Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

असदको पतन रुसका लागि ‘पराजय’ होइन:पुटिन

खबरडबली संवाददाता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य हासिल गरेको दाबी गरेका छन् । 

दमन र व्यापक मानव अधिकार उल्लङ्घन तथा गृहयुद्धका आरोपहरूले चिनिएको असद परिवारको आधा शताब्दी लामो शासनको अन्त्य गर्दै विद्रोहीहरूको आकस्मिक अग्रगति गरेपछि असद यस महिनाको सुरुमा मस्को भागेका थिए । लोकतन्त्रको विरोधमा उनको दमनले गृहयुद्ध निम्त्याएको १३ वर्षभन्दा बढी समयपछि उनको प्रस्थान भएको हो । 

रुस असदको प्रमुख समर्थक थियो र २०१५ मा उनको मद्दतमा आएर द्वन्द्वको दिशा नै परिवर्तन गरिदिएको थियो । “सिरियामा जे भइरहेको छ त्यसलाई तपाई रुसको पराजयका रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ”, पुटिनले वर्षको अन्त्यमा आफ्नो वार्षिक पत्रकार सम्मेलनमा एक अमेरिकी पत्रकारको प्रश्नको जवाफमा भने, “म तपाईंलाई आश्वस्त पार्छु यो त्यस्तो होइन, हामी १० वर्षअघि सिरियामा आएका थियौँ ताकि त्यहाँ अफगानिस्तान जस्तै आतङ्कवादी गढ बन्न नपाओस् । समग्रमा, हामीले आफ्नो लक्ष्य हासिल गरेका छौँ ।”

उनले मस्कोमा असदसँग भेट्न बाँकी रहेको तर चाँडै भेट्ने योजना बनाएको बताए । “मस्को आइपुगेपछि मैले राष्ट्रपति असदलाई देखेको छैन तर म निश्चित रूपमा उहाँसँग कुरा गर्नेछु”, उनले भने । असदको पतनपछि पुटिनले पहिलो पटक सार्वजनिक रूपमा सिरियाको स्थितिबारे बोलेका थिए । 

मस्को सिरियामा दुईवटा सैन्य आधारको भविष्य सुरक्षित गर्न उत्सुक छ । टार्टस नेभल बेस र हेमिमिम एयर बेस पूर्व सोभियत सङ्घबाहिर रुसको एक मात्र सैन्य चौकीहरू हुन् र ती अफ्रिका र मध्यपूर्वमा क्रेमलिनका गतिविधिहरुका लागि महत्वपूर्ण रहेका छन् । पुटिनले ती अड्डाहरु रुसको नियन्त्रणमा राख्न समर्थन रहेको बताए । “हामी त्यहाँ स्थिति नियन्त्रण गर्ने सबैसँग, क्षेत्रका सबै देशहरुसँग सम्पर्कमा छौँ । तिनीहरूको ठूलो बहुमत हाम्रा सैन्य अड्डाहरु त्यहाँ रहिरहनुमा चासो राख्छन् भन्छन्”, उनले भने । उनले तेहरानको अनुरोधमा रुसले चार हजार इरानी सैनिकलाई त्यस देशबाट निकालेको पनि बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending