काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले संविधानतः प्राप्त अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपाका प्रजातन्त्र सेनानी स्व गोपालदास वादेको १३औँ पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जली सभामा उहाँले संविधानमा उल्लेख भएका अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनु नै महापुरुष तथा शहीदको सच्चा श्रद्धाञ्जली हुने बताएको हो ।
“संविधानले सङ्घीयतासँगै दिएको अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनुपर्छ, यो नै महापुरुष र शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ”, नेता सिंहले भने । उनले नागरिकको जीवनमा सहजता आउनु नै परिवर्तनको आभाष हुने बताए ।
नेता सिंहले नेपाली कांग्रेस र समाजमा स्व वादेको योगदानको चर्चा गर्दै पुराना नेताको विचारलाई युवापुस्ताले आधुननिकीकरणसँगै अँगाल्नुपर्ने बताए । उनले भने “स्व वादे सादा जीवन र उच्च विचारका धनी हुनुहुन्थ्यो, आजको युवा पुस्ताले सोही विचारलाई अनुसरण गर्नुपर्दछ ।” आजका युवाले कांग्रेसको विचारलाई प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।
नेता सिंहले राजनीतिका दौरान सिद्धान्त र आदर्श व्यक्तिको परिवारले निकै सास्ती खेप्नुपरेको स्मरण गर्दै नेपालमा चरणबद्ध परिवर्तन त्यत्तिकै नआएको उल्लेख गरे । “२०१७ सालमा नेपालमा ‘कू’ हुँदा बुबा गणेशमान सिंहलाई घर निकाला गर्दा म ६ वर्षको थिएँ, स्व वादेको परिवारले पनि प्रजातन्त्र आउनुअघि निकै कठिनाइ भोगेको कुरा म उहाँबाट सुन्ने गर्थें”, सिंहले भने । उनले हरेक परिवर्तनका आन्दोलनमा शहीद भएका, अङ्गभङ्ग भएका र महापुरुषको योगदान बिर्सिन नहुने दोहो¥याए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ११:२९
मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...
पौष १० गते, २०८२ - १०:५८
बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...




प्रतिकृया लेख्नुहोस्: