Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

तीन दशकपछि पुरानै धारमा फर्कियो सप्तकोसी

कोसीको बहाव नघट्दा त्रास उस्तै

खबरडबली संवाददाता

काठमाडौं । तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ । 

विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोसी नदीमा आएको बाढी बुधबार बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको थियो । 

बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोच हुँदै कोसीले बस्तीतर्फको बाटो सोझ्यायो । पैँतालीस सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी ।

 स्थानीय भन्छन्– “हिजो बाटो बिराएको भन्नु कि पुरानै बाटो पहिल्याएकोश्र आज आँगनमै बग्यो कोसी अब हाम्रो हालत के हुने हो ?”  

यसरी ३४ वर्षपछि कोसीले पुरानै धार सोझ्याएको छ । स्थानीयको स्मरणमा २०४५ सालको भूकम्पपछि कोसीले बाटो बिराएर आफ्नो धार अन्यत्रै सोझ्याएको थियो । त्यसपछि त्यस्तै २०५०÷५२ सालतिरबाट त्यस क्षेत्रमा बस्ती बस्न सुरु भएको थियो । 

अहिले त्यहाँ भरिभराउ घर छन् । यहाँको जनसङ्ख्या १८ हजारभन्दा बढी पुगिसकेको छ । अब अहिले आएर कोसीले फेरि उही पुरानो भङ्गालो पछ्यायो र बस्तीभित्रै छि¥यो । 

यसका कारण त्यस आसपास क्षेत्रका झण्डै दुई हजार परिवार प्रभावित हुन पुगेका छन् । प्रभावित स्थानीयको उद्धार कार्य जारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दि। उनका अनुसार अहिलेसम्म करिब एक हजार परिवारलाई उद्धार गरिएको छ । 

अझै केही परिवार उद्धारको पर्खाइमा रहेका र उनीहरुको सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धार जारी रहेको बताए। बेलका नगरपालिकाको वडा नम्बर १, २, ८ र ९ मा कोसीको एउटा भङ्गालो पसेको छ । 

गत वर्ष पनि सोही क्षेत्रबाट कोसी बस्तीमा प्रवेश गर्न लागेको थियो । त्यसबेला अस्थायी तटबन्धले कोसी रोकिएको थियो तर यसपाली भने कोसी धार परिवर्नत गर्न सफल भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार सो क्षेत्रमा पानीको बहाव रोक्न भन्दै तीन हप्ताअघि रु २० लाख पठाएर काम गरिएको थियो । त्यहाँ बनाइएको छेकबारले केही काम गरे पनि त्यसको तल्लो भागबाट कोसी पसेको बताए। 

“विसं २०४५ अघि हिँडेको क्षेत्रबाट पुनः कोसी बगेको, त्यहाँको खेतीबाली पुरेको छ, घर पनि डुबानमा छन्, केही टापुमा मानिसहरु असुरक्षित रहेका जानकारी आएको र उद्धार जारी रहेको छ”, पोखरेलले भन, “उद्धार गरिएकाको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।” 

सोहीअनुसार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको जनाइएको छ । खाद्यान्न, टेन्ट, पिउने पानीलगायत सबै व्यवस्थापनका लगि परिचालन भइसकेको पनि पोखरेलले जानकारी दिए। 

सुरक्षाकर्मीले ¥याफ्टिङको सहयोगमा मानिसको उद्धार गरेका थिए। आवश्यकतानुसार सशस्त्र प्रहरी, सेना तथा नेपाल प्रहरी परिचालन गरिएको छ । कटान भएको क्षेत्रमा बहाव कसरी रोक्न सकिन्छ भनेर आवश्यक गृहकार्यसमेत भइरहेको पनि पोखरेलले बताए।

विगत केही दिनदेखिको भारी वर्षाले नेपालका अन्य केही जिल्लासमेत प्रभावित बनाएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा बासस्थानको आवश्यक व्यवस्थापनमा समन्वयात्मक रुपमा कार्य भइरहेको जानकारी दिए। 

मङ्गलबार चितवनस्थित नारायणी नदीमा समेत बहाव उच्च भएको थियो । पहिरो र गेगर खसेर नारायणगढ मुग्लिन सडक पटकपटक प्रभावित भइरहेको छ । कञ्चनपुर क्षेत्रमा समेत प्रभावित भएको प्राधिकरणले जनाएको छ । 

डा भट्टराईका अनुसार मङ्गलबार म्याग्दीमा समेत ठूलो विपद्जन्य घटना भएको छ । त्यहाँ पाँच जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् । 

उदयपुरका प्रजिअ वीरेन्द्रकुमार यादवले थप पानी परेन भने स्थानीयको व्यवस्थापनमा सहज हुने बताए। उनका अनुसार मानवीय र पशुजन्य क्षति हुन नदिन विशेष सावधानीका साथ उद्धार कार्य चलिरहेको छ । 

केही बस्तीका स्थानीय सर्न नमानेको र त्यस क्षेत्रमा स्थानीय प्रशासन र जनप्रतिनिधि पुगेपछि सार्ने क्रम जारी रहेको जनाइएको छ । अहिले भने पानी पर्ने क्रम रोकिएकाले उद्धार कार्यमा केही सहज भएको जनाइएको छ । उता कोसीको बहाव भने घटेको छैन ।  

मनसुन भित्रिएसँगै ३५ को मृत्यु

गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो साल मनसुन सक्रिय भएदेखि (जेठ २२ पछि) विपद्जन्य घटनाबाट ३५ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता छन् । 

विभिन्न घटनामा परेर ३९ घाइते भएका छन् । देशका ४७ जिल्लामा विपद्जन्य घटना भएको छ । त्यसबाट ८२ घर पूर्ण र ६४ घरमा आंशिक क्षति पुगेको छ । यही साउन १६ यताका दुई दिनमा विपद्बाट सात जनाको मृत्यु भएको जनाइएको छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending