Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

यस्तो छ प्रतिनिधिसभा निर्वाचनको इतिहास

खबरडबली संवाददाता

भकाठमाडौं । नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी बिहीबार मिति तोकेको छ । यस निर्वाचनमार्फत नेपालमा छैटौँ प्रतिनिधिसभाको गठन हुनेछ ।  

नेपालको संविधानअनुसार संघीय निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम निर्वाचित हुने १६५ सदस्य र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने ११० प्रतिनिधि सभा गठन हुन्छ । यसैगरी सातै प्रदेशमा संविधानले व्यवस्था गरेअनुरुप प्रतिनिधिसभाको निर्वाचनसँगै प्रदेशसभाका लागि पनि निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।

नेपालमा हालसम्म विसं २०१६, २०४८, २०५१, २०५६ र २०७४ गरी पाँच पटक भएको निर्वाचनमार्फत प्रतिनिधिसभाको गठन भएको थियो भने २०६४ र २०७० मा संविधान सभा सदस्यको निर्वाचन भएको थियो । संविधानसभा कालमा उक्त सभाले व्यवस्थापिका–संसद्को समेत काम गरेको थियो ।  

नेपालमा प्रतिनिधिसभाको निर्वाचनको इतिहास हेर्ने हो भने विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो । त्यसको अन्तिम परिणामको घोषणा २०१६ साल वैशाख २८ गते भएको थियो । प्रतिनिधिसभाको उक्त निर्वाचनमा नौ राजनीतिक दलले उम्मेदवारी दिएकोमा छ राजनीतिक दलका उम्मेदवार विजयी भएका थिए । उक्त निर्वाचनमा १०९ सदस्यका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसले ७४ स्थानमा विजयी हासिल गरेको थियो । नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९, संयुक्त प्रजातन्त्र पार्टीले पाँच, नेपाल कम्युनिष्ट पार्टीले चार, नेपाल प्रजा परिषद्ले ९आचार्य गुट० दुई, नेपाल प्रजा परिषद्ले ९मिश्र गुट० एक र चार स्वतन्त्र  सदस्य विजयी भएका थिए ।

नेपाल अधिराज्यको संविधान २०४७ प्रारम्भ भएपछि प्रतिनिधिसभामा २०५ स्थानका लागि २०४८ साल वैशाख २९ गते आमनिर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा काँग्रेसले ११० स्थानमा विजय हासिल गरेको थियो । यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले ६९, संयुक्त जनमोर्चा नेपालले नौ, नेपाल सद्भावना पार्टीले छ, राष्ट्रिय प्रजातन्त्र पार्टी ९चन्द०ले तीन, नेपाल मजदुर किसान पार्टीले दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी ९थापा०ले एक, र स्वतन्त्रले तीन स्थानमा विजय हासिल गरेका थिए ।

विसं २०५१ कात्तिक २९ गते प्रतिनिधिसभाका लागि तेस्रो पटक आमनिर्वाचन सम्पन्न भएको थियो । २०५ सदस्यका लागि भएको सो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले ८८, नेपाली काँग्रेसले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २०, नेपाल सद्भावना पार्टीले तीन, नेपाल मजदुर किसान पार्टीले चार र स्वतन्त्रले सात स्थानमा विजय हासिल गरेका थिए । नेपालमा प्रतिनिधिसभाका लागि चौथो पटक २०५६ सालमा दुई चरणमा आमनिर्वाचन सम्पन्न भएको थियो । २०५ सदस्यीय सो निर्वाचनमा नेपाली काँग्रेसले १११, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ११, नेपाल सद्भावना पार्टीले पाँच, संयुक्त जनमोर्चा नेपालले पाँच, राष्ट्रिय जनमोर्चाले एक र नेपाल मजदुर किसान पार्टीले एक स्थानमा विजयी हासिल गरेका थिए ।

अवधि पूरा नहुँदै विघटनमा परेको उक्त प्रतिनिधिसभाको विसं २०६२र०६३ मा भएको जनआन्दोलनको परिणामस्वरुप वैशाख ११ गते पुनःस्थापना गरिएको थियो । यसैगरी तत्कालीन विद्रोही नेकपा माओवादी र आन्दोलनरत सात दलबीच भएको विस्तृत शान्ति सम्झौता र ११ बुँदे सम्झौतापछि पुनःस्थापित प्रतिनिधिसभालाई रुपान्तरण गरी २०६३ साल माघ १ गते नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम ३२९ सदस्यीय व्यवस्थापिका–संसद् गठन गरिएको थियो । नेपालको इतिहासमा पहिलोपटक २०६४ साल चैत २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । नेपालको अन्तरिम संविधान २०६३ अनुसार प्रत्यक्ष, समानुपातिक र मन्त्रिपरिषद्बाट मनोनीत गरी ६०१ सदस्यीय संविधानसभा गठन भएको थियो । सो सभाले व्यवस्थापिका–संसद्को समेत भूमिका निर्वाह गरेको थियो । संविधानसभामा मान्यता प्राप्त २५ दल थिए ।

संविधान निर्माण नहुँदै पहिलो संविधानसभा विघटन भएकाले २०७० मङ्सिर ४ गते पुनः दोस्रो पटक संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । संविधानमा भएको व्यवस्थाबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीबाट २४० र समानुपातिक निर्वाचन प्रणालीबाट ३३५ र मन्त्रिपरिषद्बाट २६ मनोनीत सदस्य रहने व्यवस्था थियो । पहिलो संविधानसभाको झैँ यस संविधानसभाले पनि व्यवस्थापिका–संसद्को समेत कार्य गरेको थियो ।  

संविधानसभाबाट नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाका लागि पाँचौँ पटक २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा आम निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा संघीय व्यवस्थाअनुसार पहिलोपटक सातै प्रदेशका प्रदेशसभाको पनि निर्वाचन पनि प्रतिनिधिसभाको निर्वाचनसँगै सम्पन्न भएको थियो । उक्त निर्वाचनमा प्रतिनिधिसभामा रहने कूल २७५ मध्ये १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनबाट र समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्यको निर्वाचन भएको थियो ।

यस निर्वाचनमा नेकपा ९एमाले० १२१, नेपाली काँग्रेस ६३, नेकपा ९माओवादी केन्द्र० ५३, राष्ट्रिय जनता पार्टी नेपाल १७, संघीय समाजवादी फोरम नेपाल १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी र स्वतन्त्र एकरएक स्थानमा विजयी भएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy