Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बैतडीमा भाइरल ज्वरोको प्रकोप

खबरडबली संवाददाता
बैतडी । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए । 
 
जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा परेको छ ।पहिलेको तुलनामा  केही दिनयता यहाँका स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए। केही दिनयता भाइरल ज्वरो निकै बढी देखिन थालेको छ ।  भाइरल ज्वरोबाट  बालबालिका बढी सताइएका छन् । 
 
अहिले प्रत्येक गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका पाटन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए।   
 
मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपिनले पनि भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए । ज्वरोका बिरामीहरुमा अन्य सङ्क्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्नेमा जोड दिँदै उनले ज्वरोका बिरामीहरुले मेडिकलहरुबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने हुँदा स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने सुझाव दिए।    
 
वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो  । वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा।श्रेष्ठको आग्रह थियो । पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरुसमेत फेला पर्न थालेका छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस र एमालेका सांसद केसी र बादल अनुपस्थित

काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफल भएकोमा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्...

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा कैलालीमा एक दम्पतीको मृत्यु

धनगढी। कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।  बुधबार राति ना ६ ख ७७८ नम्बरक...

लुम्बिनी र कोशी प्रदेशमा चैत ६–७ गते तीव्र हावाहुरी चल्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जानकारी दिएको छ। विभागका अनु...

रास्वपा सबैभन्दा ठुलो पार्टी बनेर आएसँगै संसदीय दलका कार्यालय साटफेर

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियतमा उल्लेखनीय परिवर्तन भएको छ । दलहरूको नयाँ हैसियतअनुसार संघीय संसद् स...

समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र वितरण सुरु, अब सरकार गठनको प्रक्रिया अघि बढ्ने

काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ। ...

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डे ले बिहीबार ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: