Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नवनियुक्त प्रशिक्षक हुमागाईँले भोलिदेखि खेलाडीलाई प्रशिक्षण गराउने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले भोलिदेखि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण गराउने बताएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा उहाँले एन्फाले दिएको अवसरलाई सहजै स्वीकार गरेर नेपाली फुटबल टोलीलाई प्रशिक्षण गराउन आएको बताए ।

प्रशिक्षक हुमागाईँले कर्मभूमि थलोबाट जन्मभूमिमा आएर काम गर्न पाउँदा खुसी लागेको भन्दै बङ्गलादेशविरुद्धको खेलमा राम्रो नतिजा ल्याउने उद्देश्यका साथ काम गर्ने बताए। प्रशिक्षक हुमागाईँ अमेरिका बस्दै आएको छ । उनी नेपालीमूलको अमेरिकी नागरिक छन् ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उनको अनुपस्थितिमा एन्फाले एक खेलका लागि हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

आगामी असोज ११ गते घरेलु मैदान दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण एक खेलका लागि एन्फाले प्रशिक्षक हुमागाईँलाई नियुक्त गरेको हो । प्रारम्भिक चरणमा रहेका ४० खेलाडीलाई प्रशिक्षक हुमागाईँले प्रशिक्षण गरानेछ । प्रशिक्षक हुमागाईँले यसपटकदेखि फुटबल खेलका समर्थकलाई पनि हप्तामा एक दिन खेलाडीले प्रशिक्षण गरेको स्थलमा प्रवेशको मौका दिने बताए । उनले नेपालमा फुटबल फ्यानको संस्कृतिलाई विकास गर्न समर्थकलाई प्रशिक्षणस्थलमा भित्र्याउने योजना रहेको बताए

यसैगरी एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उहाँको अनुपस्थितिमा प्रशिक्षक हुमागाईँलाई नियुक्त गरिएको बताउनुभयो । नेपाली टोलीले प्रारम्भिक चरणको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठलाई बोलाएको छ ।

यसैगरी डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का र अमित तामाङ छन् भने मिडफिल्डरमा सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदीप गुरुङ, सुरजज्यु ठकुरी, सुवास गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ र अञ्जन विष्ट छनोट भएका छन् ।

त्यस्तै फरवार्डमा  विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास प्रारम्भिक चरणमा छनोट भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले कुशल मल्लको रुपमा चौथो विकेट गुमाएक...

युएईविरुद्ध नेपालले दुवै ओपनर गुमायो

काठमाडौँ । नेपालले युएईविरुद्धको खेलमा खराब शुरुवात गरेको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेट...

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका ...

युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौँ । नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहि...

हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भए...

पश्चिमा प्रतिबन्धका बिच चीनलाई तेल बेचेर इरानको ६ गुना बढी कमाई

तेहरान । पश्चिमी देशका प्रतिबन्धका बाबजुद इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढेको छ । इजरायल माथिको आक्रमणको प्रतिक्रियामा प्रतिबन्धहरू बढा...

काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गा तथा अन्य संरचनामा प्रशासनले सिलबन्...

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडार...

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौँ । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख भारु जरिवाना गरिएको छ । गएराती सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो...

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी।  गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रद...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies