Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

सत्ता गठबन्धनमा यसरी हुँदैछ सिटको 'बार्गेनिङ', कुन पार्टीको कति सिट दाबी ?

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ गठबन्धनमा दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका छन् ।

सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा पाँच दलले आफ्नो दाबी राखेका हुन् । 

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको मतपरिणामको आधारमा कुन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भन्ने विवरण तयार गर्न पुनः कार्यदललाई नै जिम्मेवारी दिएको छ । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै निर्वाचन क्षेत्रबारे आवश्यक गृहकार्य गरी त्यस क्षेत्रको विस्तृत प्रतिवेदन ल्याउन निर्देशन दिइएको छ ।

कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ ।

एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ । बालुवाटारको बैठकपछि उनले भने, कुन दलको कस्तो स्थिति कस्तो छ भन्ने छलफल गरेर एउटा टुंगोमा पुग्छौं ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलम...

कामपाका सहकारीमा सूचना अधिकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको ...

सन्तानब्बे वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुर । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मग...

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

ललितपुर । गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्...

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

बागलुङ । बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्...

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ । एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी- २० को उपाधि जितेको छ । एपीएफले शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्...

काठमाडौँ महानगरको सार्बजनिक सुनुवाई: डुबानबाट जोगाउन, पार्किङ् मिलाइदिन माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल निकास र व्यापारीले पार्किङ् व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना माग गरेका छन् । ...

उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।  गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका...

वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटे

बारा । बाराको कोल्हवी सव डिभिजन वन कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएका ९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटेका छन् । ...

टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ ।    गाउँपालिकाभित्रका सबै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies