Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

प्रचण्डको पहलमा चितवनको माडीमा अबौँका योजना

बजेट कार्यान्वयन भए माडीमा विकासले फड्को मार्ने विश्वास

खबरडबली संवाददाता

चितवन । चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अर्ब बढीका केन्द्रीय योजना परेका छन् । जसका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । नागरिकका अपेक्षा धेरै रहँदा पूर्ण प्राप्ति भई नसके पनि विकासले भने गति लिँदै गएको छ ।

सो क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएसँगै केन्द्रीय पहुँचका कारण ठूलो बजेट यहाँ आउन सफल भएको हो । माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार पहुँचकै कारण धेरै काम गर्न सकिएको छ ।  उनले भने,, “माथि अध्यक्ष भएकै कारण म यहाँ उफ्रिन पाएँ र विकासले फड्को मा¥यो ।” 

ठाकुरको भनाइमा माडीमा विद्युतीकरणका लागि दाहाल निर्वाचित भएसँगै रु १८ करोड बजेट विनियोजन भयो । निर्वाचनअघिसम्म २७ प्रतिशत नागरिकले विद्युत्को उपभोग गरेकामा अहिले अधिकांश माडी विद्युतीकरण भएको छ । पहिले मुख्य सडकका क्षेत्रमा मात्रै विद्युतीकरण थियो । 

माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएन । सिटिइभिटीबाट मान्यताप्राप्त हुने गरी दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीमा स्थापना भयो । ढकालले दाहालकै पहलमा रु १० करोड बजेटसहित शिक्षालय स्थापना भएको बताउनुहुन्छ । जहाँ अहिले कृषि, स्वास्थ्य, इञ्जीनियरिङ विषयका पढाइ हुँदै आएको छ । 

विसं २०७४ साउन २७, २८ र २९ गते आएको बाढीले मगुई, पसरे, चन्द्रे, बाँदरमुढे र चितई खोलाले कटान गरेको थियो । ती खोला तटबन्धनका लागि सङ्घीय सरकारमार्फत रु सात करोड विनियोजन भयो । जसले गर्दा माडी नगरपालिका–४, ५, ६ र ७ वडाका बासिन्दा लाभान्वित भएका छन् । 

माडीको परुईबाट रिउखोलासम्मको हुलाकी सडक निर्माणका लागि रु ५२ करोड विनियोजन भई काम अघि बढेको छ । ढकालका अनुसार ७।८ किलोमिटर लम्बाइ र ७।५ मिटर चौडाइको उच्चस्तरको सडक बनाइँदै छ । सो सडकको ड्रेन र कल्भर्टको काम अन्तिम चरणमा पुगेको छ । दाहालकै पहलमा काम भएको ढकाल बताउँछन। 

विसं २०७४ को बाढीले बगाएका चितई, रतनी र भालुखोलाको पुल अन्तिम चरणमा पुगेका छन् । रतनीखोलाको पुल आजै उद्घाटन हुँदैछ भने चितई र भालुखोलाको थोरै काममात्रै बाँकी छ । गत आर्थिक वर्षमा मरोठ, चितई, मगुई, परुई, रम्टाखोला नियन्त्रणका लागि रु २० करोडको बोलपत्र आह्वान भई काम अघि बढाइएको छ । ढकालका अनुसार टम्टाखोला नियन्त्रणको कामको शिलान्यास आजै गरिँदै छ । 

गएको वर्षकै बजेटमा विनियोजित निर्वाचन क्षेत्र विकास सडक शीर्षकबाट रु २५ करोड विनियोजन भई बरुवा–भैरवपुर–चिरौली–शीतलपुर हुँदै गगटे खोलासम्मको १० किलोमिटर सडक कालोपत्र गरिँदै छ । यसको शिलान्यास पनि आजै बरुवा बजारमा हुँदैछ । यसबाट माडीका भित्री सडक आसपास बस्ने बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । 

माडीलाई सहरोन्मुख नगरमा घोषणा गराएर गत आर्थिक वर्षमा १४ किलोमिटर सडक, बाँदरमुढे शान्तिपार्क र २ नं वडामा सहिद पार्क निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । ढकालका अनुसार रु २० करोड बजेट यी आयोजनाका लागि विनियोजन भएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा स्थानीयवासीले घर पाएका छन् भने भूमिहीनले लालपुर्जा पाउने क्रम सुरु भएको छ ।

दाहालकै पहलमा हुलाकी सडकमा पर्ने खोलामा सबै पुल निर्माणको क्रममा रहेका छन् । कतिपय सम्पन्न भइसकेका हुन् । दाहाल निर्वाचित हुनुअघि कतिपय पुलको काम थालिएको भए पनि पछिल्लो समय भएको पहलका कारण काम छिटो भएको हो । 

निवर्तमान प्रमुख ढकालले ठोरीबाट बगइसम्मको निकुञ्जभित्रको सडक कालोपत्र, वनकट्टादेखि ध्रुवसम्मको सडक कालोपत्र र पुलका लागि यो वर्षको बजेटमा विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गरिएको छ । यी सडक र पुल बन्न रु  दुई अर्बभन्दा बढी लागत लाग्ने ढकालको अनुमान छ । 

यससँगै माडीका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने उहाँ बताउनुहुन्छ । यसको प्रत्यक्ष लाभ ठोरीसम्मका जनताले पनि पाउने उहाँको भनाइ छ । यस्तै माडी वडा नं ७ मा कालोपत्र गर्न रु दुई करोड, बाँदरझुला विद्युतीकरणका लागि रु दुई करोड ८५ लाख, माडीमा कृषि विद्युतीकरणका लागि रु दुई करोड ४३ लाख, बघौडा अस्पतालका लागि रु दुई करोड, दिवाकर स्मृति माविका लागि रु एक करोड ५० लाख, जनकल्याण माविका लागि रु एक करोड सङ्घीय सरकारबाट बजेट प्राप्त भएको छ । 

चालु आर्थिक वर्षमा माडीका विभिन्न आयोजनाका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजनामार्फत रु २० करोड बजेट विनियोजन भएको छ । यस्तै विभिन्न खोलाको तटबन्धनका लागि रु २० करोड विनियोजन भएको उहाँले जानकारी दिए। यसै वर्ष पाँचवटा डिपबोरिङ र १८ वटा स्यालो ट्य्बेल पनि माडीमा बन्दैछन् । 

यसका अतिरिक्त विभिन्न विकासका आयोजना माडीमा अघि बढेका हुन् । दाहालले सोझै मन्त्रालयमा माडीका आवश्यक आयोजनालाई सम्बोधन गर्न आग्रह गरेसँगै आयोजनाले मूर्तरुप लिएका हुन् । स्थानीय तहमा आवश्यकताको छलफल गरी अनुरोध गरेसँगै बजेट निकासा गराउन सफल भएको ढकालको भनाइ छ । 

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले यस वर्ष माडीमा धेरै सङ्घीय बजेट परेको भन्दै कार्यान्वयन गर्न सकिएमा माडीको विकासले फड्को मार्ने बताए । विगतमा भएका विकास निर्माणका काम ठेकेदार कम्पनीले समयमा नगरिदिँदा समस्या भएको उनको भनाइ छ । 

स्थानीय तहमा कम बजेट हुने हुँदा विकासका काम थोरै मात्र हुने गर्दछन् । सङ्घीय बजेट धेरै आएसँगै माडीलाई सुन्दर नगरी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । माडीमा ३५ हजार जनसङ्ख्या रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending