काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायको उत्थान प्रवद्र्धन गरी उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको ‘विश्व आदिवासी दिवस विशेष भेला’ मा उखले नेपालको राष्ट्रियताको आन्दोलनमा आदिवासी जनजातिको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूको अधिकार र पहिचानका लागि विशेष महत्व दिनुपर्ने धारणा राखे।
महामन्त्री थापाले नेपालको जातजाति, भाषाभाषी, संस्कृतिको विकास नभएसम्म मुलुक समृद्ध नहुने भन्दै समानुपातिक समावेशिताको नीतिअनुरुप नेपालको विकास र समृद्धिको यात्रालाई अघि बढाइनुपर्नेमा जोड दिए। उनले कांग्रेसका आदर्शवादी नेता भीमबहादुर तामाङको ‘पहिचान भेटिने र जातीय द्वन्द्व मेटिन’ नारालाई आत्मसात् गरेर जनजाति आन्दोलनलाई अघि बढाउनुपर्ने खाँचो औँल्याउँदै सङ्गठनलाई क्रियाशील बनाएर विचार निर्माण गर्ने नयाँ अभियानमा भूमिका खेल्न आग्रह गरे।
नेपालको आदिवासी आन्दोलनमा कांग्रेसको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै महामन्त्री थापाले कांग्रेसको स्थापना र प्रजातान्त्रिक आन्दोलनका दौरानमा आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेको बताए।
नेता थापाले आगामी मङ्सिर ४ गते घोषित आम निर्वाचनमा पार्टीलाई बलियो बनाउन आवश्यक तयारीस्वरुप यही साउन ३० र ३१ गते देशभरका स्थानीय तहका प्रमुखलाई राजधानी बोलाएर प्रक्षिण दिइने तथा भदौ २ गते देखि २४ गतेसम्म कांग्रेसका सबै नेतालाई जिल्लामा पठाउने पार्टीले निर्णय गरेको पनि जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...
आषाढ़ २४ गते, २०८३ - १४:४६
काठमाडौँ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न श...
आषाढ़ २४ गते, २०८३ - १४:३५
काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...
आषाढ़ २४ गते, २०८३ - १३:५४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...
आषाढ़ २४ गते, २०८३ - १३:४४
हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...
आषाढ़ २४ गते, २०८३ - १३:३२
काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...
आषाढ़ २४ गते, २०८३ - १३:२०
प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?
आषाढ़ २४ गते, २०८३ - १२:५०
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...
आषाढ़ २४ गते, २०८३ - १२:३९
काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...
आषाढ़ २४ गते, २०८३ - १२:२१
बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट लडेर घाइते भएका कामदारको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार बिहान ९:४० बजे बाह्...



प्रतिकृया लेख्नुहोस्: