रजातन्त्रलाई सहयोग गर्ने अमेरिकी प्रतिवद्धताको सम्मान भएको बताएकी छन्।

वासिङ्टन र बेइजिङका अधिकारीहरूले कडा प्रतिक्रिया दिइरहेका बेला ताइवान आसपासको समुद्रमा युद्धपोत र लडाकु जहाजहरू थपिएका छन्।

समाचार रोयटर्सका अनुसार अमेरिकाले मंगलबार चार वटा युद्धपोतलाई ताइवानको नजिक ल्याएर राखेको छ। अधिकारीहरूले यसलाई नियमित प्रक्रिया भएको बताए पनि पेलोसीको भ्रमणका लागि युद्धपोत ताइवान वरपर जम्मा भएको ठानिएको छ।

युएसएस रोनाल्ड रेगन एयरक्राफ्ट क्यारियरलाई पनि ताइवानको पूर्वमा ल्याएर राखिएको छ।

यता चीनले पनि ताइवानतिरको समुद्रमा लडाकु जहाज बाक्लो संख्यामा पठाएको छ। चीन र ताइवानको अनौपचारिक सीमा भएको स्थानसम्म थुप्रै चिनियाँ युद्धपोत खटिएका छन्। आकाशमा पनि चिनियाँ लडाकु जहाज मेडियन लाइनसम्म उडेका छन्।

ताइवानको रक्षा मन्त्रालयले पनि सीमामा भइरहेका सैनिक गतिविधिबारे पूर्ण रूपमा जानकार रहेको चीनबाट खतरा बढ्नासाथ सैनिकहरू परिचालन गरिने बताएको छ।

ताइवानबाट नजिकै रहेको चिनियाँ सहर सियामेनका बासिन्दाहरूले बख्तरबन्द गाडीहरू गुडिरहेका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन्।

पेलोसीको भ्रमणको विरोधमा मंगलबार चीनले ताइवानका ३५ वटा खाद्यान्न निर्यात गर्ने कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies