काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताएकि छन् ।
अखिल(क्रान्तिकारी) केन्द्रिय छात्रा विभागद्वारा आज आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनले भनिन्, “महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि हो, त्यसपछि क्षमताअनुसार नै काम र सुविधा पाइन्छ ।”
जनआन्दोलन र जनयुद्धको संयुक्त प्रयासबाट समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा समेटिएका निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था लागू गर्नेसहितका मौलिक अधिकार संस्थागत लैजानुपर्नेमा जोड दिइन्।
उनले समाज परिवर्तन भएअनुसार तीज मनाउने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै तीजलाई अलौकिकभन्दा पनि भौतिकवादीरूपमा वैज्ञानिक तवरले मनाउन आम महिलालाई अपिल गरिन्।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य ओनसरी घर्तीमगरले तीजमार्फत अधिकारका लागि जनचेतना विस्तार गर्नुपर्ने बताइन् । उनले भनिन्, “कम्युनिष्टहरू भौतिकवाद र विज्ञानमा विश्वास गर्छन्, उनीहरूले तीजलाई समाज रूपान्तरणका लागि चेतना विस्तार गर्ने पर्वका रूपमा मनाउनुपर्छ ।”
अखिल ९क्रन्तिकारी०का अध्यक्ष पञ्चा सिंहले आम महिलाले तीज पर्वलाई परिवर्तन र विद्रोहका रूपमा लिनुपर्ने बताउँदै अधिकार सुनिश्चित गर्नका लागि महिलाले निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिइन् ।
यसैबीच नेपाल राष्ट्रिय कर्मचारी महासङघ, महिला विभागले पनि आज यहाँ तीज विशेष कार्यक्रमम आयोजना गरेको छ । सो कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीले तीज मनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १५:५९
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...
चैत्र ५ गते, २०८२ - १५:२२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १५:०३
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...
चैत्र ५ गते, २०८२ - १४:४३
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...
चैत्र ५ गते, २०८२ - १४:०१
काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष ...
चैत्र ५ गते, २०८२ - १३:२८
हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...
चैत्र ५ गते, २०८२ - १३:२८
हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...
चैत्र ५ गते, २०८२ - १३:१८
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्...
चैत्र ५ गते, २०८२ - १३:०९
धनगढी। कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ । बुधबार राति ना ६ ख ७७८ नम्बरक...
चैत्र ५ गते, २०८२ - १२:५९
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जानकारी दिएको छ। विभागका अनु...


प्रतिकृया लेख्नुहोस्: