काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीभित्रै ४० प्रतिशतभन्दा बढी भागबन्डाको माग भएको छ।
आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्न पाँचभन्दा बढी दललाई गठबन्धनमा समेट्ने योजना बनाइरहेका देउवासँग शेखर कोइराला समूहले पार्टीभित्रै भाग मागेको हो।
असन्तुष्ट पक्षको आजको छुट्टै भेलाले कम्तीमा ४० प्रतिशत नपाए अन्तरसङ्घर्ष गर्ने चेतावनी दिएको छ। समूहको भेलापछि नेता गुरुराज घिमिरेले सभापतिबाट ८ महिनामा न्यायोचित निर्णय नभएकाले अस्तित्वको लडाइँ लड्न बाध्य हुनुपरेको बताए।
उनले भने, ‘हामीले पार्टीभित्र न्यायोचित रूपमा भूमिका दिने कुरा उठाउँदै आएका हौँ। ८ महिना भयो अहिलेसम्म कुनै पनि निर्णय प्रक्रियामा प्रतिस्पर्धी समूहको एक जनालाई पनि समेट्नुभएको छैन। राष्ट्रियसभा निर्वाचनदेखि आजसम्म कतै पनि समेट्नुभएको छैन। भ्रातृ संस्था गठन गर्दा पनि समेट्नुभएन। अब न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्रतिशत चाहियो, ४० प्लस चाहियो।’
देउवा सभापतिमा निर्वाचित भएको आठ महिना बित्दा कुनै पनि निर्णय प्रक्रियामा आफूहरुलाई नसमेटेको उनको गुनासो छ।
त्यसो त केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले मनपरी टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र निर्वाचनको परिणाममा पनि असर गर्ने चेतावनी दिन्छन्।
‘गठबन्धन परिस्थितिको बाध्यताका कारण बनेको हो तर पनि संविधानलाई जोगाउनका लागि बनेको गठबन्धनले के का आधारमा सिट बाँडफाँट भयो भन्ने आधार जनता र कार्यकर्तालाई दिनुपर्छ । यो आधारमा यसरी सिट बाँडफाँट भयो भन्ने कुरा गठबन्धनले स्पष्ट रुपमा जनतालाई भन्नुपर्छ।’
गठबन्धनमा मात्रै नभइ अहिले पार्टी भित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए। उनले यदि संस्थापक पक्षले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिए।
उनले भने, ‘गठबन्धन बाहेकका दलहरु जो अर्को विपक्षीसँग मिलेर बसेको थियो । त्यसलाई पनि गठबन्धनमा मिलाउने भन्ने कुरा भएको छ । यसलाई उच्चस्तरीय संयन्त्रबाट छलफल होला नै । सर्वदलीय गठबन्धन समितिले यसमा छलफल गरोस् । एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस् । यसले परिणाम गम्भीर बनाउन सक्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: