इलाम । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा ९एमाले०ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो ।
क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेपछि उहाँ नै उम्मेदवार बन्ने निश्चित भएको हो । मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए । नेम्वाङ २०५६ सालयता भएका सबै संसदीय÷संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निरन्तर विजयी भइरहेका छन् । उनले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए ।
क्षेत्र नं २ ९क० बाट पनि गणेशप्रसाद बरालको एकल नाम सिफारिस गरेको जनाइएको छ । बराल जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख छन् । एमालेले हाल अन्य स्थानका समेत उम्मेदवार टुङ्गो लगाउन कसरत गरिरहेको छ । अन्य क्षेत्रबाट आकांक्षी धेरै भएपछि सम्बन्धित कमिटीले जिल्लामा नाम सिफरिस गरेर पठाएको छ ।
नाम छनोटमा बढी पार्टीमा समय दिएकालाई टिकट दिने गरी छलफल भइरहेको पार्टीले जानकारी दिएको छ । जिल्लामा प्रतिनिधिसभामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । त्यस्तै प्रदेशसभामा चार वटा निर्वाचन क्षेत्र रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १७:०३
काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीको काममा नलग्ने नेताहरूलाई बिदा गरिने बताएका छन । एमा...
पौष ३ गते, २०८१ - १६:५४
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउएका...
पौष ३ गते, २०८१ - १६:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स प्रवेश गरेको छ । विनोद भण्डारीको अर्धशतक मदतमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर...
पौष ३ गते, २०८१ - १६:२९
काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन । थाइल्याण्डको राजधानी बै...
पौष ३ गते, २०८१ - १६:२२
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेको छन । राष्ट्रपति पौडेलले बुधबार डा। शङ्करप्रसाद शर्मा भारतका ल...
पौष ३ गते, २०८१ - १६:००
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकर...
पौष ३ गते, २०८१ - १५:४६
काठमाडौं। नेपाली यु १९ टोलीले हङकङ विरुद्ध २२६ रनले बिजयी भएकाे छ । एकदिवसीय अभ्यास शृंखला आफ्नो पक्षमा पारेको नेपालले फराकिलाे जीत हासिल गरेकाे छ...
पौष ३ गते, २०८१ - १५:३७
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा ज...
पौष ३ गते, २०८१ - १५:३०
तुलसिपुर। पिकअप भ्यानको ठक्करबाट तुलसिपुरमा एक जना महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–५ निवासी ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो । इलाका ...
पौष ३ गते, २०८१ - १४:५६
काठमाडौं। जनकपुर बोल्टसले सुदुरपश्चिमलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो इलिमिनेटरमा जनकपुरले सुदूरपश्...
प्रतिकृया लेख्नुहोस्: