Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

यसरी मन्नाइन्छ याजितीया पर्व

खबरडबली संवाददाता

ललितपुर । जिउति, जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ, जितीया पर्व । यो मधेशको महत्वपूर्ण लोक पर्व हो । यो पर्वमा विशेषगरी सन्तानको दीर्घायु, सुखशान्तिका साथै बंश वृद्घीको कामना गर्दै यहाँका महिला ब्रत बस्ने गर्छन् । यो व्रत तीन दिनसम्म चल्छ । असोज सप्तमीदेखि नवमी तिथीसम्म विधिपूर्वक व्रत गरिन्छ । 

मैथिल महिला समाज नेपालका अध्यक्ष अञ्जला झाले जितया व्रतको विधिबारे जानकारी दिँदै भने, “यो पर्वमा महिलाहरू सामूहिक रुपमा जिमुतवाहन कथा सुन्ने गरिन्छ, तवमात्र ब्रत पूर्ण हुन्छ भन्ने लोक मान्यता छ ।” पछिल्लो समय देशभर यो पर्व मनाउने गरिन्छ । 

विशेष गरेर थारु र तराईका महिलाहरू काठमाडौंको पशुपती क्षेत्रका मन्दिरमा पुजा गर्छन् । खोला–नालामा गई धुमधामसँग जितिया पर्व मनाउँछन् । तर शहरका खोलाहरू फोहर भएकाले घरमै वर्तालुहरू नुहाउने गर्छन् । उनले भने, “सप्तमी अर्थात् पहिलो दिनलाई ‘निहाएखाय’को दिन भनिन्छ । यस दिनमा बिहानै बर्तालु नङ काटी खोला, पोखरी वा घरमै गङ्गाजल पानीमा राखी तोरीको तेल र खरी९पिना०ले नुहाउने गरिन्छ । त्यो दिन पितृ स्मरण गरी पूजा गरिन्छ ।” 

विषेश गरेर यो दिन नौनीको साग, कोदोको पिठोको रोटी, कन्दा, झिमनीको तरकारी खान्छ । कति ठाउँमा माछा पनि खाई पूजाको शुरुआत गरिन्छ । खानाको लागि तिथी अनुसारको समय तोकिएको हुन्छ । त्यहीअनुसार सप्तमीको एक छाक मात्र नूनिलो खाना खानुपर्छ ।

अध्यक्ष झाका अनुसार जितियाको दोस्रो दिनलाई खुरजितीया भनिन्छ । यस वर्षमा सरगही–ओठगन गर्ने समय पनि छ । बिहानै सबेरै नुहाएर घिरौंलाको पातमा दही, चिउरा मिठाईले चिल, स्याल र जिमुतवाहनको पूजा गरिन्छ । त्यही सयमम ब्रतको संकल्प लिई ब्रतालुले प्रसादी खाने गर्छ । त्यस समयमा परिवारको सदस्यहरूले पनि चढाएको प्रसादी खाने चलन छ । विशेषगरी ब्रतालु घरका बालबालिकालाई प्रसादी दिए खुशी तुल्याइन्छ । 

यो जितिया ब्रत छठ  जस्तै, कठीन ब्रत हो । अष्टमी तिथीको जतीया व्रतको संकल्प लिई सकेपछि  निरहार, निर्जला ब्रत नवमी अर्थात् पारनसम्म बस्नुपर्छ । यो ब्रत प्रदोशकाल अर्थात् औंसीमा गरिन्छ । यो वर्ष नयाँ व्रतालुहरूलाई शुभ मुहरत ९समय० छ । 

अष्टमीको दिन जितीया ९जिवित्पुत्रिका० को माटो वा गाईको गोवरको मुर्ति बनाएर पूजा गरिन्छ । त्यसैगरी चिल र स्यालको पनि प्रतिमा बनाएर पूजा गरिन्छ । पूजा सामग्रीमा विशेषगरी रक्षा धागो, रातो सिन्दुरको टीका, पान , ल्वाङ , नभाँचिएको चामलको अक्ष्यता, भिजेको चना, काक्रो, पान र घिरौंलोकोे पात, श्रृंगारको सामान आदिले विधिपूर्वक ब्रतालुले कथा, गीत गाएर पूजा गर्छन् । यो ब्रत नेपालको विभिन्न भौगोलिक क्षेत्र साथै काठमाडौं उपत्यकालगायत विशेषत तराई क्षेत्रमा वसोवास गर्ने महिलाले पूर्व तयारी गरी धुमधामसँग मनाउने गर्छन् ।

नेपाल महिला समाजका समूहका अध्यक्ष अनामिका झाका अनुसार यो ब्रत सन्तान हुने महिलाले मात्र गर्छन् । यसमा छोरा–छोरीको केही भेदभाव नगरी पूजा गरिन्छ । यो ब्रत गर्दा सन्तानको सबै सङ्कट दूर हुन्छ भन्ने विश्ववास प्राचिनकालदेखि रहँदै आएको छ । यो सन्तानको आयू लामो होस् सुख शान्तीको कामना गर्दै आमाले जितिया भगवानसँग निर्जला ब्रत बसी प्रार्थना गर्छ । यो ब्रत कठिन हुने भएकाले स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending