Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

'प्रहरी प्रशासनमा सेटिङ गरेपछि निर्वाचन घोषणा, ढुक्क हुने अवस्था छैन'

हामी एक चीन नीतिमा विश्वास गर्छौं : ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमालें का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन्। 

विदेशी सञ्चारमाध्यममा काम गर्ने नेपालस्थित पत्रकारहरू र कूटनीतिक विषयका पत्रकारहरूसँग बिहिबार भएको अन्तरक्रियामा अध्यक्ष ओलीले निर्वाचन घोषणा स्वाभाविक भएको तर निर्वाचन हुन्छ भनेर अझै ढुक्क हुने अवस्था नभएको बताएका हुन्।

सरकारले नागरिकता विधेयक ल्याएको र नागरिकता वितरण बाँकी रहेको अवस्थाका कारण यस विषयमा रिट हाल्न लगाई निर्वाचन सार्न सक्ने आशङ्का व्यक्त गरे। 

‘निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण हुनुपर्छ तर यो सरकार निर्वाचन गराउन लायक छैन भन्ने कुरा  प्रमाणित भइसकेको छ । यो गठबन्धनले निर्वाचनमा राज्यशक्तिको दुरूपयोग गर्ने कुरा स्थानीय तहको निर्वाचनबाट प्रमाणित भइसकेको छ  यसलाई स्वच्छता, पारदर्शिता पालना गर्नुपर्छ भन्ने नै लाग्दैन उनले भने, भ्रष्ट भइसकेको र सदाचारमा नबस्ने यो सरकारले निर्वाचन गराउने नैतिक हक राख्दैन।’

स्थानीय निर्वाचनमा सत्तापक्षका लागि बुथ कब्जामा प्रहरी प्रयोग भएको, प्रमुख जिल्ला अधिकारी अन्यायी भएको र अहिले देशभर सबैतिर प्रहरी प्रशासन सेटिङ गरेर राखिएको चर्चा गर्दै अध्यक्ष ओलीले ‘निर्वाचन निष्पक्षताको ग्यारेन्टी गर्नुपर्ने बताए। 

सरकार गलत मनशायबाट चलिरहेको र यसका काम देश र जनताको हितमा नरहेको चर्चा गर्दै अध्यक्ष ओलीले भने, हामीले शान्ति प्रक्रिया उपयुक्त ढङ्गले सहमतिका साथ टुङ्गो लगाउनुपर्छ, परिपुरण, क्षतिपूर्ति, मेलमिलाप र क्षमाको माध्यमबाट टुङ्याउनुपर्छ भन्छौं तर यो गठबन्धनले पीडितलाई अझ पीडा थप्ने काम गर्दै छ । 

अहिले द्वन्द्वकालका दुुईवटा पीडकहरू मिलेर पीडितलाई पेल्ने काम भइरहेको वताउँदै अध्यक्ष ओलीले यिनीहरू सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय प्रचलन र हाम्रो प्रतिवद्धता विपरीत कदम चालिरहेको बताए। 

‘निर्वाचनमा एमालेका लागि एजेण्डाको खोजी गरिरहनुपर्दैन । एमालेको मुल एजेण्डा भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । यसभित्र सामाजिक न्याय र समानता, सुशासन, लोकतन्त्रको वास्तविक कार्यान्वयन लगायत धेरै कुरा समेटिन्छन् । हाम्रो एजेण्डा राष्ट्रियता पनि हो, राष्ट्रियताको कुरा गर्दा हामीले न्यायोचित हकको कुरा गरिरहेका छौं’ उनको भनाइ छ। 
 
‘छिमेकीसँग समस्यारहित सबल, सुदृढ र सन्तुलित सम्बन्ध कायम गर्न चाहन्छौं । हामी एक चीन नीतिमा विश्वास गर्छौं, मान्छौं । अरूको हितका लागि छिमेकी विरूद्ध हाम्रो भूमि प्रयोग हुन दिँदैनौं । हामी छिमेकीसँगको सम्बन्ध धोखापूर्ण र अविश्वासी होइन, भरपर्दो सम्बन्ध चाहन्छौं ।’ 

‘संसारका कुनै पनि देशले अरूको आन्तरिक मामिला र संवेदनशीलता बुझ्नुपर्छ, तनाव सिर्जना हुने क्रियाकलाप कसैले पनि गर्नुहुँदैन’ भन्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘हामी छिमेकमा शान्ति होस्, विश्वमा शान्ति होस् भन्ने चाहन्छौं । यो हाम्रो वैदिक कालदेखिको सनातन धारणा हो ।’

गठबन्धन सरकारले नेपालको भूराजनीतिक अवस्थालाई विर्सेर छिमेकसँगको  सम्बन्धमा सन्तुलन गुमाउने खालका क्रियाकलाप गरिरहेको वताउँदै छिमेकसँगको सम्बन्धमा आफूले नेपालको राष्ट्रिय हित विपरीत कुनै काम नगर्ने, कुनै कदम नचाल्ने प्रतिबद्धता व्यक्त गरे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy