काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब शून्य छमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ७५ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ३९ मा सीमित भएको छ । कूल दुई सय २१ कम्पनीको ६४ लाख छ हजार सात सय ३८ कित्ता शेयर रु दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ तीन दशमलब ४२, व्यापार ३८ दशमलब शून्य एक, होटल तथा पर्यटन २४ दशमलब ३३, जलविद्युत् ७९ दशमलब दुई, वित्त ४७ दशमलब ८६, निर्जीवन बीमा एक सय ४२ दशमलब शून्य एक, उत्पादन ९८ दशमलब ११, अन्य १० दशमलब ७६, लघुवित्त ५९ दशमलब ७१, जीवन बीमा ८६ दशमलब ५९, सामूहिक लगानी कोष शून्य दशमलब १३ र लगानी एक दशमलब शून्य एक अङ्कले ओरालो लागे । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १४ अर्ब ६८ करोड पाँच लाख ४३ हजार पाँच सय ३६ बराबर रहेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४० करोड ८२ लाख ४७ हजार आठ सय ८८ बराबरको कारोबार भयो ।
यस्तै, शिवम् सिमेन्ट रु आठ करोड ६८ लाख ५२ हजार छ सय ९२, हिमालयन डिस्टिलरी रु पाँच करोड ८७ लाख ७९ हजार एक सय २९, महालक्ष्मी विकास बैंक रु पाँच करोड ८७ लाख २४ हजार नौ सय तीन, नेपाल दूरसञ्चार कम्पनी रु पाँच करोड ६१ लाख ७१ हजार पाँच सय ५० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार अप्पर हेवा खोला हाइड्रोपावर नौ दशमलब ९९, स्वाभिमान लघुवित्त चार दशमलब शून्य दुई, कुमारी इक्विटी फण्ड दुई दशमलब ८१, सिद्धार्थ इक्विटी फण्ड दुई दशमलब १०, एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले एक दशमलब ९१ प्रतिशतले कमाएका छन् । त्यस्तै, युनिलिभर नेपाल पाँच दशमलब ६२, दोर्दी खोला जलविद्युत् कम्पनी पाँच दशमलब ५१, पञ्चकन्या माई हाइड्रोपावर पाँच दशमलब ४७, जोशी हाइड्रोपावर पाँच दशमलब ४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले पाँच दशमलब ३२ प्रतिशतले गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: