काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनको निम्ति अहिलेदेखि नै गाउँगाउँमा परिचालित हुन आम कार्यकर्तालाई निर्देशन दिएका छन् ।
माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० ले यहाँ आज आयोजना गरेको निर्वाचन केन्द्रित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले निर्वाचन केन्द्रित हुँदै पार्टीले गरेका कामलाई जनतासम्म पु¥याउन निर्देशन दिए।
उनले भने, “अहिले हामी एउटा निर्वाचनको ब्याटलमा जाँदै छौँ, पार्टीको नीति भनेको सडक, सदन र सरकार गरी तीनवटै मोर्चाबाट सङ्घर्ष गर्ने हो, त्यसो गर्दा आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ, र नयाँ उपलब्धि पनि हासिल गर्न सकिन्छ ।” संविधानका कतिपय विषयमा असन्तुष्टि हुदाहुँदै पनि नैतिक र राजनीतिक जिम्मेवारीलाई बहन गर्दै निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधार गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार ऐनहरु निर्माण गर्ने र समाजवादको यात्रामा जाने पार्टीको मुख्य उद्देश्य रहेको प्रष्ट पारे।
पछिल्लो समय निर्वाचन प्रणालीमा देखिएका विकृति र विसङ्गतिलाई सच्याउने, सुधार गर्नेलगायत पार्टीको अभियान सुनाउँदै अध्यक्ष प्रचण्डले पार्टीको उद्देश्य र अभियानलाई सफल बनाउँदै निर्वाचनमा परिचालित हुन पनि निर्देशन दिए। अध्यक्ष प्रचण्डले भने, “यी हाम्रा उद्देश्य, अभियानलाई सफल बनाउन तपाईंहरु क्रान्तिकारी फोर्सको रुपमा, अनेरास्ववियु क्रान्तिकारीको रुपमा वा स्वयंसेवकको रुपमा जनताको बीचमा पार्टीको मान्यतालाई स्थापित गर्न विशेष निर्देशन गर्दछु, तपाईंहरु टोलटोलमा पुग्नुपर्छ, गाउँगाउँमा पुग्नुपर्छ र जनतालाई एउटा नयाँ चेतनामार्फत जागरुक बनाउनुपर्नेछ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: