बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको संरचना र कार्यशैलीमा आमूल परिवर्तन नगरे संकटबाट जोगिन नसकिने बताएका हुन्।
उनले जनताको शक्ति संसद भएको उल्लेख गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली ले दुई–दुई पटक संसद विघटन गरेपछि नै पार्टीको ओरालो यात्रा सुरु भएको टिप्पणी गरे।
पाण्डेले एक व्यक्तिमा शक्ति केन्द्रित हुँदा पार्टी कमजोर बनेको बताए। “यदि अध्यक्ष एक पटक मात्र हुन पाउने व्यवस्था भएको भए पार्टी अहिलेको अवस्थामा आउँदैनथ्यो,” उनले भने, “सामूहिक नेतृत्व र टिममा काम गर्ने संस्कृति कमजोर भएको छ।”
पार्टीलाई पुरानै अवस्थामा फर्काउन देशभरका सदस्यले आफ्नो अधिकार प्रयोग गर्दै पुन:संरचनामा लाग्नुपर्ने उनको भनाइ छ। उनले संघीय निर्वाचनको असर प्रदेश र स्थानीय तहसम्म जाने भएकाले हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने पनि बताए।
“नेतृत्वमा बसेकाले कमजोरी स्वीकार्दै सुधार गर्न तयार हुनुपर्छ,” उनले भने, “पार्टी अहिले सच्चिने कि सक्किने भन्ने निर्णायक मोडमा छ।”
उनका अनुसार पार्टीको समस्या सतही नभई संरचनागत हो। महोत्तरी र धनुषाजस्ता जिल्लामा सदस्य संख्या र मत परिणामबीचको अन्तरले गम्भीर समस्या देखाएको उनले उल्लेख गरे। “यो सानो सुधारले होइन, पूर्ण संरचनागत परिवर्तनले मात्र समाधान हुन्छ,” उनले भने।
पाण्डेले वडा तहदेखि सदस्य संख्या र मत परिणामको तुलना गरी पुन:संरचना गर्न कार्यकर्तालाई आह्वान गरे। साथै, उम्मेदवार छनोटको अधिकार सम्बन्धित पार्टी कमिटीलाई दिइए संगठन अझ बलियो र विकेन्द्रीकृत हुने उनको विश्वास छ।
उनले यसपटकको निर्वाचनमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रभाव ठूलो देखिएको स्वीकार्दै युवा र ज्येष्ठ मतदाताबीच दूरी बढेको बताए। उनका अनुसार ३० वर्षमुनिका धेरै युवाले एमालेलाई मत नदिएको र ६० वर्षमाथिका मतदाताको सहभागिता पनि घटेको छ।
अन्त्यमा उनले २०७४ को ठूलो जितलाई स्मरण गर्दै अहिले पार्टी क्रमश: कमजोर हुँदै गएको उदाहरण दिए। “पहिला बसभरि नेता आउँथे, अहिले माइक्रोबसमा झरेको छ, अब सुधार नगरे स्कुटरमा अट्ने सिट मात्र बाँकी रहन्छ,” उनले चेतावनी दिए।
कमजोरीप्रति निर्मम भएर मात्रै सही बाटो पहिल्याउन सकिने उल्लेख गर्दै उनले समयमै सुधार नगरे सामूहिक रूपमा राजनीतिक क्षति व्यहोर्नुपर्ने अवस्था आउने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १८:४५
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...
बैशाख २ गते, २०८३ - १८:३४
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...
बैशाख २ गते, २०८३ - १८:२४
काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...
बैशाख २ गते, २०८३ - १७:५७
काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...
बैशाख २ गते, २०८३ - १७:४७
काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...
बैशाख २ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...
बैशाख २ गते, २०८३ - १७:११
काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...
बैशाख २ गते, २०८३ - १७:०४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...
बैशाख २ गते, २०८३ - १६:५४
काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...
बैशाख २ गते, २०८३ - १६:२५
बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् । रा...


प्रतिकृया लेख्नुहोस्: