मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य हासिल गरेको दाबी गरेका छन् ।
दमन र व्यापक मानव अधिकार उल्लङ्घन तथा गृहयुद्धका आरोपहरूले चिनिएको असद परिवारको आधा शताब्दी लामो शासनको अन्त्य गर्दै विद्रोहीहरूको आकस्मिक अग्रगति गरेपछि असद यस महिनाको सुरुमा मस्को भागेका थिए । लोकतन्त्रको विरोधमा उनको दमनले गृहयुद्ध निम्त्याएको १३ वर्षभन्दा बढी समयपछि उनको प्रस्थान भएको हो ।
रुस असदको प्रमुख समर्थक थियो र २०१५ मा उनको मद्दतमा आएर द्वन्द्वको दिशा नै परिवर्तन गरिदिएको थियो । “सिरियामा जे भइरहेको छ त्यसलाई तपाई रुसको पराजयका रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ”, पुटिनले वर्षको अन्त्यमा आफ्नो वार्षिक पत्रकार सम्मेलनमा एक अमेरिकी पत्रकारको प्रश्नको जवाफमा भने, “म तपाईंलाई आश्वस्त पार्छु यो त्यस्तो होइन, हामी १० वर्षअघि सिरियामा आएका थियौँ ताकि त्यहाँ अफगानिस्तान जस्तै आतङ्कवादी गढ बन्न नपाओस् । समग्रमा, हामीले आफ्नो लक्ष्य हासिल गरेका छौँ ।”
उनले मस्कोमा असदसँग भेट्न बाँकी रहेको तर चाँडै भेट्ने योजना बनाएको बताए । “मस्को आइपुगेपछि मैले राष्ट्रपति असदलाई देखेको छैन तर म निश्चित रूपमा उहाँसँग कुरा गर्नेछु”, उनले भने । असदको पतनपछि पुटिनले पहिलो पटक सार्वजनिक रूपमा सिरियाको स्थितिबारे बोलेका थिए ।
मस्को सिरियामा दुईवटा सैन्य आधारको भविष्य सुरक्षित गर्न उत्सुक छ । टार्टस नेभल बेस र हेमिमिम एयर बेस पूर्व सोभियत सङ्घबाहिर रुसको एक मात्र सैन्य चौकीहरू हुन् र ती अफ्रिका र मध्यपूर्वमा क्रेमलिनका गतिविधिहरुका लागि महत्वपूर्ण रहेका छन् । पुटिनले ती अड्डाहरु रुसको नियन्त्रणमा राख्न समर्थन रहेको बताए । “हामी त्यहाँ स्थिति नियन्त्रण गर्ने सबैसँग, क्षेत्रका सबै देशहरुसँग सम्पर्कमा छौँ । तिनीहरूको ठूलो बहुमत हाम्रा सैन्य अड्डाहरु त्यहाँ रहिरहनुमा चासो राख्छन् भन्छन्”, उनले भने । उनले तेहरानको अनुरोधमा रुसले चार हजार इरानी सैनिकलाई त्यस देशबाट निकालेको पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: