काठमाडौं । एक चिनियाँ पानीजहाज भारतीय चासोबीच श्रीलङ्काको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ।
बन्दरगाह अधिकारीहरूका अनुसार युआन वाङ् ५ लाई श्रीलङ्काली जल क्षेत्रमा रहँदा कुनै काम नगर्ने सर्तमा त्यहाँ रोकिन दिइएको हो।
भारतले यसअघि उक्त पानीजहाज जासुसी गतिविधिमा प्रयोग हुनसक्ने भन्दै आफ्नो चासो व्यक्त गरेको समाचारहरूमा जनाइएको थियो। श्रीलङ्काको विदेश मन्त्रालयका अनुसार उक्त पानीजहाजलाई अगस्ट २२ सम्म चिनियाँहरूले व्यवस्थापन गरिरहेको बन्दरगाहमा रहने अनुमति दिइएको हो।
विज्ञहरूलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले युआन वाङ् ५ चीनको पछिल्लो पुस्ताको जासुसी पानीजहाजमध्ये रहेको जनाएको छ।
यो पानीजहाजले भूउपग्रह, रकेट र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणलाई निगरानी गर्न सक्छ। कैयौँ भारतीय सञ्चारमाध्यमहरूले त्यसलाई "दोहोरो प्रयोजनमा प्रयोग हुने जासुसी पानीजहाज" भनेर व्याख्या गरेका छन्।
पानीजहाजसम्बन्धी वेबसाइटहरूले त्यसलाई अध्ययन, अनुसन्धान र अनुगमनसम्बन्धी जहाज बताउने गर्छन्।
भारतीय चासो
भारतीय न्यूज वेबसाइट एनडीटीभीले नयाँ दिल्लीले "पानीजहाजको ट्र्याकिङ प्रणालीले श्रीलङ्का जाने क्रममा भारतका सुरक्षा पूर्वाधारका विषयमा जासुसी गरिने सम्भावनाबारे" चासो व्यक्त गरेको जनाएको छ।
यसअघि जुलाईमा भारतीय विदेश मन्त्रालयका एक प्रवक्ताले आफ्नो सरकारले उक्त पानीजहाजको योजनाबद्ध भ्रमणलाई निरीक्षण गरिरहेको बताएका थिए।
उनले दिल्लीले आफ्नो सुरक्षा र आर्थिक स्वार्थहरूको बचाउ गर्ने बताए। रोयटर्सको अनुसार भारतले उक्त पानीजहाजको यात्राबारे श्रीलङ्कासँग मौखिक रूपमा विरोध जनाएको थियो।
यस महिनाको सुरुमा श्रीलङ्काको विदेश मन्त्रालयले चीनलाई पानीजहाजले मागेको बन्दरगाहमा आश्रयको लागि आग्रहलाई अस्थायी रूपमा रोक्दै त्यसका लागि "थप छलफल" आवश्यक पर्ने जनाएको थियो।
बेइजिङको प्रतिक्रिया
चीनले त्यसको जबाफमा कुनै देशको नाम नलिई "केही देशहरूले कथित 'सुरक्षा चासो' भनेर श्रीलङ्कालाई दबाव दिने काम पूरै औचित्यहीन" रहेको बताएको थियो।
श्रीलङ्काले पछि उक्त पानीजहाजलाई बन्दरगाहमा रहने अनुमति दिइएको घोषणा गरेको थियो। हाल गम्भीर आर्थिक सङ्कटमा रहेको श्रीलङ्कामा बेइजिङको बढ्दो प्रभावका माझ भारतीय चासो देखा परेको हो।
बेइजिङले श्रीलङ्कालाई बेल्ट एन्ड रोड अवधारणा अन्तर्गत एशियामा पूर्वाधार विकास गर्नका लागि अर्बौँ डलर ऋण दिएको छ।
यद्यपि ती सबैजसो आर्थिक सहायता श्रीलङ्कालाई फाइदा पुग्ने गरी भएका छैनन्। उदाहरणका लागि सन् २०१७ मा चाइना मर्चेन्ट्स पोर्ट होल्डिङ्सले धेरैजसो सेअर लिएर हम्बनटोटा बन्दरगाहलाई ९९ वर्षका लागि भाडामा लिएको थियो।
युआन वाङ् ५ रोकिरहेको उक्त बन्दरगाह निर्माणको ऋण तिर्न कोलम्बोले सङ्घर्ष गरिरहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: