Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

त्रिशूली अस्पतालमा डेङ्गु रोगको परीक्षण निःशुल्क

खबरडबली संवाददाता

नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालले डेङ्गु रोगको परीक्षण निःशुल्क गर्ने भएको छ । पछिल्लो समयमा महामारीको रुपमा यस रोगको सङ्क्रमण फैलिएसँगै त्रिशूली अस्पतालले भोलि बुधबारदेखि परीक्षण निःशुल्क गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

उनको अनुसार अस्पतालले डेङ्गु रोग नियन्त्रणमा सहयोग पु¥याउन अस्पतालको अग्रस्थानमा सहायता कक्षसमेत स्थापना गरेको छ । उक्त कक्षमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको टोलीबाट अस्पतालमा जाँच गर्न पुगेका बिरामीलाई यस रोगसम्बन्धी परीक्षणसहित सचेतना सन्देशसमेत प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

“यसअघि अस्पतालको प्रयोगशालामा डेङ्गु रोगको परीक्षण गरेबापत रु आठ सय ५० शुल्क लिने गरेका थियौँ ।” अस्पतालका प्रमुख डा पाण्डेले भने, “सहायता कक्ष र बहिरङ्ग विभाग ९ओपिडी० मार्फत सिफारिस भएका बिरामीको निःशुल्क परीक्षणको व्यवस्था मिलाएका छौँ ।”

अहिले देशभर फैलिएको डेङ्गु रोग यस जिल्लामा हालसम्म नौ जना व्यक्तिमा पहिचान भएको छ भने यहाँका धेरै बिरामी परीक्षणका लागि काठमाडौँ जाने भएकाले सङ्क्रमितको सङ्ख्या सम्पर्क बाहिर अझै धेरै हुनसक्ने स्वास्थ्य कार्यालय नुवाकोटको अनुमान छ । डेङ्गु रोगको सङ्क्रमण एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट फैलने भएकाले यसको टोकाइबाट सुरक्षित रहन अपिल गरिएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजालको अनुसार यसको लक्षण ज्वरो आउने, आँखा रातो हुने तथा दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेलगायत रहेका छन् । डेङ्गु सङ्क्रमित व्यक्तिको रक्तकोष घट्न गएर रोग प्रतिरोधात्मक क्षमता ह्रास भएर सिकिस्त बिरामी हुनेदेखि मृत्युसमेत हुनसक्ने भएकाले शङ्कास्पद लक्षण देखिने बित्तिकै परीक्षण गरेर सावधानी अपनाउन भनिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिनुभयो । त्यसका लागि शङ्कास्पद लक्षण भएका बिरामीलाई परीक्षण गराउन अनुरोध गरिएको छ । रोगबाट सुरक्षित हुन शरीर ढाक्ने कपडा लगाउने, सुत्ने समयमा झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने मलम लगाउने, घरको झ्यालबाट लामखुट्टे पस्न नसक्ने झाली लगाउने तथा लामखुट्टे बस्नसक्ने स्थानमा सरसफाइ गरेर थप फैलन नदिन सचेत रहनुपर्ने उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending