Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० गतेदेखि

खबरडबली संवाददाता

काठमाडौ । नेपाली कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गर्दैछ । अभियानको समयावधि पहिलो चरण भदौ १० देखि बिपी जन्मजयन्ती भाद्र २४ सम्म हुने पार्टी कार्यालयले जनाएको छ । 

यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तरक्रिया गर्ने अभियानको उद्देश्य रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 

यसैगरी कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियान सिर्जना गर्ने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य रहेको छ ।

अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने र ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने व्यवस्था गरिएको बताए। 

केन्द्रीय प्रतिनिधिले अभियान सुरु हुनुभन्दा दुई दिन अघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्ने र जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रमबारे छलफल गरी १५ दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरु कम्तीमा पाँच दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनेछन्। 

जिल्लाको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेशसभा क्षेत्र) को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागिता रहनेछ । 

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सहित त्यस क्षेत्र भित्रका महाधिवेशनरमहासमितिरप्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेद भुलेर ऐक्यबद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपिल गनेछन। 

केन्द्रीय प्रतिनिधिले गठबन्धनमा रहेका दलबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्याङ्कन गरी थप सहज बन्नरबनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्ने, निर्वाचनको आचारसंहिता लागू भएपछि इमानदारपूर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरूलाई अपिल गर्ने जिम्मेवारी रहेको छ ।

केन्द्रीय प्रतिनिधिले अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तय गर्न र सङ्गठित रुपले कार्यान्वयन गर्नरगराउन जिल्ला समिति एवं मातहतका समितिलाई सहजीकरण गर्ने र पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढङ्गले कुनै पनि गतिविधि पार्टीभित्र कोही कसैबाट भएको थियो । 

आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोहि कसैबाट भइरहेकोे सूचना छन् भने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण सङ्कलन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

अभियान अवधिमा आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन व्यवस्थित ढङ्गले सम्पादन गर्नुपर्ने सात जरुरी कार्यहरूबारे पार्टीको आन्तरिक सर्कुलरमा उल्लेख गरिएको छ । अभियान केन्द्रीकृत नभई विकेन्द्रित गरिने छ । यही भदौ १० गते अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्न–भिन्न स्वरुपमा गरिने छन् । 

जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आँकलन गरेर कहीँ जिल्लास्तरीय रुपमा, कहीँ जिल्लाको निर्देशन अनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गर्न सकिने प्रवक्त डा प्रकाशशरण महतले जानकारी दिए। 

अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरूको केन्द्रीय समिति क्रियाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरूले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँट गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने, कतिपय भ्रातृरसङ्घको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ती सङ्घअन्तर्गत विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने बताइएको छ । 

साथै भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो सङ्गठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने पार्टी कार्यालयले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE