Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

खबरडबली संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ५१ दशमलव ८४ मा सीमित भएको छ ।

कूल दुई सय २७ कम्पनीको ३२ लाख नौ हजार नौ सय ८३ कित्ता शेयर रु एक अर्ब १९ करोड सात लाख ६५ हजार छ सय १३ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । होटल तथा पर्यटन पाँच  दशमलव ६६ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य छ अङ्कले उकालो लाग्यो ।

यस्तै, बैंकिङ छ दशमलव ८३, व्यापार २९ दशमलव सात, विकास बैंक ६४ दशमलव ८९, जलविद्युत् ४७ दशमलव ७८, वित्त ३५ दशमलव ३१, निर्जीवन बीमा एक सय ४७ दशमलव नौ, उत्पादन २३ दशमलव ३८, अन्य १८ दशमलव ७८, लघुवित्त ५२ दशमलव ४१, जीवन बीमा ८५ दशमलव ६४ र लगानी शून्य दशमलव आठ अङ्कले ओरालो लाग्यो ।

मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ९९ अर्ब ७० करोड ९७ लाख ५४ हजार छ सय ३६ बराबर कायम भएको छ । नेप्सेका अनुसार, हिमालउन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड १४ लाख १८ हजार सात सय २६ बराबरको कारोबार भयो । रिडी हाइड्रोपावर रु नौ करोड ११ लाख ७० हजार एक सय ४७, सानिमा माई हाइड्रोपावर रु आठ करोड ५५ लाख ८७ हजार दुई सय ८५, नबिल बैंक रु पाँच करोड ६६ लाख ८५ हजार चार सय ७९ र नेपाल लाइफ इन्स्योरेन्स रु चार करोड ३० लाख ९५ हजार सात सय नौ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार उन्नति सहकार्य लघुवित्त नौ  दशमलव ६८, एनएमबी हाइब्रिड फण्ड एक दुई दशमलव ५४, सामुदायिक लघुवित्त एक दशमलव ९९, मन्दाकिनी हाइड्रोपावर एक दशमलव ९६ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले एक दशमलव ४२ प्रतिशतले गुमाए ।

यस्तै, सानिमा माई हाइड्रोपावर सात दशमलव ३२, हिमालयन एभरेष्ट इन्स्योरेन्स छ दशमलव शून्य दुई दुई, जोशी हाइड्रोपावर पाँच दशमलव ५३, रुरु जलविद्युत् परियोजना चार दशमलव ८९ र रिभर फल्स पावरका लगानीकर्ताले चार दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: