काठमाडौं । नेकपा (एमालें का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन्।
विदेशी सञ्चारमाध्यममा काम गर्ने नेपालस्थित पत्रकारहरू र कूटनीतिक विषयका पत्रकारहरूसँग बिहिबार भएको अन्तरक्रियामा अध्यक्ष ओलीले निर्वाचन घोषणा स्वाभाविक भएको तर निर्वाचन हुन्छ भनेर अझै ढुक्क हुने अवस्था नभएको बताएका हुन्।
सरकारले नागरिकता विधेयक ल्याएको र नागरिकता वितरण बाँकी रहेको अवस्थाका कारण यस विषयमा रिट हाल्न लगाई निर्वाचन सार्न सक्ने आशङ्का व्यक्त गरे।
‘निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण हुनुपर्छ तर यो सरकार निर्वाचन गराउन लायक छैन भन्ने कुरा प्रमाणित भइसकेको छ । यो गठबन्धनले निर्वाचनमा राज्यशक्तिको दुरूपयोग गर्ने कुरा स्थानीय तहको निर्वाचनबाट प्रमाणित भइसकेको छ यसलाई स्वच्छता, पारदर्शिता पालना गर्नुपर्छ भन्ने नै लाग्दैन उनले भने, भ्रष्ट भइसकेको र सदाचारमा नबस्ने यो सरकारले निर्वाचन गराउने नैतिक हक राख्दैन।’
स्थानीय निर्वाचनमा सत्तापक्षका लागि बुथ कब्जामा प्रहरी प्रयोग भएको, प्रमुख जिल्ला अधिकारी अन्यायी भएको र अहिले देशभर सबैतिर प्रहरी प्रशासन सेटिङ गरेर राखिएको चर्चा गर्दै अध्यक्ष ओलीले ‘निर्वाचन निष्पक्षताको ग्यारेन्टी गर्नुपर्ने बताए।
सरकार गलत मनशायबाट चलिरहेको र यसका काम देश र जनताको हितमा नरहेको चर्चा गर्दै अध्यक्ष ओलीले भने, हामीले शान्ति प्रक्रिया उपयुक्त ढङ्गले सहमतिका साथ टुङ्गो लगाउनुपर्छ, परिपुरण, क्षतिपूर्ति, मेलमिलाप र क्षमाको माध्यमबाट टुङ्याउनुपर्छ भन्छौं तर यो गठबन्धनले पीडितलाई अझ पीडा थप्ने काम गर्दै छ ।
अहिले द्वन्द्वकालका दुुईवटा पीडकहरू मिलेर पीडितलाई पेल्ने काम भइरहेको वताउँदै अध्यक्ष ओलीले यिनीहरू सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय प्रचलन र हाम्रो प्रतिवद्धता विपरीत कदम चालिरहेको बताए।
‘निर्वाचनमा एमालेका लागि एजेण्डाको खोजी गरिरहनुपर्दैन । एमालेको मुल एजेण्डा भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । यसभित्र सामाजिक न्याय र समानता, सुशासन, लोकतन्त्रको वास्तविक कार्यान्वयन लगायत धेरै कुरा समेटिन्छन् । हाम्रो एजेण्डा राष्ट्रियता पनि हो, राष्ट्रियताको कुरा गर्दा हामीले न्यायोचित हकको कुरा गरिरहेका छौं’ उनको भनाइ छ।
‘छिमेकीसँग समस्यारहित सबल, सुदृढ र सन्तुलित सम्बन्ध कायम गर्न चाहन्छौं । हामी एक चीन नीतिमा विश्वास गर्छौं, मान्छौं । अरूको हितका लागि छिमेकी विरूद्ध हाम्रो भूमि प्रयोग हुन दिँदैनौं । हामी छिमेकीसँगको सम्बन्ध धोखापूर्ण र अविश्वासी होइन, भरपर्दो सम्बन्ध चाहन्छौं ।’
‘संसारका कुनै पनि देशले अरूको आन्तरिक मामिला र संवेदनशीलता बुझ्नुपर्छ, तनाव सिर्जना हुने क्रियाकलाप कसैले पनि गर्नुहुँदैन’ भन्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘हामी छिमेकमा शान्ति होस्, विश्वमा शान्ति होस् भन्ने चाहन्छौं । यो हाम्रो वैदिक कालदेखिको सनातन धारणा हो ।’
गठबन्धन सरकारले नेपालको भूराजनीतिक अवस्थालाई विर्सेर छिमेकसँगको सम्बन्धमा सन्तुलन गुमाउने खालका क्रियाकलाप गरिरहेको वताउँदै छिमेकसँगको सम्बन्धमा आफूले नेपालको राष्ट्रिय हित विपरीत कुनै काम नगर्ने, कुनै कदम नचाल्ने प्रतिबद्धता व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: