कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रहरी चौकी कालाकुण्डा नेपाल–भारत सीमा क्षेत्र नजिकै छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष मानिएको माओवादीको आक्रमणबाट जीर्ण बनेको प्रहरी चौकी अहिलेसम्म पनि त्यस्तै अवस्थामा छ । त्यसै जीर्ण भवनबाट प्रहरीले नागरिकको शान्ति सुरक्षा दिँदै आएको छ । प्रहरी चौकीको अझै स्तरोन्नति हुनसकेको छैन ।
अस्तव्यस्त अवस्थामा रहेका भवनबाट नागरिकको सुरक्षा मात्रै होइन सीमा क्षेत्रबाट हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि समेत काम गर्नुपरेको छ । नागरिकको सुरक्षामा खटिएको प्रहरी आफैँ सुरक्षित छैन । बर्सातको समयमा प्रहरीले झनै पीडा खेप्नुपरेको छ । “पानी परेपछि चुहिन्छ । राम्रोसँग सुत्न पाइँदैन । खाना पकाउने भान्साको जस्ता खियाले खाइसकेको छ । खाना पकाएर खान सकिने अवस्था छैन”, प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज रेवन्त बोहराले भने, “नागरिकको सुरक्षाका लागि खटिएका हामी नै सुरक्षित छैनौँ । कुन बेला के हुने हो थाहा छैन । न खानाको टुङ्गो छ न बस्नको नै ।”
भजनी नगरपालिका–८ स्थित प्रहरी चौकी जनकपुरको भवनको अवस्था पनि त्यो भन्दा फरक छैन । प्रहरीले करिब ४० वर्ष पुरानो भवनबाट नागरिकको सुरक्षा गर्नुपरेको छ । त्यो पनि आफ्नै भवन होइन । भाडामा लिएर बस्नुपरेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल भण्डारी बताउछन् । घर यति जीर्ण अवस्थामा छ कि घरको छत ढलानमा राखिएका सरिया देखिन्छन् ।
त्यो भन्दा ठूलो समस्या पथरैया नदी प्रहरीका लागि बनेको छ । नदीको किनारमै प्रहरी चौकी भएका कारण बाढी आउँदा सबैभन्दा पहिले त्यही प्रहरी चौकी डुबानमा पर्ने गरेको छ । “एकातिर बस्नको ठेगान छैन भने अर्कोतिर बाढी र डुबानको जोखिम त्यतिकै छ”, भण्डारीले भने, “प्रहरी चौकीका लागि जग्गा छ तर भवन निर्माण हुनसकेको छैन ।”
भजनी–५ पृथ्वीपुरमा रहेको प्रहरी चौकीको नाममा २३ बिघा जमिन छ । भारत सीमासँगै रहेको प्रहरी चौकी नाजुक अवस्थामा छ । छतका सरिया झरिसकेका छन् । त्यस्तै जटिल अवस्थामा बसेर प्रहरीले नागरिकको सुरक्षा गर्दै आएको छ । अहिलेको भवनले हिउँदको शीत पनि छेक्न नसक्ने प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक चरणसिंह बुढथापा बताउछन् ।
भजनी नगरपालिकाको सहयोगमा भवन निर्माण कार्य सुरु भए पनि निर्माण सम्पन्न हुनसकेको छैन । भवन निर्माण सुरु भएको तीन वर्ष भइसक्दा पनि बजेट अभावका कारण भवन सम्पन्न हुननसकेको हो । नगरपालिकाले बहुवर्षीय आयोजनाका रूपमा निर्माण गर्ने भनिएको भवन अहिले बजेट अभावमा अलपत्र परेको छ ।
भवनको अवस्था देखेर भजनी नगरपालिकाले करिब रु ३६ लाख बराबरको सुविधा सम्पन्न भवन निर्माण गरिरहेको र छिट्टै निर्माण सम्पन्न गरेर प्रहरीलाई सो भवनमा व्यवस्थापन गर्ने भनिए पनि उपभोक्तामार्फत काम भएका कारण निर्माणमा ढिलाइ भएको छ । निर्माण सम्पन्न नभएकै भवनमा प्रहरी बस्दै आएको छ ।
जोशीपुर गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयको अवस्था पनि त्यस्तै छ । भवनको व्यवस्थापन हुन नसक्दा सेवा लिन आउने सेवाग्राहीले समेत निकै सास्ती खेप्दै आएका छन् । कार्यालय परिसरभित्र बर्सातको समयमा डुबान हुने र परिसर हिलाम्मे हुने गरेको छ । बस्नका लागि निकै समस्या हुँदै आएको प्रहरीको गुनासो छ ।
कैलारी गाउँपालिकास्थित सीमा प्रहरी चौकी रामपुरको कार्यालय कर्कटपाताले छाएको कच्ची घरमा रहेको छ । उक्त प्रहरी चौकीमा कार्यरत प्रहरीलाई पनि हिउँदमा चिसो थेग्न गा¥हो हुने गरेको छ । चैत वैशाख महिनामा हावाहुरीले घरको छाना उडाएर लैजान्छ कि भन्ने चिन्ताले सताउने गरेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनक धानुक बताउनुहुन्छ । उहाँले गर्मी मौसममा गर्मी थेग्न नै मुस्किल हुनेगरेको बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १७:३६
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...
चैत्र ५ गते, २०८२ - १७:१३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १६:५६
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...
चैत्र ५ गते, २०८२ - १६:४६
काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...
चैत्र ५ गते, २०८२ - १६:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...
चैत्र ५ गते, २०८२ - १६:२५
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...
चैत्र ५ गते, २०८२ - १५:५९
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...
चैत्र ५ गते, २०८२ - १५:२२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १५:०३
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...
चैत्र ५ गते, २०८२ - १४:४३
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...


प्रतिकृया लेख्नुहोस्: