काठमाडौं । मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले बुधबार बिहान अवरुद्ध गरेको ईश्वरी राजमार्गअन्तर्गतको सुक्खा बन्दरगाह–खहरे सडकखण्ड सहमतिपछि खुलेको छ ।
करिब दुई घन्टाको अवरोधपछि त्यहाँ पुगेका कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य, वडा नं ६ का अध्यक्ष पृथ्वीमान सिंह बस्नेत र सांसद राजन केसीका स्वकीय सचिव विनोद गुरुङ, स्थानीयवासी र सडक विभागका प्राविधिकबीच छलफल भई सडक खुलाउन सहमति भएको थियो । छलफलमा सडक मर्मत तत्काल सुरु गर्ने र दसैँसम्ममा सम्पन्न गर्ने सहमति भएको छ ।
सडक अवरोधले जोडिएका सडकहरूमा समेत सवारी जाम हुन थालेपछि कीर्तिपुर प्रहरी वृत्तको टोली आएर अवरोध खुलाएको थियो । त्यसक्रममा अवरोधमा संलग्न केहीलाई नियन्त्रणमा लिन खोजे पनि स्थानीयवासीको चर्को विरोधका कारण प्रहरी पछि हटेको थियो ।
बल्खुबाट दक्षिणकाली हुँदै हेटौँडा र वीरगञ्जसम्म आवतजावत गर्ने मुख्य नाकाको रूपमा रहेको सो राजमार्ग अवरुद्ध हुँदा त्यहाँ चल्ने स्थानीय र राजधानी भित्रिने तथा बाहिरिने सयौँ लामा रुटका सवारी साधन रोकिएका थिए । बल्खुदेखि दक्षिणकाली सडकखण्ड करिब १० किलोमिटर रहेको छ । उक्त सडकका विभिन्न स्थानमा खाल्डो, पिच उप्किएको र हिलोका कारण दुईपाङ्ग्रे सवारीसाधनलाई अत्यन्त अप्ठ्यारो हुँदै आएको वडाध्यक्ष बस्नेतले बताए।
करिब एक वर्षअघि कालोपत्रे भएको सो सडकमा अहिले खाल्डै खाल्डा हुँदा यात्रु र स्थानीयवासी दुवैले सास्ती खेप्नुपरेकाले सडक अवरुद्ध गरिएको स्थानीयवासी उत्तम नेपालले राससलाई जानकारी दिनुभयो । अर्का स्थानीयवासी महेश मगरका अनुसार झण्डै सात महिनादेखि स्थानीयवासीले तत्काल कालोपत्र गरी बाटो मर्मत गर्न आवाज उठाउँदै आएका थिए । करिब दुई महिनाअघि आफूहरुले सडक विभागमै पुगी त्यहाँका अधिकारीहरुलाई सडकको दुरावस्थाबारे बताएको उनले बताए।
“त्यतिबेला पनि उनीहरुले अबको डेढ महिनाभित्र पिच सुरु हुन्छ भनेका थिए । तर हरेक १५ दिनमा यसबारे सम्झाउँदा विभिन्न कारण दखाउँदै टारिरहनुभयो”, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: