काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
बिहीबार पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त जानकारी दिएको हो । उनका अनुसार महाधिवेशनको खर्च प्रतिनिधिबाट उठाइने दर्ता शुल्क तथा पार्टीका सदस्य र शुभेच्छुकहरूबाट प्राप्त हुने सहयोग नै मुख्य स्रोत हुनेछ । महाधिवेशन व्यवस्थापनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने प्रदायक संस्थाहरूसँग सहुलियतका विषयमा छलफल भइरहेको र कतिपय व्यवसायीले नाफा नलिई लागत मूल्यमै सेवा दिने प्रस्ताव गरेको उहाँको दाबी छ ।
महामन्त्री बुर्लाकोटीले भन्नुभयो, “हाम्रो महाधिवेशनमा करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान छ । त्यसका लागि प्रतिनिधिहरूबाट दर्ता शुल्क उठाइनेछ भने बाँकी रकम पार्टीका सदस्य तथा शुभचिन्तकहरूबाट सङ्कलन हुनेछ । क्याटरिङ लगायतका सेवा प्रदायकहरूले नाफा कटाएर मात्र शुल्क लिने प्रस्ताव गरेका छन् । कार्यकर्ताको उत्साह हेर्दा खर्च सहजै जुट्ने देखिन्छ ।”
रास्वपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक प्रस्ताव (कोटेशन) र सम्झौताको प्रक्रिया अघि बढेको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो । विद्युतीय मेसिन प्रयोग गर्दा मतदान र मतगणना कार्य करिब ६ देखि ७ घण्टाभित्रै सम्पन्न गर्न सकिने, समय बचत हुने र प्रतिनिधिहरूको बसाइ खर्चसमेत घट्ने उहाँको भनाइ छ । महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका प्रमुखहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिने उनले बताए।
महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरूले आफ्नो साविकको पदअनुसारको लेबी अनिवार्य रूपमा तिरेको हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा करिब दुई हजार ५०० देखि तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान छ । प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जना पर्यवेक्षक पठाउन सक्नेछन् भने विदेशस्थित सम्पर्क समितिहरूबाट ३८ भन्दा बढी देशका १७० जना प्रतिनिधि सहभागी हुनेछन् ।
सचिवालय बैठकमा पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरिएको छ ।
अधिवेशनको समीक्षा र आचारसंहिता
बैठकमा सातै प्रदेशको अधिवेशनको समीक्षा गरिएको थियो । जसमध्ये मधेस प्रदेशको अधिवेशन पार्टीको केन्द्रीय निर्वाचन आयोगले हाललाई स्थगित गरेको छ भने बाँकी छ प्रदेशमा अधिवेशन सम्पन्न भइसकेका छन् । अधिवेशन हुन बाँकी रहेका केही जिल्लाहरूको हकमा अध्ययन गरी थप निर्णय लिइने महामन्त्री बुर्लाकोटीले बताए।
सचिवालय बैठकले पार्टीको निर्वाचन आचारसंहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ । महाधिवेशनअघि आवश्यकताभन्दा बढी प्रचारप्रसार भएको पाइएकाले संयमित हुन आग्रह गरिएको छ । असार ६ गते साँझसम्म सम्पूर्ण तयारी पूरा गरी असार ७ गते चितवनमा महाधिवेशनको भव्य उद्घाटन गरिने उहाँले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १३:१९
सिरहा। सर्पदंशबाट एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। उपचारमा ढिलाइ भएको तथा समयमै एम्बुलेन्स उपलब्ध...
श्रावण ९ गते, २०८३ - १३:०२
मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रस...
श्रावण ९ गते, २०८३ - १२:३८
काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...
श्रावण ९ गते, २०८३ - १२:२१
धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...
श्रावण ९ गते, २०८३ - ११:५०
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...
श्रावण ९ गते, २०८३ - ११:३५
फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...
श्रावण ९ गते, २०८३ - ११:१८
बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...



प्रतिकृया लेख्नुहोस्: