Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावायले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भाग्नु भएका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भर्नु भएको जनाइएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनु भएको समाचारमा उल्लेख गरिएको छ । 

श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहको जानकारी दिए । पूर्व राष्ट्रपति गोटावायसँग निकट मानिनुहुने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्ध भइसकेको पनि बताउनु भयो । पहिला उनले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाएका थिए।

तर कानुन व्यवसायीहरुसँगको परामर्शपछि उहाँ यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुग्नु भएको डेलि मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरुलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गर्नु भएको उल्लेख गरिएको छ । उनकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गरेका छन्।

उनीहरुको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।  

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उहाँले देश छोडेर भाग्नु परेको हो । उनी सुरुमा म्यानमार गए । त्यसपछि थाइल्याण्ड हुदै सिङ्गापुर पुग्नु भयो । 

उहाँले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरुले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

बालेनसँगको वार्ता सकेर निस्किए रवी

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...

भित्र बालेन शाह र रवि लामिछानेबीच वार्ता, बाहिर बढ्न थाल्यो भिड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...

बालेन शाह र रवि लामिछानेबीच छलफलमा अमरेशकुमार सिंह पनि पुगे

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...

देशका चर्चित व्यक्तिहरू नशामा लट्ठिन्छन्, हाम्रा युवामा यस्तो प्रवृत्ति छैन: ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देशमा चर्चामा रहेका केही व्यक्तिहरू नशामा लट्ठिने अवस्था भेटिने टिप्पण...

रवि लामिछाने र बालेन भित्र छलफलमा: गेटमा ताला लगाइदिएर सुदनले भने- सहमति नभएसम्म खोल्दैनौं

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...

सिन्धुपाल्चोक १ बाट माधव सापकोटाको एकल नाम सिफारिस

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...

कुमार बेनको निवासमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...

बालेनसँग संसद् पुनर्स्थापनाबारे छलफल भएको हो: अरूसँग के भइरहेको छ, मलाई थाहा भएन: सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...

रवि लामिछाने र बालेन शाहबीच वान–टु–वान वार्ता सुरु

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending