Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

‘माओवादी रूपान्तरणको सम्भावना छ, पूर्ण समर्पणका साथ अघि बढ्ने संकल्प गरौं’

नारायणकाजीले सम्झाए पदाधिकारीको चारवटा मुख्य कार्यभार

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार चयन गरिएका पार्टीका पदाधिकारीहरूलाई चारवटा कार्यभार स्मरण गराएका छन् । ती कार्यभार पुरा गर्न सक्ने वा नसक्ने कुराले पदाधिकारीहरूको सफलता वा असफलता निर्धारण गर्ने नेता श्रेष्ठको भनाइ छ ।

उनले फेशबुकमा लेखेका छन्, ‘हाम्रो पार्टीको रूपान्तरणको सम्भावना छ किनकि यो सम्भावनाको आधार हामी भित्र छ । तर त्यसको सर्त हो ,हामी आफै आफ्नो निष्कर्ष प्रति इमानदार भएर रूपान्तरित हुन तयार हुनुपर्छ ।’

उनले फेशबुकमा लेखेका छन्, 

हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को यस अघि नै निर्णय भैसकेको अध्यक्ष , वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बाहेक  महासचिव लगायत बाँकी पदाधिकारीहरूले हिजो पूर्णता पाएको छ । आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानको व्यवस्था र पछिल्लो केन्द्रीय समितिको बैठकको निर्देशन अनुसार पदाधिकारीहरू चयन क्रममा जिम्मेवारी प्राप्त गर्नुभएका सबै कमरेडहरूलाई बधाई तथा सफल कार्यसम्पादनको निम्ति शुभकामना । तर यस अवसरमा स्पष्ट हुनु पर्ने कुरा के हो भने हाम्रो सफलता वा असफलता हाम्रा सामु चुनौतीपूर्ण रूपमा उपस्थित निम्न कार्यभारहरू पुरा गर्न सक्नेछौ वा सक्नेछैनौ भन्ने कुराले निर्धारित गर्नेछ ।

एक , राष्ट्रिय एकता सुदृढ गर्नु र नेपालको राष्ट्रिय सार्वभौमिकता ,भौगोलिक अखण्डता ,स्वाधीनता ,स्वाभिमान र हितको रक्षा गर्नु र सबल पार्नु । नेपालको भूराजनीतिक संवेदनशीलताको उपेक्षा ,स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीति बाट विचलन , शक्ति राष्ट्रहरूको संलग्नता एवं भूमिकामा बढोत्तरी सहित राष्ट्रिय स्वाधीनतामा सङ्कट तथा जोखिमको खतरा बाट मुलुकलाई बचाउनु छ ।

दुई , नेपालमा ठुलो वलिदानीपूर्ण संघर्षद्वारा स्थापित संघीय गणतन्त्रात्मक समाजवाद उन्मुख समावेशी लोकतन्त्रका उपलब्धिहरूको रक्षा गर्नु ,त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नु ,बिस्तार एवं विकास गर्नु । तर परम्परागत संसदीय गणतन्त्र भन्दा उन्नत  तथा नयाँ जनवादभन्दा भिन्न हाम्रो मौलिकतामा स्थापित आजको नयाँ प्रकारको लोकतन्त्रको रक्षा एवं विकास गर्नु पर्नेमा व्यवहारमा प्रतिगमनलाई बेहोर्दै परम्परागत संसदीय गणतन्त्रको अभ्यासको दिशामा अघि बढिरहेको नकारात्मक राजनीतिक अवस्था लाई फेरेर अग्रगामी दिशामा लैजानु आवश्यक छ ।

तीन, राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक क्षेत्रमा विस्तारित गरेर सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नु  र जनजीविकाका आधारभूत समस्याहरू समाधान गर्दै समाजवादको आधार तयार पार्नु  पर्दछ । तर राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको अपेक्षा पुरा हुन नसकेको र  तात्कालिक आर्थिक सङ्कट एवं जोखिम  समाधान भैनसकेको अवस्था छ ।

वैदेशिक सहयोग ,भन्सार राजस्व र विप्रेषण बाट देश चलाउने प्रवृत्ति , पुँजीगत खर्च कार्यान्वयनको दयनीय अवस्था एवं  कहालीलाग्दो व्यापार घाटाको निरन्तरता ,चरम भ्रष्टाचार  र नवउदारवादको पक्ष पोषणबाट आर्थिक सङ्कटको समाधान र न्यायपूर्ण विकास असम्भव छ भन्ने कुरा स्पष्ट छ । हामी ले यसलाई बदल्नै पर्नेछ ।

चार , समाजवाद निर्माणको रणनीतिक लक्ष्य हासिल गर्नु , समाजवादी क्रान्ति सम्पन्न गर्नु । हाम्रो समाजवाद एकातिर  सारतत्वमा पुँजीवाद नै रहेको प्रजातान्त्रिक समाजवाद भन्दा बिलकुल भिन्न रहनेछ भने अर्कोतिर गत कालमा अभ्यास गरिएको सोभियत मोडेलको समाजवादका कमजोरी हरू सच्चाइएको आजको २१ औँ शताब्दी अनुरुपको नयाँ मोडेलको उन्नत समाजवाद हुनेछ । यो वैज्ञानिक समाजवादको मूल मान्यतामा आधारित हुनेछ ।

उपरोक्त कार्यभार पुरा गर्नको निम्ति आम रूपमा नेपाली राजनीतिमा देखा परेको विकृति एवं प्रष्टिकरण आदर्श ,विचार ,सिद्धान्त , देश तथा जनताको हित केन्द्रित लक्ष ,मूल्य ,नैतिकताको डरलाग्दो ह्रासको वेगलाई रोक्न र फेर्न जरुरी छ । राजनीति सफा गर्ने आन्दोलनात्मक अभियान बिना यो सम्भव छैन । नेपाली देशभक्तिपूर्ण आन्दोलनको अग्रणी शक्ति र  नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको नेतृत्वदायी शक्ति हुनुको नाताले नेपाली कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीको मुख्य समस्याका रूपमा रहेको वैचारिक ( सांस्कृतिक समस्याको समाधान गर्नु आजको आवश्यकता हो ।

अर्थात वैचारिक सांस्कृतिक रूपान्तरणको ठुलो अभियानद्वारा  पार्टी र कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी रूपान्तरण र पुनर्गठन यति बेलाको ऐतिहासिक आवश्यकता हो । इतिहासले सुम्पिएको यो  जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात्  गर्दै यसलाई पुरा गर्ने  दिशामा दृढतापूर्वक अघि बढ्नु हाम्रो कर्तव्य हो । तत्कालीन रूपमा आसन्न चुनावी मोर्चाको सङ्घर्षलाई त्यस अन्तर्गतकै कामको रूपमा बुझिनु पर्दछ  ।

त्यसैले अध्यक्ष कमरेडको नेतृत्वमा रहेको वर्तमान पदाधिकारी टिमले यस ऐतिहासिक कार्यभार पुरा गर्ने दिशामा ठोस गुणात्मक कार्य गर्ने जिम्मेवारी प्राप्त नेतृत्व टिमको रूपमा आफूलाई बुझ्नुपर्दछ र त्यसै अनुसार एकता एवं समर्पणका साथ क्रियाशील हुनुपर्दछ । अन्यथा हाम्रो पद को कुनै तात्त्विक अर्थ रहनेछैन । आफ्नो तर्फबाट यस निम्ति प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण पदाधिकारी कमरेडहरूलाई समेत हार्दिक एवं गम्भीर अपिल गर्दछु । हाम्रो सफलता ,असफलताको कसी यही हुनेछ ।

उपरोक्त चार कार्यभारहरू पुरा गर्न र त्यसका लागि हाम्रो पार्टी र समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन गर्न अघि बढ्दा सर्वप्रथम हाम्रो सकारात्मक पक्षहरूको बारेमा स्पष्ट हुँदै त्यसलाई आत्मसात् गर्नु जरुरी छ । एक ,हाम्रो पार्टी अहिलेकै अवस्थामा पनि नेपालका प्रमुख राजनीतिक पार्टीहरू मध्ये सबभन्दा राम्रो परिवर्तनकारी पार्टी हो ।

दुई , सामाजिक न्याय सहितको समृद्धिको तात्कालिक कार्यनीतिक कार्यभार र वैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित समाजवाद निर्माणको रणनीतिक कार्यभार पुरा गर्न सक्षम क्रान्तिकारी पार्टीका रूपमा रूपान्तरण एवं विकासको सम्भावना पनि हाम्रो पार्टीमा नै छ। निम्न तथ्यहरूले हाम्रो पार्टीमा नै त्यो सम्भावनाको आधार रहेको स्पष्ट गर्दछ ।

एक, आजको परिवर्तन र उपलब्धिको मुख्य बाहक शक्ति हाम्रो पार्टी हो ,जुन कुरामा हामी गर्व गर्न सक्छौँ । दुई, ऐतिहासिक परिवर्तनलाई संस्थागत गरिएको वर्तमान संविधान माथि प्रतिगामी प्रहार हुँदा प्रतिगामी कदमको विरुद्ध व्यापक सङ्घर्षको अगुवाइ गरेर तात्कालिक प्रतिगमन लाई असफल पार्न मुख्य भूमिका खेल्ने शक्ति पनि हाम्रो पार्टी नै हो ।

तीन, हाम्रो पार्टी आफ्नो मूल नेतृत्वदायी भूमिकामा हासिल गरिएको परिवर्तनलाई ऐतिहासिक महत्त्वको परिवर्तन ठान्दछ र यसका उपलब्धिहरूको रक्षाको पक्षमा पनि दृढ छ । तर हाम्रो पार्टी अहिलेको यो परिवर्तनलाई पूर्ण र अन्तिम ठान्दैन, बरु समाजवादी व्यवस्थाको स्थापना गर्न दृढ छ । चार ,हाम्रो पार्टी नै त्यो पार्टी हो जसले आफ्नो कमजोरी  र रोगको स्पष्ट पहिचान एवं सार्वजनिक स्वीकारोक्तिले साथ त्यसलाई सच्याउने वा उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तसर्थ हाम्रो पार्टीको रूपान्तरणको सम्भावना छ किनकि यो सम्भावनाको आधार हामीभित्र छ । तर त्यसको सर्त हो ,हामी आफै आफ्नो निष्कर्ष प्रति इमानदार भएर रूपान्तरित हुन तयार हुनुपर्छ । सही नयाँ निष्कर्ष तर पुरानै यथास्थितिवादी व्यवहारको निरन्तरता ,आजको हाम्रो मुख्य समस्या र चुनौती हो। यसको सकारात्मक समाधान गर्ने साहस हामीले देखाउनै पर्छ । पार्टीले हामीलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको यस अवसरमा आउनुहोस् एकताबद्ध भएर पूर्ण समर्पणका साथ यस दिशामा अघि बढ्ने सङ्कल्प गरौँ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending