Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

नेता गिरीको अन्तिम संस्कार आश्रममै गर्न बस्तीपुरवासीको माग

खबरडबली संवाददाता
लहान । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरेका छन् । 
 
समाजवादी चिन्तनक गिरीको अन्तिम इच्छा गाउँकै आश्रममा होस् भन्ने रहेकाले उहाँको शव गाउँमै ल्याएर अन्तिम संस्कार गर्न बस्तीपुरवासीको आग्रह छ । “उनले हामीसँग भेट्दा जहिले पनि म मरेपछि मेरो अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्नुहुन्थो”, बस्तीपुरका ८० वर्षीय फेकु महतोले भन्नुभयो, “त्यसैले उहाँको शव गाउँमा ल्याउनुप¥यो, हामी उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन आतुर छौँ ।” उहाँलाई हामी गाउँमै सम्मानका साथ अन्तिम संस्कार गर्न चाहेका छौँ उहाँको भनाइ छ ।  
 
“प्रदीप बाबुभन्दा म कान्छो भए पनि बाल्यकालमा हामी सँगै खेल्थ्यौँ”, महतोले भन, “उहाँको निधन भएको खबरले असाध्यै पीडा भइरहेको छ, उहाँलाई अन्तिम दर्शन गर्ने हाम्रो इच्छा छ ।” त्यो इच्छा पूरा गर्न उहाँले सबैसँग आग्रह गरे । 
 
“प्रदीप दाई हाम्रो गाउँकै अभिभावक हुनुहुन्थ्यो”, बस्तीपुर गाउँका चलितर साहले भने, “उहाँको यो समाजमा धेरै ठूलो योगदान छ, त्यो योगदानको सम्मान गर्ने हामीलाई मौका दिनुपर्छ ।” उहाँलाई हामी गाउँलेले ससम्मान अन्तिम संस्कार गर्छौ, साहको कथन छ । “हामीले उहाँको बुवा मित्रलाल गिरीको पनि गाउँमै अन्तिम संस्कार ग¥र्यांै”, उहाँले भन्नुभयो, “हामी चाहन्छौँ, प्रदीप बाबुको पनि गाउँमै संस्कार गर्न चाहन्छौँ, हाम्रो त्यो चाहना पूरा हुनुपर्छ ।”  
 
शान्त र शालिन स्वाभावका व्यक्तित्व नेता गिरीले पुर्खौली गाउँ बस्तीपुर नजिकै खुट्टी खोलाको पश्चिम किनारमा आश्रम बनाएर बस्दै आउनुभएको थियो । सो आश्रममा रेखदेख गर्दै आउनुभएका स्थानीय रामकृष्ण चौधरीले भन्नुभयो, “प्रदीप दाइले कुराकानीका क्रममा मेरो अन्तिम संस्कार आश्रम मै होस् भन्ने इच्छा रहेको भन्नुभएको थियो, “त्यसैले पनि उहाँको यही नै अन्तिम संस्कार हुनुपर्छ भन्ने हाम्रो कुरा भनाइ हो ।” “उहाँको अन्तिम संस्कार गर्न हामी आतुर छौँ”, उनले भने, उहाँको शव गाउँमा ल्याइदिने वातावरण बनाइदिन उहाँले सबैसँग आग्रह गरे। 
 
नेता गिरीको निधनमा शोकाकुल भएका गाउँहरु उहाँको राजधानीमै अन्तिम संस्कार हुने खबर पाएपछि थप पीडामा पर्नुभएको छ । “जन्मथलोमै उहाँको अन्तिम संस्कार गर्दा हामीलाई पनि न्याय हुन्थ्यो”, आश्रममै बस्दै आउनुभएका जितनीदेवी रामले भने, “उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो, त्यसैले उहाँको अन्तिम दर्शन हामीले गर्न पाउनुपर्छ । हामीलाई त्यो अधिकारबाट बञ्चित गराउनु हुँदैन”, उनले भने । 
 
समाजवादी चिन्तनका नेता गिरीको निधनले उनको गाउँ बस्तीपुर शोकमा डुबेको छ । विसं २००४ मा जन्मिएका गिरी विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी गत २०७४ सालको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। 
 
नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । आफूहरुले मत दिए जिताएका अभिभावक गिरीको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले हिजो बिहानैदेखि गाउँमा भजनकीर्तनसमेत गरेका थिए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy