Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

प्रचण्डको पहलमा चितवनको माडीमा अबौँका योजना

बजेट कार्यान्वयन भए माडीमा विकासले फड्को मार्ने विश्वास

खबरडबली संवाददाता

चितवन । चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अर्ब बढीका केन्द्रीय योजना परेका छन् । जसका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । नागरिकका अपेक्षा धेरै रहँदा पूर्ण प्राप्ति भई नसके पनि विकासले भने गति लिँदै गएको छ ।

सो क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएसँगै केन्द्रीय पहुँचका कारण ठूलो बजेट यहाँ आउन सफल भएको हो । माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार पहुँचकै कारण धेरै काम गर्न सकिएको छ ।  उनले भने,, “माथि अध्यक्ष भएकै कारण म यहाँ उफ्रिन पाएँ र विकासले फड्को मा¥यो ।” 

ठाकुरको भनाइमा माडीमा विद्युतीकरणका लागि दाहाल निर्वाचित भएसँगै रु १८ करोड बजेट विनियोजन भयो । निर्वाचनअघिसम्म २७ प्रतिशत नागरिकले विद्युत्को उपभोग गरेकामा अहिले अधिकांश माडी विद्युतीकरण भएको छ । पहिले मुख्य सडकका क्षेत्रमा मात्रै विद्युतीकरण थियो । 

माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएन । सिटिइभिटीबाट मान्यताप्राप्त हुने गरी दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीमा स्थापना भयो । ढकालले दाहालकै पहलमा रु १० करोड बजेटसहित शिक्षालय स्थापना भएको बताउनुहुन्छ । जहाँ अहिले कृषि, स्वास्थ्य, इञ्जीनियरिङ विषयका पढाइ हुँदै आएको छ । 

विसं २०७४ साउन २७, २८ र २९ गते आएको बाढीले मगुई, पसरे, चन्द्रे, बाँदरमुढे र चितई खोलाले कटान गरेको थियो । ती खोला तटबन्धनका लागि सङ्घीय सरकारमार्फत रु सात करोड विनियोजन भयो । जसले गर्दा माडी नगरपालिका–४, ५, ६ र ७ वडाका बासिन्दा लाभान्वित भएका छन् । 

माडीको परुईबाट रिउखोलासम्मको हुलाकी सडक निर्माणका लागि रु ५२ करोड विनियोजन भई काम अघि बढेको छ । ढकालका अनुसार ७।८ किलोमिटर लम्बाइ र ७।५ मिटर चौडाइको उच्चस्तरको सडक बनाइँदै छ । सो सडकको ड्रेन र कल्भर्टको काम अन्तिम चरणमा पुगेको छ । दाहालकै पहलमा काम भएको ढकाल बताउँछन। 

विसं २०७४ को बाढीले बगाएका चितई, रतनी र भालुखोलाको पुल अन्तिम चरणमा पुगेका छन् । रतनीखोलाको पुल आजै उद्घाटन हुँदैछ भने चितई र भालुखोलाको थोरै काममात्रै बाँकी छ । गत आर्थिक वर्षमा मरोठ, चितई, मगुई, परुई, रम्टाखोला नियन्त्रणका लागि रु २० करोडको बोलपत्र आह्वान भई काम अघि बढाइएको छ । ढकालका अनुसार टम्टाखोला नियन्त्रणको कामको शिलान्यास आजै गरिँदै छ । 

गएको वर्षकै बजेटमा विनियोजित निर्वाचन क्षेत्र विकास सडक शीर्षकबाट रु २५ करोड विनियोजन भई बरुवा–भैरवपुर–चिरौली–शीतलपुर हुँदै गगटे खोलासम्मको १० किलोमिटर सडक कालोपत्र गरिँदै छ । यसको शिलान्यास पनि आजै बरुवा बजारमा हुँदैछ । यसबाट माडीका भित्री सडक आसपास बस्ने बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । 

माडीलाई सहरोन्मुख नगरमा घोषणा गराएर गत आर्थिक वर्षमा १४ किलोमिटर सडक, बाँदरमुढे शान्तिपार्क र २ नं वडामा सहिद पार्क निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । ढकालका अनुसार रु २० करोड बजेट यी आयोजनाका लागि विनियोजन भएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा स्थानीयवासीले घर पाएका छन् भने भूमिहीनले लालपुर्जा पाउने क्रम सुरु भएको छ ।

दाहालकै पहलमा हुलाकी सडकमा पर्ने खोलामा सबै पुल निर्माणको क्रममा रहेका छन् । कतिपय सम्पन्न भइसकेका हुन् । दाहाल निर्वाचित हुनुअघि कतिपय पुलको काम थालिएको भए पनि पछिल्लो समय भएको पहलका कारण काम छिटो भएको हो । 

निवर्तमान प्रमुख ढकालले ठोरीबाट बगइसम्मको निकुञ्जभित्रको सडक कालोपत्र, वनकट्टादेखि ध्रुवसम्मको सडक कालोपत्र र पुलका लागि यो वर्षको बजेटमा विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गरिएको छ । यी सडक र पुल बन्न रु  दुई अर्बभन्दा बढी लागत लाग्ने ढकालको अनुमान छ । 

यससँगै माडीका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने उहाँ बताउनुहुन्छ । यसको प्रत्यक्ष लाभ ठोरीसम्मका जनताले पनि पाउने उहाँको भनाइ छ । यस्तै माडी वडा नं ७ मा कालोपत्र गर्न रु दुई करोड, बाँदरझुला विद्युतीकरणका लागि रु दुई करोड ८५ लाख, माडीमा कृषि विद्युतीकरणका लागि रु दुई करोड ४३ लाख, बघौडा अस्पतालका लागि रु दुई करोड, दिवाकर स्मृति माविका लागि रु एक करोड ५० लाख, जनकल्याण माविका लागि रु एक करोड सङ्घीय सरकारबाट बजेट प्राप्त भएको छ । 

चालु आर्थिक वर्षमा माडीका विभिन्न आयोजनाका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजनामार्फत रु २० करोड बजेट विनियोजन भएको छ । यस्तै विभिन्न खोलाको तटबन्धनका लागि रु २० करोड विनियोजन भएको उहाँले जानकारी दिए। यसै वर्ष पाँचवटा डिपबोरिङ र १८ वटा स्यालो ट्य्बेल पनि माडीमा बन्दैछन् । 

यसका अतिरिक्त विभिन्न विकासका आयोजना माडीमा अघि बढेका हुन् । दाहालले सोझै मन्त्रालयमा माडीका आवश्यक आयोजनालाई सम्बोधन गर्न आग्रह गरेसँगै आयोजनाले मूर्तरुप लिएका हुन् । स्थानीय तहमा आवश्यकताको छलफल गरी अनुरोध गरेसँगै बजेट निकासा गराउन सफल भएको ढकालको भनाइ छ । 

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले यस वर्ष माडीमा धेरै सङ्घीय बजेट परेको भन्दै कार्यान्वयन गर्न सकिएमा माडीको विकासले फड्को मार्ने बताए । विगतमा भएका विकास निर्माणका काम ठेकेदार कम्पनीले समयमा नगरिदिँदा समस्या भएको उनको भनाइ छ । 

स्थानीय तहमा कम बजेट हुने हुँदा विकासका काम थोरै मात्र हुने गर्दछन् । सङ्घीय बजेट धेरै आएसँगै माडीलाई सुन्दर नगरी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । माडीमा ३५ हजार जनसङ्ख्या रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending