Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

‘माओवादी रूपान्तरणको सम्भावना छ, पूर्ण समर्पणका साथ अघि बढ्ने संकल्प गरौं’

नारायणकाजीले सम्झाए पदाधिकारीको चारवटा मुख्य कार्यभार

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार चयन गरिएका पार्टीका पदाधिकारीहरूलाई चारवटा कार्यभार स्मरण गराएका छन् । ती कार्यभार पुरा गर्न सक्ने वा नसक्ने कुराले पदाधिकारीहरूको सफलता वा असफलता निर्धारण गर्ने नेता श्रेष्ठको भनाइ छ ।

उनले फेशबुकमा लेखेका छन्, ‘हाम्रो पार्टीको रूपान्तरणको सम्भावना छ किनकि यो सम्भावनाको आधार हामी भित्र छ । तर त्यसको सर्त हो ,हामी आफै आफ्नो निष्कर्ष प्रति इमानदार भएर रूपान्तरित हुन तयार हुनुपर्छ ।’

उनले फेशबुकमा लेखेका छन्, 

हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को यस अघि नै निर्णय भैसकेको अध्यक्ष , वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बाहेक  महासचिव लगायत बाँकी पदाधिकारीहरूले हिजो पूर्णता पाएको छ । आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानको व्यवस्था र पछिल्लो केन्द्रीय समितिको बैठकको निर्देशन अनुसार पदाधिकारीहरू चयन क्रममा जिम्मेवारी प्राप्त गर्नुभएका सबै कमरेडहरूलाई बधाई तथा सफल कार्यसम्पादनको निम्ति शुभकामना । तर यस अवसरमा स्पष्ट हुनु पर्ने कुरा के हो भने हाम्रो सफलता वा असफलता हाम्रा सामु चुनौतीपूर्ण रूपमा उपस्थित निम्न कार्यभारहरू पुरा गर्न सक्नेछौ वा सक्नेछैनौ भन्ने कुराले निर्धारित गर्नेछ ।

एक , राष्ट्रिय एकता सुदृढ गर्नु र नेपालको राष्ट्रिय सार्वभौमिकता ,भौगोलिक अखण्डता ,स्वाधीनता ,स्वाभिमान र हितको रक्षा गर्नु र सबल पार्नु । नेपालको भूराजनीतिक संवेदनशीलताको उपेक्षा ,स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीति बाट विचलन , शक्ति राष्ट्रहरूको संलग्नता एवं भूमिकामा बढोत्तरी सहित राष्ट्रिय स्वाधीनतामा सङ्कट तथा जोखिमको खतरा बाट मुलुकलाई बचाउनु छ ।

दुई , नेपालमा ठुलो वलिदानीपूर्ण संघर्षद्वारा स्थापित संघीय गणतन्त्रात्मक समाजवाद उन्मुख समावेशी लोकतन्त्रका उपलब्धिहरूको रक्षा गर्नु ,त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नु ,बिस्तार एवं विकास गर्नु । तर परम्परागत संसदीय गणतन्त्र भन्दा उन्नत  तथा नयाँ जनवादभन्दा भिन्न हाम्रो मौलिकतामा स्थापित आजको नयाँ प्रकारको लोकतन्त्रको रक्षा एवं विकास गर्नु पर्नेमा व्यवहारमा प्रतिगमनलाई बेहोर्दै परम्परागत संसदीय गणतन्त्रको अभ्यासको दिशामा अघि बढिरहेको नकारात्मक राजनीतिक अवस्था लाई फेरेर अग्रगामी दिशामा लैजानु आवश्यक छ ।

तीन, राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक क्षेत्रमा विस्तारित गरेर सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नु  र जनजीविकाका आधारभूत समस्याहरू समाधान गर्दै समाजवादको आधार तयार पार्नु  पर्दछ । तर राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको अपेक्षा पुरा हुन नसकेको र  तात्कालिक आर्थिक सङ्कट एवं जोखिम  समाधान भैनसकेको अवस्था छ ।

वैदेशिक सहयोग ,भन्सार राजस्व र विप्रेषण बाट देश चलाउने प्रवृत्ति , पुँजीगत खर्च कार्यान्वयनको दयनीय अवस्था एवं  कहालीलाग्दो व्यापार घाटाको निरन्तरता ,चरम भ्रष्टाचार  र नवउदारवादको पक्ष पोषणबाट आर्थिक सङ्कटको समाधान र न्यायपूर्ण विकास असम्भव छ भन्ने कुरा स्पष्ट छ । हामी ले यसलाई बदल्नै पर्नेछ ।

चार , समाजवाद निर्माणको रणनीतिक लक्ष्य हासिल गर्नु , समाजवादी क्रान्ति सम्पन्न गर्नु । हाम्रो समाजवाद एकातिर  सारतत्वमा पुँजीवाद नै रहेको प्रजातान्त्रिक समाजवाद भन्दा बिलकुल भिन्न रहनेछ भने अर्कोतिर गत कालमा अभ्यास गरिएको सोभियत मोडेलको समाजवादका कमजोरी हरू सच्चाइएको आजको २१ औँ शताब्दी अनुरुपको नयाँ मोडेलको उन्नत समाजवाद हुनेछ । यो वैज्ञानिक समाजवादको मूल मान्यतामा आधारित हुनेछ ।

उपरोक्त कार्यभार पुरा गर्नको निम्ति आम रूपमा नेपाली राजनीतिमा देखा परेको विकृति एवं प्रष्टिकरण आदर्श ,विचार ,सिद्धान्त , देश तथा जनताको हित केन्द्रित लक्ष ,मूल्य ,नैतिकताको डरलाग्दो ह्रासको वेगलाई रोक्न र फेर्न जरुरी छ । राजनीति सफा गर्ने आन्दोलनात्मक अभियान बिना यो सम्भव छैन । नेपाली देशभक्तिपूर्ण आन्दोलनको अग्रणी शक्ति र  नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको नेतृत्वदायी शक्ति हुनुको नाताले नेपाली कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीको मुख्य समस्याका रूपमा रहेको वैचारिक ( सांस्कृतिक समस्याको समाधान गर्नु आजको आवश्यकता हो ।

अर्थात वैचारिक सांस्कृतिक रूपान्तरणको ठुलो अभियानद्वारा  पार्टी र कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी रूपान्तरण र पुनर्गठन यति बेलाको ऐतिहासिक आवश्यकता हो । इतिहासले सुम्पिएको यो  जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात्  गर्दै यसलाई पुरा गर्ने  दिशामा दृढतापूर्वक अघि बढ्नु हाम्रो कर्तव्य हो । तत्कालीन रूपमा आसन्न चुनावी मोर्चाको सङ्घर्षलाई त्यस अन्तर्गतकै कामको रूपमा बुझिनु पर्दछ  ।

त्यसैले अध्यक्ष कमरेडको नेतृत्वमा रहेको वर्तमान पदाधिकारी टिमले यस ऐतिहासिक कार्यभार पुरा गर्ने दिशामा ठोस गुणात्मक कार्य गर्ने जिम्मेवारी प्राप्त नेतृत्व टिमको रूपमा आफूलाई बुझ्नुपर्दछ र त्यसै अनुसार एकता एवं समर्पणका साथ क्रियाशील हुनुपर्दछ । अन्यथा हाम्रो पद को कुनै तात्त्विक अर्थ रहनेछैन । आफ्नो तर्फबाट यस निम्ति प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण पदाधिकारी कमरेडहरूलाई समेत हार्दिक एवं गम्भीर अपिल गर्दछु । हाम्रो सफलता ,असफलताको कसी यही हुनेछ ।

उपरोक्त चार कार्यभारहरू पुरा गर्न र त्यसका लागि हाम्रो पार्टी र समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन गर्न अघि बढ्दा सर्वप्रथम हाम्रो सकारात्मक पक्षहरूको बारेमा स्पष्ट हुँदै त्यसलाई आत्मसात् गर्नु जरुरी छ । एक ,हाम्रो पार्टी अहिलेकै अवस्थामा पनि नेपालका प्रमुख राजनीतिक पार्टीहरू मध्ये सबभन्दा राम्रो परिवर्तनकारी पार्टी हो ।

दुई , सामाजिक न्याय सहितको समृद्धिको तात्कालिक कार्यनीतिक कार्यभार र वैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित समाजवाद निर्माणको रणनीतिक कार्यभार पुरा गर्न सक्षम क्रान्तिकारी पार्टीका रूपमा रूपान्तरण एवं विकासको सम्भावना पनि हाम्रो पार्टीमा नै छ। निम्न तथ्यहरूले हाम्रो पार्टीमा नै त्यो सम्भावनाको आधार रहेको स्पष्ट गर्दछ ।

एक, आजको परिवर्तन र उपलब्धिको मुख्य बाहक शक्ति हाम्रो पार्टी हो ,जुन कुरामा हामी गर्व गर्न सक्छौँ । दुई, ऐतिहासिक परिवर्तनलाई संस्थागत गरिएको वर्तमान संविधान माथि प्रतिगामी प्रहार हुँदा प्रतिगामी कदमको विरुद्ध व्यापक सङ्घर्षको अगुवाइ गरेर तात्कालिक प्रतिगमन लाई असफल पार्न मुख्य भूमिका खेल्ने शक्ति पनि हाम्रो पार्टी नै हो ।

तीन, हाम्रो पार्टी आफ्नो मूल नेतृत्वदायी भूमिकामा हासिल गरिएको परिवर्तनलाई ऐतिहासिक महत्त्वको परिवर्तन ठान्दछ र यसका उपलब्धिहरूको रक्षाको पक्षमा पनि दृढ छ । तर हाम्रो पार्टी अहिलेको यो परिवर्तनलाई पूर्ण र अन्तिम ठान्दैन, बरु समाजवादी व्यवस्थाको स्थापना गर्न दृढ छ । चार ,हाम्रो पार्टी नै त्यो पार्टी हो जसले आफ्नो कमजोरी  र रोगको स्पष्ट पहिचान एवं सार्वजनिक स्वीकारोक्तिले साथ त्यसलाई सच्याउने वा उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तसर्थ हाम्रो पार्टीको रूपान्तरणको सम्भावना छ किनकि यो सम्भावनाको आधार हामीभित्र छ । तर त्यसको सर्त हो ,हामी आफै आफ्नो निष्कर्ष प्रति इमानदार भएर रूपान्तरित हुन तयार हुनुपर्छ । सही नयाँ निष्कर्ष तर पुरानै यथास्थितिवादी व्यवहारको निरन्तरता ,आजको हाम्रो मुख्य समस्या र चुनौती हो। यसको सकारात्मक समाधान गर्ने साहस हामीले देखाउनै पर्छ । पार्टीले हामीलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको यस अवसरमा आउनुहोस् एकताबद्ध भएर पूर्ण समर्पणका साथ यस दिशामा अघि बढ्ने सङ्कल्प गरौँ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending