Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

उम्मेदवार सिफारिसमा जुटे दलहरु

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीका राजनीतिक दलहरुले आगामी मंसिर ४ हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रिया थालेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारका आकाक्षीहरुको तल्लो कमिटिबाट नाम संकलन गरेर छनौटको प्रक्रिया अघि बढाएका हुन् ।

नेपाली कांग्रेसले आकाक्षीहरुको नाम सिफारिस गरिसकेको छ । नेकपा (माओवादी केन्द्र)ले आकाक्षीको नाम संकलन गरेको छ । नेकपा (एकीकृत समाजवादी) र राप्रपाले पनि उम्मेदवार सिफारिस गरेका छन् । 

नेकपा एमालेले शनिबार प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारकोे विवरण संकलन गरेको छ । एमालेबाट प्रदेशसभा क्षेत्र (क)मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेता सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमुकमारी पु, शिवकुमार बरुवाल, प्रकाश पौडेल र बेलबहादुर चोखालले दावी पेश गरेका छन् । 

समानुपातिकतर्फ बिष्णु गुरुङ, गणेशबहादुर बानिया, जीवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्बुजा र सिवानी ल्वागनले दावी गरेका छन्। यसैगरी प्रदेशसभा क्षेत्र (ख)को प्रत्यक्षतर्फ एमालेका गण्डकी प्रदेश अध्यक्ष तथा संबिधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य रामचन्द्र गौतम, नेताहरु यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकाले दावी गरेका छन् । 

समानुपातिकतर्फ खरमाया बिटालु, सिर्जना केसी, सिता गुरुङले दावी गरेका छन् । प्रदेशसभाको क्षेत्रले सिफारिस गरेका, प्रतिनिधीसभाको प्रत्यक्ष र समानुपातिकका आकाक्षीहरुको नाम सोमबार बस्ने जिल्ला कमिटि बैठकमा पेश र छलफल हुने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले बताए । 

कांग्रेस म्याग्दीको शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका ३२ जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको छ । 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, संविधान सभा सदस्य रेशमबहादुर बानियाँ र पार्टी जिल्ला उप–सभापति कर्णबहादुर भण्डारी (केवी) सिफारिस हभएको जिल्ला सचिब हिरा पुनले जानकारी दिए ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ माधवप्रसाद रेग्मी, नेत्रबहादुर महत, हिराबहादुर पुन, मनकुमारी विश्वकर्मा, विनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भिमबहादुर रोका मगर, दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ । प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, मिनबहादुर कार्की र डमबहादुर गर्बुजा सिफारिस भएका छन् ।

सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस भएका छन् ।  समानुपातिकतर्फ खिमबहादुर पुर्जा, देविकुमारी बुढा, यामबहादुर हर्मेल, तमबहादुर थापा, तेजिन्द्र थापा, कमरा पटेल, दिलबहादुर विक, रामदेवी पुन र सुरेन्द्र खत्रीको नाम सिफारिस भएको छ । 

नेकपा (एकीकृत समाजवादी) म्याग्दीले प्रतिनिधीसभाको प्रत्यक्षतर्फ केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला सहइञ्चार्ज गोविन्द सुवेदी, लेखा आयोगका केन्द्रिय सदस्य याम श्रेष्ठलाई सिफारिस गरेको छ । समानुपातिकतर्फ बद्रि पुन, देउप्रसाद छन्त्याल र होमबहादुर बरुवालको नाम सिफारिस भएको छ । 

प्रदेशसभा क्षेत्र (क)को प्रत्यक्षतर्फ नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र उपाध्यक्ष हेमराज शर्मा, समानुपातिकतर्फ मुना बानियाँ, दुर्गा कार्की र डम्बर पुर्जा सिफारिस भएका छन् । प्रदेशसभा क्षेत्र (ख)मा प्रत्यक्षतर्फ जयन्द्र केसी, अनुप गौचन, ममता जुग्जाली, समानुपातिकमा रुद्र किसान, बमबहादुर पाईजा र कल्पना सापकोटा सिफारिस भएका छन् । 

माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य पदमा संविधानसभा सदस्य तथा जिल्ला इञ्चार्ज गोविन्द पौडेल, जिल्ला समन्वय कमिटिका संयोजक रेशम जुग्जाली, प्रदेश सदस्य तथा सांसद विनोद केसी र केन्द्रिय सल्लाहकार चन्द्रबहादुर घिमिरेले दावी प्रस्तुत गरेका छन्। 

प्रदेश सभा ‘क’ मा हरि बहादुर भण्डारी, धनलाल जैसी, बागविर पाईजा, शेरबहादुर केसी र चन्द्रबहादुर घिमिरे, ‘ख’ मा रेशम जुग्जाली, अर्जुन थापा, झक बहादुर छन्त्याल, खुमनाथ सुवेदी र चन्द्रप्रसाद बुढाथोकीले प्रत्यक्षतर्फको उम्मेदवारी दावी गरेका छन् । 

समानुपातिकतर्फ संघमा कृष्णबहादुर थापा, प्रदेशतर्फ टेकबहादुर बिक, यामन रोका, गौरी सेन्चुरी र सुकमायाँ रोकाले उम्मेदवार बन्न दावी पेश गरेको सो पार्टीले जनाएको छ । राप्रपाले प्रतिनिधिसभामा जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क) मा रामबहादुर शाही र (ख) मा होमबहादुर थापाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending