काठमाडौं । मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले बुधबार बिहान अवरुद्ध गरेको ईश्वरी राजमार्गअन्तर्गतको सुक्खा बन्दरगाह–खहरे सडकखण्ड सहमतिपछि खुलेको छ ।
करिब दुई घन्टाको अवरोधपछि त्यहाँ पुगेका कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य, वडा नं ६ का अध्यक्ष पृथ्वीमान सिंह बस्नेत र सांसद राजन केसीका स्वकीय सचिव विनोद गुरुङ, स्थानीयवासी र सडक विभागका प्राविधिकबीच छलफल भई सडक खुलाउन सहमति भएको थियो । छलफलमा सडक मर्मत तत्काल सुरु गर्ने र दसैँसम्ममा सम्पन्न गर्ने सहमति भएको छ ।
सडक अवरोधले जोडिएका सडकहरूमा समेत सवारी जाम हुन थालेपछि कीर्तिपुर प्रहरी वृत्तको टोली आएर अवरोध खुलाएको थियो । त्यसक्रममा अवरोधमा संलग्न केहीलाई नियन्त्रणमा लिन खोजे पनि स्थानीयवासीको चर्को विरोधका कारण प्रहरी पछि हटेको थियो ।
बल्खुबाट दक्षिणकाली हुँदै हेटौँडा र वीरगञ्जसम्म आवतजावत गर्ने मुख्य नाकाको रूपमा रहेको सो राजमार्ग अवरुद्ध हुँदा त्यहाँ चल्ने स्थानीय र राजधानी भित्रिने तथा बाहिरिने सयौँ लामा रुटका सवारी साधन रोकिएका थिए । बल्खुदेखि दक्षिणकाली सडकखण्ड करिब १० किलोमिटर रहेको छ । उक्त सडकका विभिन्न स्थानमा खाल्डो, पिच उप्किएको र हिलोका कारण दुईपाङ्ग्रे सवारीसाधनलाई अत्यन्त अप्ठ्यारो हुँदै आएको वडाध्यक्ष बस्नेतले बताए।
करिब एक वर्षअघि कालोपत्रे भएको सो सडकमा अहिले खाल्डै खाल्डा हुँदा यात्रु र स्थानीयवासी दुवैले सास्ती खेप्नुपरेकाले सडक अवरुद्ध गरिएको स्थानीयवासी उत्तम नेपालले राससलाई जानकारी दिनुभयो । अर्का स्थानीयवासी महेश मगरका अनुसार झण्डै सात महिनादेखि स्थानीयवासीले तत्काल कालोपत्र गरी बाटो मर्मत गर्न आवाज उठाउँदै आएका थिए । करिब दुई महिनाअघि आफूहरुले सडक विभागमै पुगी त्यहाँका अधिकारीहरुलाई सडकको दुरावस्थाबारे बताएको उनले बताए।
“त्यतिबेला पनि उनीहरुले अबको डेढ महिनाभित्र पिच सुरु हुन्छ भनेका थिए । तर हरेक १५ दिनमा यसबारे सम्झाउँदा विभिन्न कारण दखाउँदै टारिरहनुभयो”, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: