नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालले डेङ्गु रोगको परीक्षण निःशुल्क गर्ने भएको छ । पछिल्लो समयमा महामारीको रुपमा यस रोगको सङ्क्रमण फैलिएसँगै त्रिशूली अस्पतालले भोलि बुधबारदेखि परीक्षण निःशुल्क गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।
उनको अनुसार अस्पतालले डेङ्गु रोग नियन्त्रणमा सहयोग पु¥याउन अस्पतालको अग्रस्थानमा सहायता कक्षसमेत स्थापना गरेको छ । उक्त कक्षमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको टोलीबाट अस्पतालमा जाँच गर्न पुगेका बिरामीलाई यस रोगसम्बन्धी परीक्षणसहित सचेतना सन्देशसमेत प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।
“यसअघि अस्पतालको प्रयोगशालामा डेङ्गु रोगको परीक्षण गरेबापत रु आठ सय ५० शुल्क लिने गरेका थियौँ ।” अस्पतालका प्रमुख डा पाण्डेले भने, “सहायता कक्ष र बहिरङ्ग विभाग ९ओपिडी० मार्फत सिफारिस भएका बिरामीको निःशुल्क परीक्षणको व्यवस्था मिलाएका छौँ ।”
अहिले देशभर फैलिएको डेङ्गु रोग यस जिल्लामा हालसम्म नौ जना व्यक्तिमा पहिचान भएको छ भने यहाँका धेरै बिरामी परीक्षणका लागि काठमाडौँ जाने भएकाले सङ्क्रमितको सङ्ख्या सम्पर्क बाहिर अझै धेरै हुनसक्ने स्वास्थ्य कार्यालय नुवाकोटको अनुमान छ । डेङ्गु रोगको सङ्क्रमण एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट फैलने भएकाले यसको टोकाइबाट सुरक्षित रहन अपिल गरिएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजालको अनुसार यसको लक्षण ज्वरो आउने, आँखा रातो हुने तथा दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेलगायत रहेका छन् । डेङ्गु सङ्क्रमित व्यक्तिको रक्तकोष घट्न गएर रोग प्रतिरोधात्मक क्षमता ह्रास भएर सिकिस्त बिरामी हुनेदेखि मृत्युसमेत हुनसक्ने भएकाले शङ्कास्पद लक्षण देखिने बित्तिकै परीक्षण गरेर सावधानी अपनाउन भनिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिनुभयो । त्यसका लागि शङ्कास्पद लक्षण भएका बिरामीलाई परीक्षण गराउन अनुरोध गरिएको छ । रोगबाट सुरक्षित हुन शरीर ढाक्ने कपडा लगाउने, सुत्ने समयमा झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने मलम लगाउने, घरको झ्यालबाट लामखुट्टे पस्न नसक्ने झाली लगाउने तथा लामखुट्टे बस्नसक्ने स्थानमा सरसफाइ गरेर थप फैलन नदिन सचेत रहनुपर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: