काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब शून्य छमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ७५ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ३९ मा सीमित भएको छ । कूल दुई सय २१ कम्पनीको ६४ लाख छ हजार सात सय ३८ कित्ता शेयर रु दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ तीन दशमलब ४२, व्यापार ३८ दशमलब शून्य एक, होटल तथा पर्यटन २४ दशमलब ३३, जलविद्युत् ७९ दशमलब दुई, वित्त ४७ दशमलब ८६, निर्जीवन बीमा एक सय ४२ दशमलब शून्य एक, उत्पादन ९८ दशमलब ११, अन्य १० दशमलब ७६, लघुवित्त ५९ दशमलब ७१, जीवन बीमा ८६ दशमलब ५९, सामूहिक लगानी कोष शून्य दशमलब १३ र लगानी एक दशमलब शून्य एक अङ्कले ओरालो लागे । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १४ अर्ब ६८ करोड पाँच लाख ४३ हजार पाँच सय ३६ बराबर रहेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४० करोड ८२ लाख ४७ हजार आठ सय ८८ बराबरको कारोबार भयो ।
यस्तै, शिवम् सिमेन्ट रु आठ करोड ६८ लाख ५२ हजार छ सय ९२, हिमालयन डिस्टिलरी रु पाँच करोड ८७ लाख ७९ हजार एक सय २९, महालक्ष्मी विकास बैंक रु पाँच करोड ८७ लाख २४ हजार नौ सय तीन, नेपाल दूरसञ्चार कम्पनी रु पाँच करोड ६१ लाख ७१ हजार पाँच सय ५० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार अप्पर हेवा खोला हाइड्रोपावर नौ दशमलब ९९, स्वाभिमान लघुवित्त चार दशमलब शून्य दुई, कुमारी इक्विटी फण्ड दुई दशमलब ८१, सिद्धार्थ इक्विटी फण्ड दुई दशमलब १०, एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले एक दशमलब ९१ प्रतिशतले कमाएका छन् । त्यस्तै, युनिलिभर नेपाल पाँच दशमलब ६२, दोर्दी खोला जलविद्युत् कम्पनी पाँच दशमलब ५१, पञ्चकन्या माई हाइड्रोपावर पाँच दशमलब ४७, जोशी हाइड्रोपावर पाँच दशमलब ४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले पाँच दशमलब ३२ प्रतिशतले गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८० - १७:०३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएको छन् । प्रध...
चैत्र ५ गते, २०८० - १६:५४
महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । आज बर्दि...
चैत्र ५ गते, २०८० - १६:४०
काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित...
चैत्र ५ गते, २०८० - १६:२७
वीरगन्ज । मधेस प्रदेश सरकारले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको छ । मधेस प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको मुख्यमन्त्री तथा मन...
चैत्र ५ गते, २०८० - १५:५३
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । सोमबार महरालाई म्याद थपका लाग...
चैत्र ५ गते, २०८० - १५:३७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई पार्टीले सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी महासचिव देवप्रसाद गु...
चैत्र ५ गते, २०८० - १५:२६
काठमाडौं । दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका एक व्यक्ति सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ पक्राउ परेका छन् । सोमबार दिउ...
चैत्र ५ गते, २०८० - १४:४१
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको जानकारी दिएका छन् ...
चैत्र ५ गते, २०८० - १४:२२
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता र राष...
चैत्र ५ गते, २०८० - १४:१०
काठमाडौं। राष्ट्रिय सभाअन्तर्गत दुई विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष ...
प्रतिकृया लेख्नुहोस्: