Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नेप्से परिसूचक सात दशमलव ७२ अङ्कले ओरालो

खबरडबली संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज सात दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव ७२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ५८ मा सीमित भएको छ । कूल दुई सय १८ कम्पनीको ५३ लाख ३९ हजार चार कित्ता शेयर रु दुई अर्ब चार करोड ७० लाख ९३ हजार छ सय ८९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ । बैंकिङ एक दशमलव शून्य चार, होटल तथा पर्यटन २९ दशमलव ५६, निर्जीवन बीमा आठ दशमलव तीन र उत्पादन २२ दशमलव ७८ अङ्कले उकालो लागे । यस्तै, व्यापार ४१ दशमलव १५, विकास बैंक ३५ दशमलव दुई, जलविद्युत् २८ दशमलव ७८, वित्त १६ दशमलव नौ, अन्य २५ दशमलव ९६, लघुवित्त सात दशमलव ७१, जीवन बीमा ३७ दशमलव शून्य दुई, सामूहिक लगानी कोष शून्य दशमलव शून्य नौ र लगानी शून्य दशमलव ५३ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड २८ लाख ५० हजार नौ सय ६८ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु १० करोड २५ हजार सात सय दुई, नेष्डो समृद्ध लघुवित्त रु सात करोड ५१ लाख ३१ हजार ७८७, नेपाल दूरसञ्चार कम्पनी रु छ करोड ५४ लाख ३५ हजार एक सय पाँच र हिमालयन डिस्टिलरी रु चार कराड ७७ लाख १० हजार आठ सय ९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यस्तै, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी नौ दशमलव ९८, एनएमबी (पचास) चार, श्वेतगङ्गा हाइड्रोपावर तीन दशमलव ५६ र सोल्टी होटल लिमिटेडका लगानीकर्ताले तीन दशमलव ३१ प्रतिशतले कमाएका छन् । यस्तै, रिभर फल्स पावर पाँच दशमलव १९, हिमालयन हाइड्रोपावर पाँच दशमलव शून्य सात, कर्पोरेट डेभलपमेन्ट बैंक चार दशमलव ५३, एनआइसी एशिया फण्ड चार दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: