काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।
कम्बोडियाको राजधानी फ्नोम पेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औं पूर्ण सत्रलाई आइतबार सम्बोधन गर्दै सभामुख घिमिरेले भगवान बुद्धको भूमि नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्त्वपूर्ण पाठ दिन सक्ने धारणा व्यक्त गरेका हुन् ।
सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्राको ऐतिहासिक मोडको रूपमा प्रस्तुत गरे। 'शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत संघीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्ग प्रशस्त गरेको छ,' उनको भनाइ थियो ।
जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याए।
सभामुखले शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति हो भन्ने कुरामा जोड दिए। समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उनले विश्वसामु प्रस्तुत गरेका छन् ।
सभामुखले सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि नेपाल सरकार, संसद र नागरिक समाजको प्रतिबद्धता पुनः दोहर्याउँदै सबै राष्ट्रहरूलाई सहकार्य र समझदारीबाट अघि बढ्न आह्वान गरे। 'शान्ति उपहार होइन; यो एउटा लक्ष्य हो,' उनको भनाइ थियो, 'शान्तिको प्रवर्द्धनका लागि सामूहिक र सृजनशील प्रयास आवश्यक छ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८३ - १२:५९
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिज...
बैशाख २८ गते, २०८३ - १२:५०
काठमाडौँ । विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले सभामुख डोलप्रसाद अर्याल सँग भेटवार्ता गर्दै संसद्को कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सिंहदरब...
बैशाख २८ गते, २०८३ - १२:४२
टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ...
बैशाख २८ गते, २०८३ - १२:३३
बैङ्कक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा भएको छन्। भ्र...
बैशाख २८ गते, २०८३ - १२:१७
काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु लाई प्रहरीले नियन्त्रणमा लिएको छ। शर्मा एन्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका बडु...
बैशाख २८ गते, २०८३ - १२:०९
पश्चिम नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासी खण्डमा सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरिएको छ । बर्दघाट नगरपालिकाले...
बैशाख २८ गते, २०८३ - ११:३०
काठमाडौं । मन्त्रिपरिषद् बैठकले रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको...
बैशाख २८ गते, २०८३ - ११:०९
हुम्ला। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हिमाली जिल्ला हुम्लाका लागि नियमित उडान संख्या थप गरेको छ । यात्रु तथा स्थानीयवासी...
बैशाख २८ गते, २०८३ - १०:५४
काठमाडौँ।नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहा...
बैशाख २८ गते, २०८३ - १०:३१
मुस्ताङ। उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ । जाडोयाममा कात्तिकदेखि फागुन महिनासम्म विकास निर्माण, शैक्षिक गतिविधि समे...


प्रतिकृया लेख्नुहोस्: