Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पूर्वी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्दै, अध्ययन कार्य धमाधम

खबरडबली संवाददाता

सुर्खेत । सुर्खेत विमानस्थल विस्तारको प्रयास असफल भएपछि पूर्वी सुर्खेतको रामघाट घारीबन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुने भएको छ । सङ्घीय सरकारले चालु आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन ९इआईए० सम्बन्धी कार्य सँगसँगै सुरु भएको हो 
। 

सरकारले चालु आवमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि रु चार करोड ४२ लाख ४७ हजार बजेट विनियोजन गरेको छ । विमानस्थल भेरीगङ्गा नगरपालिका वडा नं ९, १० र ११ मा अवस्थित रामघाट–घारीवन क्षेत्रमा निर्माणको प्रस्ताव गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, इन्जिनियरिङ विभाग प्रमुख मुरारी भण्डारीले प्रारम्भिक सम्भाव्यता अध्ययनमा उक्त स्थान उपयुक्त देखिएकाले थप अध्ययन अघि बढाइएको जानकारी दिनुभयो । 

“वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को प्रक्रिया लामो हुने हुँदा सम्भाव्यता अध्ययनसँगै यसको काम पनि सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षभित्र अध्ययनका सबै काम सम्पन्न गर्ने तयारीमा छौँ ।” उहाँले विमानस्थल निर्माण हुने स्थानको चार किल्लाको टुङ्गो लागिसकेको बताउनुभयो । 

प्राधिकरणका इन्जिनियरिङ विभाग प्रमुख भण्डारीका अनुसार विमानस्थल धावनमार्ग (रनवे) को लम्बाइ दुई हजार  पाँच सय मिटर र चौडाइ ४५ मिटरको हुनेछ । दुई सय २४ हेक्टर क्षेत्रफल ओगट्ने विमानस्थल पूर्व पश्चिम फैलिनेछ । त्यस्तै ट्याक्सीमार्ग एक हजार दुई सय ९६ मिटर लम्बाइ र ३० मिटर चौडाइको बनाइनेछ । रामघाट क्षेत्रमा सम्भावना देखेर नै अध्ययनको काम सुरु गरिएको प्राधिकरणको भनाइ छ । यसअघि प्राधिकरणले पूर्वी सुर्खेतकै छिन्चु–मदानेचौर क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो । त्यहाँ प्राविधिकरूपले उपयुक्त नदेखेपछि प्राधिकरणले गत वर्ष कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा सुर्खेत विमानस्थल विस्तारको योजना अघि सारेको थियो । 

प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विसं २०७८ असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करिब तीन सय मिटर जग्गा अधिग्रहण गर्ने सम्झौता भएको थियो । जसका लागि प्रदेश सरकार र सङ्घीय सरकारले बजेटसमेत छु्ट्याएका थिए तर स्थानीयवासीसँग सहमति नजुटेपछि र रात्रिकालीन रूपमा सञ्चालन गर्न कठिनाइ हुने भएपछि विकल्पमा रामघाटमा विमानस्थल निर्माण गर्न लागिएको हो । 

सुर्खेत उपत्यकामा रहेको विमानस्थलको धावनमार्ग थप तीन सय मिटर विस्तार गर्दा मात्रै दुई सय निजी घर, जग्गा र विद्यालयजस्ता सार्वजनिक संरचनामा क्षति पुग्ने अध्ययनले देखाएको थियो । “सुर्खेत विमानस्थल विस्तार कार्य प्राविधिक र आर्थिक दुवै हिसाबले खर्चिलो देखियो, लगानीअनुसार प्रतिफल आउने सम्भावना नदेखेपछि विकल्पको खोजी गरेका हौँ”, प्राधिकरणका इन्जिनियरिङ विभाग प्रमुख भण्डारीले भन्नुभयो, “अहिले प्रस्ताव गरिएको स्थानको एप्रोच राम्रो छ, टु वे (दुई बाटो) सञ्चालन गर्न सकिन्छ ।” 

प्रस्तावित रामघाट विमास्थल जङ्गल क्षेत्रमा निर्माण हुने भएकाले जग्गा विवाद, मुआब्जा उल्झन नहुने बताइएको छ । अध्ययन टोलीले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि स्थानीयवासीसँग राय सुझाव सङ्कलनको काम थालेको छ । प्राधिकरणले प्रभावित क्षेत्रका सरोकारवाला नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सामुदायिक वन तथा सरोकारवाला व्यक्ति तथा संस्थासँग वातावरणीय प्रभावबारे सात दिनभित्र लिखित राय–सुझाव उपलब्ध गराउन आग्रह गरेको हो । 

भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले आफ्नो क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुनु गौरवको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक चरणका काम सुरु गरिएको छ, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)० र निर्माण गर्दा आइपर्ने कुनै समस्या आइपरे हामी समन्वयकारी भुमिका खेल्न तयार छौँ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: